Ad image

प्रजनन स्वास्थ्य रुग्णताको स्क्रिनिङ शिविर तेबाङमा सम्पन्न

मालश्री खवर
मालश्री खवर १४ चैत्र २०८०, बुधबार
1 Min Read
Aa

मालश्री खबर, चैत्र १३ गते रोल्पा ।

महिलाहरूको पाठेघर सम्बन्धी समस्या, पाठेघरको मुखको क्यान्सर ,स्तन क्यान्सर,फिस्टुला र पाठेघर खसेका महिलाहरूको स्क्रीनिङ क्याम्प तालिम सुनिलस्मृति गाउँपालिका ७ तेबाङमा सम्पन्न भएको छ ।

सुनिलस्मृति गाउँपालिका स्वास्थ्य शाखा बाट सञ्चालित प्रजनन रुग्णता कार्यक्रम अन्तर्गत महिलाहरूको पाठेघर सम्बन्धी समस्या, पाठेघर को मुखको क्यान्सर ,स्तन क्यान्सर ,फिस्टुला र पाठेघर खसेका महिलाहरूको स्क्रीनिङ क्याम्प तालिम सम्पन्न गरिएको स्वास्थ्य शाखा सह-संयोजक सावित्रा थापाले बताउनु भयो ।

उक्त कार्यक्रम मा ७४ जना सम्बन्धित समस्या लिएर आउनु भएको र जाँच गर्दा भि आई ए नेगेटिभ भएका र अन्य समस्या पाठेघर मा घाउ हुने साथै अन्य समस्याहरू देखिएको र समस्या हरूको व्यवस्थापन तथा सुझाब सल्लाह ,परामर्श सेवा  दिनुका साथै उपचार समेत गरिएको प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत सि अ न मि निशा गिरि ले जानकारी दिनुभएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array