Ad image

उपाध्यक्षसँग महिला कार्यक्रम गजुल काभ्रामा सम्पन्न

मालश्री खबर
मालश्री खबर १८ जेष्ठ २०८०, बिहीबार
2 Min Read
Aa

उमा बस्नेत
मालश्री खबर जेठ १८ गते, रोल्पा ।

सुनिलमृति गाउँपालिकाले उपाध्यक्षसँग महिला कार्यक्रम सबै वडामा सञ्चालन गदै आएको छ । सोही क्रममा विहिबार सुनिस्मृति गाउँपालिका वडा नम्बर ५ गजुल काभ्राको वडा कार्यालायको सभाहलमा उक्त कार्यक्रम गरीएको वडाका वडा अध्यक्ष मणि थापाले जानकरी दिनुभएको छ । वडा नम्बर ५ काभ्राका कक्षा ७ र ८ मा अध्ययनरत विद्यार्थीहरुको विचमा उपाध्यक्षसँग महिला कार्यक्रम अन्तर्गत बालबिवाह र आत्माहत्या न्युनिकरण सम्बन्धि कार्यक्रम गरीएको हो ।

गाउँपालिकाले बालबिवाह र आत्माहत्याको घटना न्यूनिकरण गर्नको लागि उपाध्यक्षसँग महिला कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रमका प्रमुख अतिथी तथा गाउँपालिकाका उपाध्यक्ष मिना थापाले बालविबहाको कारणले धेरै आत्माहत्याका घटना हुने भएकाले बालविबहा रोक्न सकेमा आत्महत्याको घटनालाई न्युनिकरण गर्न सकिने बताउनु भएको छ । आत्माहत्याको घटना न्यूनिकरण गर्नको लागि किशोर किशोरीलाई बालविबहाको असरको बारेमा सुनाई दिए किशोर किशोरी आफु पनि सचेत हुने र अरुलाई पनि सचेत गराउन सक्ने थापाले बताउनु भएको छ ।

- Advertisement -
Ad image

 

बालबिवाह गरि सानैमा गर्भवति भएमा प्रजनन् अंगमा समस्या आउने, आमा र बच्चा दुबैको ज्यान जोखिममा पर्ने, बालिकाको आर्थिक, सामाजिक, शैक्षिक अवस्थामा नकरात्मक असर पर्ने, पारिवारीक बेमेल हुने जस्ता समस्या हुने भएकाले बिहेबारी २० वर्ष पारी मात्र गर्नु पर्ने उपाध्यक्ष थापाले बताउनु भएको छ । आर्थिक, शारीरिक, मानसिक रुपमा परीपक्क भएर बिवाह गरेमा खुसीका साथ जिवनयापन चलाउन सकिने बताउनु भएको छ । साथै किशोरकिशोरीले सिकेका कुरालाई आफ्ना साथीलाई पनि सिकाउने र परिवारका अन्य सदस्यलाई पनि बालबिवहाले गर्दा हुने असरको बारेमा जानकारी गराउन सवै विद्यार्थीलार्य आग्रहसमेत गर्नु भएको छ

 

। कार्यक्रममा बाल मनोविज्ञानको बारेमा सुनिलस्मृति गाउँपालिकका शिक्षा शाखा देवराज घर्तिले प्रस्तुती दिनु भएको थियो । इलाका प्रहरी कार्यालय सुलिचौरका हवरदार दलबहादुर सुनारले बाल विबहा र आत्महात्याको बारेमा र सहास नेपालका अन्जना रिजालले उत्प्रेरण र भविष्यको बारेमा विद्यार्थीहरुलाई जनाकारी दिनुभएको थयो । सुर्योदय आधारभूत विद्यालयका प्रध्यानाध्यापक इमान थापाकोे स्वागत मन्तव्यबाट सुरु भएको कार्यत्रमको सञ्चालन शिक्षा शाखाका देवराज घर्तीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array