Ad image

राप्रपा रोल्पाद्वारा सुलिचौरमा र्याली सहित जनआन्दोलन कार्यक्रम

मालश्री खवर
मालश्री खवर १४ चैत्र २०८०, बुधबार
2 Min Read
Aa

मालश्री खबर/ चैत्र १४ गते रोल्पा ।

राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति रोल्पाले सुलिचौरमा वृहत जनआन्दोलन कार्यक्रम गरेको छ ।

पार्टीको देशव्यापी रुपमा चैत्र २७ गतेदेखि गर्न लागेको जनआन्दोलन कार्यक्रमको पुर्व सन्ध्यामा रहेर पार्टीले रोल्सुपाको सुलिचौर बजार परिकर्मा गरी विभिन्न नारा लगाइ कार्यक्रम कोण सभामा परिणत गरेको थियो ।

पार्टीले संवैधानीक राजसंस्था स्थापना गर्नुपर्ने, हिन्दु राष्ट्र स्थापन गरिनुपर्ने, संघियता खारेजी, लगाएतको माग सहित र्याली गरी सुलिचौरको पिपलचौतारामा कोण सभा गरेको थियो ।

- Advertisement -
Ad image

राप्रपाले चैत्र २७ गते यि माथिका नाराहरु सहित ४० बुदेँ माग गर्दै काठमाडौँमा वृहत् आन्दोलनको तयारी गरेको छ । राप्रपाले देश व्यापी रुपमा विभिन्न माग सहित ४० वटा वुदाँमा माग राख्दै वृहत् जनआन्दोलनको घोषना गरेको छ । उक्त कार्यक्रममा देशभरका करिब ३ लाख नागरिकको उपस्थित हुने राप्रपाले अपेक्षा गरेको छ ।

     वर्तमान समयमा देशमा भैरहेको भष्ट्राचार, अनियमितता, विभिन्न तस्करीमा संलग्न देखिएका तर सरकारले त्यसलाई खासै वास्ता नगरेको विषय वस्तुलाई केन्द्रित गरेर पार्टीले आन्दोलनको तयारी गरेको राप्रपा रोल्पाका अध्यक्ष तथा केन्द्रिय सल्लाहकार सदस्य अमरबहादु थापाले बताउनु भयो । देशमा भैरहेको सत्ता परिवर्तनका साथै वर्तमान गतिविधिले देश खोक्रो भएको उहाँको भनाइ रहेको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति रोल्पाका अध्यक्ष अमरबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपा लुम्बिनी प्रदेश उपाध्यक्ष भुपाल रावलको प्रमुख आतिथ्यता रहेको थियो । विशिष्ट अतिथिको रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका महिला संगठनका केन्द्रीय सदस्य याम कुमारी विष्टको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा राप्रपा क्षेत्रीय नम्बर १ क का क्षेत्रीय अध्यक्ष डोर बहादुर थापा, महिला संगठन जिल्ला कार्यसमिति रोल्पाकी अध्यक्ष बम कुमारी साह, राप्रपा लुङ्ग्री गाउँपालिका अध्यक्ष विर बहादुर विष्ट, उपाध्यक्ष धन बहादुर थापा, पुर्व अध्यक्ष विगेन्द्र बुढाथोकी, आन्दोलनका जिल्ला संयोजक बालाराम जिसी, राप्रपा जिल्ला सदस्य खिम बहादुर पुन, भिउसन गुरुङ, विन बहादुर रोका लगाएतले कार्यक्रममा मन्तव्य राख्नुभएको थियो ।

पार्टीका जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति, पार्टीका विभिन्न भातृ संगठनका प्रमुख प्रतिनिधि, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

राप्रपा जिल्ला कार्यसमिति रोल्पाका वरिष्ठ उपाध्यक्ष लिल बहादुर वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन रक्ष क्षेत्रीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array