Ad image

नेपाली कांग्रेस लुम्बिनी प्रदेश संगठन विभागको बैठक सम्पन्न

मालश्री खवर
मालश्री खवर १३ बैशाख २०८१, बिहीबार
1 Min Read
Aa

मालश्री खबर,बैशाख १३ रोल्पा ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश संगठन विभागको पहिलो बैठक सम्पन्न भएको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संगठन विभागको आयोजनामा बुधबार राप्ती उपत्यका देउखुरी दाङको भालुबाङ्मा नेपाली कांग्रेस लुम्बिनी प्रदेशको कार्यालयमा सम्पन्न भएको हो ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश संगठन विभागका प्रमुख सुवास केसीको अध्यक्षतामा भएको पहिलो बैठक कार्यक्रमको प्रमुख अतिथीमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन रहनु भएको थियोे ।

पहिलो बैठकमा संगठन विभागमा आवद्ध सदस्यहरुको सहभागी भएको बताइएको छ।साथै भेटघाट तथा परिच्यातम कार्यक्रम समेत भएको विभागले जनाएको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संगठन विभागको गठन पहिलो बैठकले विभागको क्यालेन्डर प्रकाशित गर्ने र बैशाख २६ गते दोस्रो बैठक बस्ने निर्णय गरिएको नेपाली कांग्रेस लुम्बिनी प्रदेश संगठन विभागका सदस्य सचिव विश्व कुमार चन्दले जानकारी दिनु भएको छ ।

- Advertisement -
Ad image

दोस्रो बैठकले आगामी दिनमा संगठन विभागलाई कसरी अगाडि बढाउने र प्रभावकारी बनाउने विषयमा छलफल गरिने बताइएको छ । बैठक कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस लुम्बिनी प्रदेश संगठन विभागका सदस्य सचिव विश्वकुमार चन्दले गर्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

Array