Ad image

राप्ती साहित्य परिषद रोल्पाको पुरस्कार वितरण तथा गजल प्रतियोगिता सम्पन्न

मालश्री खवर
मालश्री खवर १५ बैशाख २०८१, शनिबार
4 Min Read
Aa

मालश्री खबर, बैशाख १५ रोल्पा ।

राप्ती साहित्य परिषद रोल्पाको पुरस्कार वितरण तथा गजल प्रतियोगिता सम्पन्न भएको छ ।

राप्ती साहित्य परिषद जिल्ला शाखा रोल्पाको १५ औं साधारण सभा तथा ५ औं जिल्ला अधिवेशन, पुरस्कर वितरण तथा खुल्ला गजल प्रतियोगिता सम्पन्न भएको हो ।

राप्ती साहित्य परिषद जिल्ला शाखा रोल्पाको आयोजनामा शनिबार जिल्ला समन्वय समिति रोल्पाको सभाह्ल लिबाङमा सम्पन्न भएको हो ।

- Advertisement -
Ad image

राप्ती साहित्य परिषद जिल्ला शाखा रोल्पाका अध्यक्ष कविता उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथीमा जिल्ला न्यायाधीश खिमानन्द भुसाल रहनु भएको थियो ।

लेखक संघका केन्द्रिय कोषाध्यक्ष दामु मर्सिफुलको विशिष्ट आतिथ्यता रहेको थियो । वरिष्ठ साहित्य पुरस्कार संस्थापक नगेन्द्र गुरु,पुरस्कार संस्थापक गीता निर्दोषी, ललित साहित्य परिषद रोल्पा अध्यक्ष केबी बिरही, रोल्पा उद्योग बाणिज्य संघ रोल्पाका अध्यक्ष केशव कुमार आचार्य, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नवीन लोचन मगर, सचिव लोकेन्द्र चन्द, लगायत नेपाल पत्रकार महासंघ रोल्पाका पूर्व अध्यक्ष,सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुखहरुको आतिथ्यता रहेको थियो ।

राप्ती साहित्य परिषद जिल्ला शाखा रोल्पाका उपाध्यक्ष भानुभक्त सन्यासीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा गजल प्रतियोगिताका निर्णयहरुमा गोकर्ण पुन, केबी बिरही र नारायण जिज्ञासु रहनु भएको थियो ।

गजल प्रतियोगितामा सपना डाँगी, दिपक बुढा मगर, लक्ष्मी सुवेदी, विक्रम वली, रमेश थापा क्षेत्री, हिमा खड्का मनसुन, आयुश खनाल, चन्द्रमा वली, मोतीराम न्यौपाने र एल्बी मगर गरी १० जनाले नाम दर्ता गराएको मा ९ जनाले भाग लिएका थिए ।

जसमा प्रथम हुनुभएकी सपना सर्गम डाँगीले नगद ५ हजार सहित प्रमाणपत्र प्राप्त गरेका छन् । द्वितीय हिमा खड्का मनसुन हुनु भई नगद ३ हजार सहित प्रमाणपत्र प्राप्त गरेका छन । तृतीय विक्रम वली हुनु भएको छ,वलीले नगद २ हजार सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यस्तै श्रस्ता सम्मान कार्यक्रम समेत राखिएको थियो । जसमा गीता निर्दोषी द्वारा स्थाप्ना गरिएको सरुपा चित्र नारी सम्मान पुरस्कार २०७९ बाट मगरनी रामजीता ॠतु घर्ती सम्मानित भएका हुन । त्यस्तै अर्को नगेन्द्र गुरु द्वारा स्थाप्ना गरिएको देवकी दामोदर बाल साहित्य सम्मान पुरस्कार २०८० बाट शर्मिला पुन मगर र लक्ष्मी सुवेदी नगद सहित सम्मानित भएका हुन ।

राप्ती साहित्य परिषद जिल्ला शाखा रोल्पाले १५ औं साधारण सभा ५ औं जिल्ला अधिवेशन पुरस्कार वितरण तथा खुल्ला गजल प्रतियोगिता कार्यक्रमको अवसरमा संस्थापक अध्यक्ष डिबी घर्ती मगर, पूर्व अध्यक्ष गोकर्ण पुन, साहित्य पुरस्कार संस्थापक नगेन्द्र गुरु, पुरस्कार संस्थापक गीता निर्दोषी लाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेको थियो ।

त्यस्तै रोल्पा उद्योग बाणिज्य संघका अध्यक्ष केशव आचार्य,सामुदायिक रेडियो मालश्रीका मार्केटिङ म्यानेजर लोकेन्द्र चन्द र राप्ती साहित्य परिषद रोल्पाका उपाध्यक्ष भानुभक्त सन्यासीलाई कदर पत्रले सम्मान गरिएको थियो । त्यस्तै संस्थालाई सहयोग गर्ने विभिन्न संघ संस्थालाई सम्मान पत्र र मायाको चिनो समेत प्रदान गरिएको थियो भने विभिन्न साहित्यकारले आफ्नो गजल समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नेमा जिल्ला न्यायाधीश खिमानन्द भुसाल,लेखक संघका केन्द्रिय कोषाध्यक्ष दामु मर्सिफुल, वरिष्ठ साहित्य पुरस्कार संस्थापक नगेन्द्र गुरु, रोल्पा उद्योग बाणिज्य संघ रोल्पाका अध्यक्ष केशव कुमार आचार्य र नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नवीन लोचन मगरले राखेका थिए ।

नयाँ कार्य समितिमा अध्यक्षमा कविता उपाध्याय, उपाध्यक्षमा भानुभक्त्त सन्यासी, सचिवमा तिलक घर्तीमगर, सह–सचिवमा लालकुमारी के.सी, कोषाध्यक्षमा सिर्जना सुवेदी, सदस्यहरुमा चन्द्रमा वलि र दिपक बुढा चयन हुनभएको छ । कार्यक्रमको सञ्चालन राप्ती साहित्य परिषद जिल्ला शाखा रोल्पाका सचिव तिलक घर्ती मगरले गर्नु भएको थियो ।

 

      

प्रतिक्रिया दिनुहोस्

Array