Ad image

सुरक्षित गर्भपतन सेवा रुन्टिगढी गाउँपालिकामा पनि प्रभावकारी बन्दै

मालश्री खबर
मालश्री खबर १६ जेष्ठ २०८०, मंगलवार
14 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर / मालश्री खबर जेठ १६ गते, रोल्पा ।
सुरक्षित गर्भपतन सेवा रुन्टिगढी गाउँपालिकामा पनि प्रभावकारी बनेको छ । रोल्पाको दक्षिणी भेगमा अवस्थित रुन्टिगढी गाउँपालिकामा सुरक्षित गर्भपतन सेवा प्रभावकारी भएको बताइएको छ ।

आईपास नेपालको आर्थिक सहयोग र पास नेपालको सहजीकरणमा नेपालमा सुरक्षित गर्भपतन शुद्धीकरण परियोजना अन्तर्गत रोल्पा जिल्लामा विगत ५ बर्ष अगाडिबाट सुरक्षित गर्भपतन सेवा सुरु भएको हो । पहिले हाम्रो पालिकामा सुरक्षित गर्भपतन भनेको के हो,यो सेवा कहाँ–कहाँ पाइन्छ भन्ने पनि थाहा थिएन तर अहिले आईपास नेपाल र पास नेपालले आफ्नो सामाजिक अगुवा र सामाजिक च्याम्पियन खटाएपछि स्वास्थ्य आमा समूहमा सुरक्षित गर्भपतन सम्बन्धि अभिमुखीकरण, तालिम र छलफल गरेपछि यो रहेको र यो ठाउँमा जानुपर्ने रहेछ भन्ने बुझेको रुन्टिगढी गाउँपालिकाका अध्यक्ष जनक पुनको भनाइ रहेको छ । पुनले अहिले आफ्नो गाउँ ठाउँमा प्रभावकारी भएको बताउँदै सुरक्षित गर्भपतन गराउनुपर्छ भन्ने बुझाई भएको बताउनुभयो । साथै सुरक्षित गर्भपतन गरिन भने स्वास्थ्य खराब हुन्छ र पहिलो जस्तो हुँदैन भन्ने बुझाई रहेको छ उनले भने । नेपाल सरकारले पनि सुरक्षित गर्भपतन गराउनुपर्छ भनेर महिलालाई अधिकार प्रदान गरेको बताउँदै “अहिले ठाउँ–ठाउँमा सुरक्षित गर्भपतन सेवाका लागि केन्द्रहरु निर्माण गरिएको र रुन्टिगढी गाउँपालिकामा पनि चार वटा स्वास्थ्य संस्थाबाट सञ्चालन हुँदै आएको र आगामी दिनमा दुई ठाउँबाट गरी छ ठाउँबाट सेवा सुरु हुने समेत बताउनुभयो । सुरक्षित गर्भपतन गराउँदा कुनै पनि समस्या नआउने र महिलाको स्वास्थ्यमा पनि केही समस्या नआउने भएकोले सेवा लिउने गरेको बताउनु भयो । रुन्टिगढि गाउँपालिकाको स्वास्थ्य र कार्यरत विभिन्न संघ संस्थाहरु,सामाजिक व्यक्तिहरु, महिला, आमा समूह,युवा समूह,क्लब लगायतले स्वास्थ्य संस्थाहरुमा गएर बुझ्ने, चासो राख्ने,सुझाव दिने र वास्तविक रिपोर्टिङ गर्ने गरेको समेत बताउनुभयो । स्वयम रुन्टिगढी गाउँपालिका पनि स्वास्थ्य संस्थाहरुमा गएर सुरक्षित गर्भपतन सेवा के भइरहेका छन, कतिको प्रभावकारी भएको छ, कसरी सेवा भएको छ र केही समस्या आएका छ की भनेर बेलाबेला बुझ्ने र निरीक्षण गरेको अध्यक्ष पुनको दाबी रहेको छ । हामीले अहिलेसम्म कति जनाले सुरक्षित गर्भपतन सेवा लिनु भयो,कति जना सुरक्षित हुनुहुन्छ र कति जना असुरक्षित हुनुहुन्छ, सुरक्षित गर्भपतन सेवा पश्चात् केही फरक देखिएको छ कि छैन भन्ने यी यावत कुरामा गाउँपालिकाले रेखदेख गर्दै आएको समेत बताउनुभयो।अहिले काम गर्दै आउनु भएका व्यक्तिलाई आगामी आर्थिकको व्यवस्थापन गरेर निरन्तरता दिने बताउदै पुनले भने “हामी नीति तथा कार्यक्रम निर्माण गर्ने समयमा पनि आएका छौं र आईपास नेपाल र पास नेपालको सहयोग गर्दा स्थानीय सरकार पनि सुरक्षित गर्भपतन सेवा दिन सफल भएको समेत बताउनुभयो । संघ संस्थाको निश्चित समय,अवधि र उद्देश्य हुन्छ त्यो पुरा भएपछि उहाँहरुको कार्यक्रम पनि अन्त्य हुन तर “हामीले उहाँहरुको साथ नभए पनि हामीले आफ्नो स्रोत साधनले भ्याएसम्म निरन्तरता दिनेछौं र मत के भन्छु भन्दा अहिले लगायत आगामी दिनमा पनि आईपास नेपाल र पास नेपालसँगको सहकार्य र समन्वय निरन्तर होस भन्ने चाहन्छु “सबैको हातेमालो भयो भने मात्र हामी सफल हुन्छौं अध्यक्ष पुनले भने ।

- Advertisement -
Ad image

आमा समूहको बैठकमा जाने सुरक्षित गर्भपतन सेवा सम्बन्धि तालिम दिने,अभिमुखिकरण कार्यक्रम गर्ने र सेवा यो–यो ठाउँमा पाइन्छ भने बैठकमा छलफल गर्ने गरेको रुन्टिगढी गाउँपालिका वडा न. ८ की वडा अध्यक्ष तुल्सी पुनको भनाइ रहेको छ । उनीहरूले गर्दै”आएको कामको अनुगमन सम्बन्धित संघ संस्थाबाट पनि हुने गरेको र त्योभन्दा नजिक म हुने भएकोले मैले अनुगमन गरुँ भन्दा पनि कहिले उनीहरूसँगै गएर कार्यक्रम गर्न सहयोग गर्ने र मैले त्यो मात्र कार्यक्रम लक्षित गरेर होइन कि अन्य कार्यक्रममा हुँदा पनि यो कुरा चलाउने गरेको छु भने समग्र रूपमा हेर्ने हो भने पनि राम्रो छ प्रभावकारी छ र वडा कार्यालयको तर्फबाट पनि अनुगमन गरेको छु“वडा अध्यक्ष पुनले बताइन्।साथै संस्था निश्चित समय हुन्छ, जुन हाम्रो समाजमा आएर एक किसिमको बाटो देखाउनुभयो त्यसको लागि हामी निकै आभारी छौ,यो संस्थाले भोलि दिनमा काम गर्न छोडे पनि निरन्तर काम गर्ने भनेको हामी सबैको दायित्व,कर्तव्य र जिम्मेवारी भएकोले गर्नुपर्छ भन्ने कुरामा जोड दिनुभयो । भोलि आफ्नो कार्यकालमा त हुँदै होला, केही रकम, केही बजेट बिनियोजन गरेर त्यो सम्बन्धि कार्यक्रम चलाउने पक्षमा म छु,यो बर्षमा पनि त्यो मनसायमा छु,वडाबाटै सकियो भने त्यो पनि राम्रो यदि वडाबाट सकिएन भने गाउँपालिकामा पनि आफूले विषेश पह्ल गर्ने र निरन्तरता पाउनेमा बिश्वस्त भएको समेत बताइन्।त्यस्तै समाजको कुरा गर्ने हो भने म पनि यहीँ समाजको स्थानीय महिला भएकोले पनि आफूले पनि केही समय पहिले समस्या भोगेकै हुँ तर पहिले समाजको चेतना हेर्दा हो भने थिएन अहिले समाजको चेतना माथि उथिसकेको र कार्यक्रम पनि प्रभावकारी राम्रो भएको बताइन्।अहिले आमा नागरिकमा धेरै चेतना आएको छ म खुशी छु र हामीले विकासको नाममा ठुला-ठुला भौतिक संरचना बनायौं त्यो मात्र विकास रहेन्छ उनले बताइन् । यहाँको सामान्य स्तरमा, जनमानसमा, जनचेतनामा एउटा बौद्धिक क्षमताको विकास ग¥यौं भने मुख्य विकास पनि त्यहीँ भएको बताइन । जुन हामी ठुला-ठुला बजेट विकास मात्र हेरियौं जुन हाम्रो वरिपरि सानो योजनाका बजेटहरु छुट्याउने रहेछौं, जीवनयोगी कुराहरु छुट्याउने गर्ने गर्ने रहेन्छौं, हामीले माथि गएर सम्पन्न, समृद्धि र खुशी मात्र खोज्ने रहेछौं भने हामी मुख्य ठाउँमा पुगेको रहेन्छौं भन्ने मलाई लाग्छ । एउटा सामान्य व्यक्तिलाई सुरक्षित गर्भपतन सेवा भन्न के छ र तर त्यो भित्र गएर एउटा महिलाको पिडालाई ल्याउने हो भने एउटा ड्रदनाक अवस्था छ जुन ती अवस्था हो हामीले भोगेको अवस्था भोलि समाज,महिलाले भोग्न नपरोस् भन्ने उद्देश्य लागेको र आफ्नो त्यसमा ध्यान केन्द्रित भएकोले प्रत्येक बैंठकमा बस्नुपर्छ,यहाँका आम नागरिकसँग भलाकुसारी गर्नुपर्छ भन्ने गरेको छु र तपाईंमा भएको समस्या म पनि भोगेर आएकोले मलाई भन्नुहोस् भनी विभिन्न स्वास्थ्य आमा समूहलाई आत्मबल र उत्साहित बनाउने गरेको समेत बताइन्।सुरक्षित गर्भपतन हिजोको दिनमा नकार्दै आएको विषय पनि हो“एउटा सुरक्षित गर्भपतन गराउनु पाँप हो भन्ने कुरालाई विश्वासमा लिएर पनि हामी हिजोको दिनमा ज्यान फाल्न तयार हुने र पाँप सम्झन्थेँ तर आज त्यो समाज छैन आज यहीँ अभिमुखीकरण र तालिमले गर्दा समाज परिवर्तन भएको छ भने आजको महिलाले हाम्रो गर्भपतन गराउनु पाँप होइन अधिकार हो भन्ने बुझाई छ नबुझ्नेलाई पनि बुझाउने कोशिस गर्ने छौँ “मैले भन्दै आएको छु हिजोको परम्परा रोधीबाढीको मुल्य,मान्यता बाट ज्यान नफालौं।हामीलाई अधिकार दिएको,कानुनमै व्यवस्था गरेको छ,पछि नपरौं हामी बिबाहित महिला पनि यसमै अडिएका छौँ र अर्को यस्ता पनि बिषयका समस्या आउँछन् किशोर किशोरीमा पनि आउँछ उहाँहरुलाई पनि सुधार्ने विकल्प र मौका दिन सकियौं भने उनीहरूको जीवन राम्रो हुन सक्छ मिलेर बस्न सक्छन भन्ने लाग्छ।सुरक्षित गर्भपतन सेवालाई निरन्तर अगाडि बढाउनका लागि आईपास नेपाल र पास नेपालको अहिलेसम्मको सहयोग अपरिहार्य रहेको र आगामी दिनमा पनि सहकार्य र समन्वय गर्न सकिएमा सोचेको जस्तो परिणाम ल्याउन सकिने समेत वडा अध्यक्ष पुनले बताउनु भयो ।

रोल्पामा पहिले सेवा विस्तार नहुदा धेरै जना प्राइभेट मेडिकलमा गएर सेवा लिएको र त्यहाँबाट असुरक्षित भएर अस्पतालहरुमा आउने गरेको स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख नोखराज पोख्रेलको भनाइ रहेको छ । उनले भने सेवा लिन आउनु हुँदैनथ्यो अहिले हामी समक्ष सेवा लिन आउनु हुन्छ र जाने गर्नुहुन्छ पोख्रेलले भन्नुभयो।नेपाल सरकारले नै गर्भपतन सेवा सुरु भइसकेको भनेर जानकारी गराएपछि तालिम प्राप्त स्वास्थ्यकर्मी बाट सेवा प्रदान हुन्छ भन्ने थाहा पाएपछि आउनु हुन्छ । हामी संख्या नबढाउने पक्षमा छौं किनभने असुरक्षित गर्भपतन सेवाले शारीरिक,मानसिक र आर्थिक रुपले कम्जोर हुने र सुरक्षित गर्भपतन सेवाले शारीरिक,मानसिक र आर्थिक रुपले राम्रो हुने समेत बताउनुभयो।अहिले सूचना प्रवाह र स्वास्थ्य सेवाको प्रभावकारी र विश्वासले गर्दा २०७७/०७८ मा ७ सय ७९ जना र २०७८/०७९मा ८ सय ४० जना रहेको र यो बर्ष २०७९/०८० मा ८ सय २१ जना रहेको र अझै सेवा लिने संख्या वृद्धि हुनेमा आफूहरू विश्वस्त भएको बताउनु भयो । साथै ३ बर्ष पहिलो ६ सय सम्म पुग्थ्यो भने ३ बर्ष यता वृद्धि हुँदैन आएकोले रोल्पा जिल्लामा सबै स्वास्थ्य संस्थाबाट सञ्चालन नभएको बताउँदै विगत१२ वटा संस्थाबाट सुरु भएको थियोे भने अहिले हामीले २६ वटा स्वास्थ्य संस्थाहरुबाट सेवा सञ्चालन गरिरहेको बताउनुभयो।करिब ३९ जना तालिम प्राप्त स्वास्थ्यकर्मीहरुले सुरक्षित गर्भपतन सेवामा स्वीकृत भएर जिल्लामा काम गरिरहे समेत जिकिर गर्नुभयो।प्रभावकारीताको हिसाबले रोल्पामा राम्रो भएको बताउदै हामीले परिवार नियोजनका साधनहरु पनि अप्नाउन सुझाव दिएका छौँ जसको कारणले नचाहेर पनि असुरक्षित गर्भ रहन जाने र प्राइभेट मेडिकलमा जाँदा शारीरिक,मानसिक र आर्थिक रुपले पनि कम्जोर हुने गरिएको पाउँछौँ भने स्वास्थ्य संस्थामा निःशुल्क सेवा भएकोले पनि अहिले स्वीकृत स्वास्थ्य संस्था गएर सुरक्षित गर्भपतन सेवा लिने गरेको समेत बताउनुभयो।अहिले स्थानीय तह र आईपास नेपालको राम्रो सम्बन्ध भएको बताउँदै नेपाल सरकारको उद्देश्य पूरा गर्नलाई आईपास नेपाललाई खटाएको हुनाले पनि अहिले स्वास्थ कार्यालय रोल्पा,स्थानीय तह र आईपासको समन्वय र सहकार्य राम्रो भएको समेत बताउनुभयो । अहिले रोल्पामा चारवटा स्थानीय तहसँग काम गरिरहेको र पालिकामा बुझ्दा पनि राम्रो काम भएको प्रतिक्रिया आफूले पाउने गरेको बताउनुभयो।साथै रोल्पा जिल्लामा सुरक्षित गर्भपतन सेवा विस्तार गर्नेमा आईपास नेपाल भएको समेत बताउँदै पहिले धेरै गाउँपालिकामा गर्नुहुन्थ्यो भने चारवटा पालिकामा मात्र सञ्चालन रहेको छ मैले सुनेको छु अन्य पालिकामा पनि थप्ने भन्ने कुरा पनि आएको छ,स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख पोख्रेल ।नेपाल सरकारले व्यवस्था गरेअनुसार कानुनमै महिलाको मौलिक अधिकार दिएकोले पनि मुल्य मान्यतालाई ध्यान दिने गरिएको समेत बताउँदै अधिकारलाई सम्बोधन हुने गरेर सेवा दिइने गरेको समेत बताउनुभयो । सन्तानका रहर पुरा भएका दम्पतीहरुले परिवार नियोजनको साधनहरु प्रयोग गर्नुपर्छ र यो सेवा नजिकैका स्वास्थ्य संस्थामा पाइन्छ भनेर जनचेतना फैलाउनु पर्ने हुन्छ र रोल्पामा बालबिवाह अत्याधिक मात्रमा हुने भएकोले त्यसलाई पनि न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो।मैले बेलाबेला के भन्दै आएको पनि छु भन्दा सेवा लिन नआउने वातावरण निर्माण गरौं भनेर त्यसका लागि सबैको सहकार्य हुनुपर्छ भन्ने लाग्छ । आईपास नेपालले जिल्लाको ३/४ गाउँपालिकामा मात्र नभएर जिल्लाको १० वटै पालिकामा लागु गर्नुपर्ने अहिलेको आवश्यकता भएको र तपाईंहरुलाई के समस्या छ हामी सँग स्रोत साधनको कमी छ भने हामी सबै सहकार्य गर्नुपर्छ तब मात्र रोल्पाले सेवा पाउन सक्ने छन उनले भने ।

सुरक्षित गर्भपतन सेवा सम्बन्धि स्वास्थ्य आमा समूहलाई अभिमुखीकरण, तालिम, अभियान र जनचेतना मुलक कार्यक्रम भएको रुन्टिगढी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख गणेश बुढाको भनाइ रहेको छ । रोकाले पालिका स्वास्थ्य शाखा र स्वास्थ्य सम्बन्धि कार्यक्रम हुँदा सुरक्षित गर्भपतन सेवा सम्बन्धि कार्यक्रम पनि सँगै गर्दै आएको बताउनुभयो।साथै सबै ठाउँमा कार्यक्रम लागु नभए पनि अहिले रुन्टिगढी गाउँपालिकामा चार ठाउँबाट सेवा प्रदान भइरहेको र ती ठाउँहरुमा सेवा प्रभावकारी भएको समेत बताउनुभयो।अहिले चार ठाउँमा विस्तार भएको सेवालाई आर्थिक बर्ष २०८०/०८१ मा नयाँ दुई ठाउँको स्वास्थ्य संस्था गरी छ ठाउँबाट सेवा सञ्चालन हुने समेत बताउनुभयो।नेपाल सरकारको कार्यक्रम अन्तर्गत यौन तथा प्रजनन स्वास्थ्य र सुरक्षित गर्भपतन सेवा भएकोले आईपास नेपाल र पास नेपालले राम्रो काम गरेको समेत बताउनुभयो।अहिले सेवा भइरहेको ठाउँलाई थप प्रभावकारी बनाउन एक संस्थाको मात्र प्रभावकारी नहुने भएकोले आईपास नेपाल,पास नेपाल,स्वास्थ्य संस्था र स्थानीय तहको सहकार्य समन्वय हुनुपर्ने कुरामा जोड दिनुभयो।स्वास्थ्यसँग जोडिएको कार्यक्रम भएकोले पनि थप मजबुत र सेवालाई आम नागरिकको पहुँच सम्म पु¥याउनको लागि नेपाल सरकारले बजेटलाई ध्यान दिनुपर्ने र सञ्चालन भएको अभियानलाई पनि प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिनुभयो।आम नागरिकको घर नजिकैको सरकार स्थानीय तहले पनि आफ्नो स्रोत साधनले भ्याएसम्म बजेटको व्यवस्थापन गरेर पनि कार्यान्वयन पक्षमा लैजानुपर्नेमा जोडदिनुभयो।अहिले नीति तथा कार्यक्रम बनाउने समय पनि नजिएकोले त्यसमा पनि ध्यानाकर्षण गरेर समावेश गरेमा थप सहज हुने समेत उनले भने।आईपास नेपालको आर्थिक सहयोग तथा पास नेपालको सहजीकरण र गाउँपालिकाहरुको समन्वय र सहकार्यमा सुरक्षित गर्भपतन सेवा रोल्पा जिल्लामा चार गाउँपालिकामा विगत ५ बर्ष देखि सञ्चालन हुँदै आएको बताइएको छ।रुन्टिगढी गाउँपालिका भित्र चारवटा स्वास्थ्य संस्थाबाट सञ्चालन भएको बताइएको छ।जसमा जौली पोखरी स्वास्थ्य, मसिना स्वास्थ्य चौकी, डुब्रिङ स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्र होलेरी रहेका छन । रुन्टिगढी गाउँपालिकामा २०७९/०८० मा गर्भपतन सेवा लिएको जम्मा महिला संख्या १ सय ३३ रहेको रुन्टिगढी गाउँपालिका स्वास्थ्य शाखाले उल्लेख गरेको छ।जसमा २० बर्ष मुनीका १९ रहेका छन भने २० बर्ष माथीका १ सय १४ जना रहेका छन।त्यस्तै गर्भपतन पश्चात् पनि नियमित साधन अप्नाएका जम्मा महिला संख्या १ सय ९ जना रहेका छन।जसमा छोटो अवधिका ८४ जना रहेका छन् भने लामो अवधिका २५ जना रहेका छन । गर्भपतनका कारण भएको जटिलता जम्मा ६ जना रहेको बताइएको छ । रोल्पा जिल्लाका माडी गाउँपालिका, थबाङ गाउँपालिका, रुन्टिगढी गाउँपालिका र लुङ्ग्री गाउँपालिकामा सुरक्षित गर्भपतन सम्बन्धी कार्यक्रम लागु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array