Ad image

गंगादेव ५ का वडा अध्यक्ष बुढामगरलाई पुत्री शोक

मालश्री खवर
मालश्री खवर १५ बैशाख २०८१, शनिबार
1 Min Read
Aa

मालश्री खबर, बैशाख १५ रोल्पा ।
रोल्पाको गंगादेव गाउँपालिका वडा न. ५ का वडा अध्यक्ष अमृत बहादुर वुढामगरलाई पुत्री शोक परेको छ । शुक्रबार अध्यक्ष बुढामगरको २१ वर्षिय छोरी शमिक्षा बुढामगरको असमायिक निधन भएको बताइएको छ । वडा नं २ मा रहेको श्री गंगा मा.वि चौतारा डाँडामा कक्षा १२ को परिक्षा सके पश्चात घर फर्किने क्रममा सानडाडा नजिकै उनको अकस्मात निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।


वडा नं ५ फुलबारी निवासी मृतक शमिक्षा वडा अध्यक्ष बुढामगरको एक मात्र छोरी हुन्। उनि दाङको श्री अम्मर माद्यामिक विद्यालयमा ३ वर्षे डिप्लोमा कृषि भेटेरिनरी तेस्रो व्याजमा अध्यनरत थिइन भने यता गंगादेवको जिवन ज्योती माद्यामिक बिद्यालय बाट कक्षा १२ को परिक्षा दिन गंगा मा वि मा आएको श्रोतले जनाएको छ । उनको आजनै वडा नं ५ लोदचौर नजिकैको आर्यघाटमा हिन्दु परम्परा अनुसार दाहासस्कार गरिएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array