Ad image

लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ लुङ्ग्रीको सभापतीमा तेजबहादुर घर्तीमगर चयन

मालश्री खवर
मालश्री खवर २६ फाल्गुन २०८०, शनिबार
1 Min Read
Aa

मालश्री खबर, फागुन २६ गते रोल्पा

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ लुङ्ग्री गाउँपलिकाको अधिवेशनबाट तेजबहादुर घर्ती मगर सभापती चयन हुनुभएको छ ।

शनिबार लुङग्री गाउँपालिकामा भएको अधिवेशनबाट तेजबहादुर घर्तीमगरको सभापतित्वमा नयाँ कार्य समिति चयन गरिएको आयोकजले जानकारी दिएको छ ।

उपाध्यक्षमा दिलराम घर्तीमगर र ताजमान बैजाली पुनमगर, सचिवमा रेश्मी पुनमगर र अनिशा पुन मगर, सहसचिवमा तमिला पुनमगर र कुमारी पुनमगर, सदस्य हेमे पुनमगर, गोवीलाल घर्तीमगर र भुमा घर्तीमगर चयन गरिएको लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ लुङग्री गाउँपलिकाले मालश्री खबरलाई जानकारी दिएको छ ।

- Advertisement -
Ad image

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ लुङ्ग्री गाउँपालिका सभापती मदन पुनको अध्यक्षतामा संचालन भएको अधिवेशन कार्यक्रममा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ रोल्पाका सभापती श्रीकुमारी रोकाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमको अन्य अतिथहरु पुर्व महाधिवेशन प्रतिनिधी तथा लुङ्ग्री गाँउपालिका वडा न. २ का वडा अध्यक्ष अमृत बहादुर घर्तीमगर, पुर्व महाधिवेशन प्रतिनिधी तथा लुङ्ग्री गाँउपालिका वडा न. १ का वडा अध्यक्ष गणेश पुन, नेपाल बिद्यार्थि संघका केन्द्रिय सदस्य झपेन्द्र बिष्ट, नेपाली कांग्रेस लुङ्ग्री गाँउपालिका वडा न. ३ का पार्टी सभापती तेजबहादुर घर्ती, नेपाली कांग्रेस लुङ्ग्री गाँउपालिका १ का पार्टी सभापती बेगम रोका क्षेत्री, मगर लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array