Ad image

बिभिन्न कार्यक्रमको आयोजना गरि रोल्पा नगरपालिकाले मनायो १६ औं गणतन्त्र दिवस

मालश्री खबर
मालश्री खबर १५ जेष्ठ २०८०, सोमबार
2 Min Read
Aa

मालश्री खबर जेठ १५ गते, रोल्पा ।

रोल्पा नगरपालिकाले विविध कार्यक्रम गरेर १६ औं गणतन्त्र दिवस मनाएको छ । आज सोमबार नगरपालिकाले रोल्पा अस्पताल रेउघामा रहेका विरामी तथा सुत्केरीहरुलाई फलफूल वितण गरेको छ । त्यसैगरी रोल्पा नगरपालिका २ पिपलचौताराबाट प्रभातफेरी गरी टुडिखेलमा गई कोणसभमा परिणत गरेको बताइएको छ । नगरपालिकाले विभिन्न स्थानमा सरसफाई पनि आजनै गरेको छ । गणतन्त्र दिवसको साझ सन्ध्यामा रोल्पा नगरपालिकाले टुडिखेलमा दिप प्रज्वलन गरि गणतन्त्र दिवस मनाएको रोल्पा नगरपालिकाले जानकारी दिएको छ ।

रोल्पा नगरपालिका मेयर सुरेन्द्र थापा घर्तिको अध्यक्षता र रोल्पा जिल्ला समन्वय समिती रोल्पाका प्रमुख सिता आचार्यको प्रमुख आतिथ्यतामा दिवस मनाएको बताइएको छ । उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख राजबहादुर बुढा, रोल्पा नगरपालिका उप प्रमुख गिता आचार्य, प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, रोल्पा प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक श्यामकुमार सारु मगर, ससत्र प्रहरी बल रोल्पाका प्रमुख प्रहरी नायव निरीक्षक भरत बहादुर बिसि, रोल्पा नगरपालिका भित्रका वडा अध्यक्षहरु, पत्रकार बिभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । साथै १६ औँ गणतन्त्र दिवस रोल्पा जिल्लाका सबै स्थानिय तहले विविध कार्यक्रमगरी भव्यताका साथ मनाएको छन् ।

- Advertisement -
Ad image

नगरपालिकाले भोली १६ गते बेलुकी सबै कार्यालयमा द्धिप प्रज्वलन गर्ने कार्यक्रम रहेको बताएको छ । जिल्ला समन्वय समिति रोल्पाका प्रमुख तथा उक्त कार्यक्रमका प्रमुख अतिथी सिता आचार्यले अहिलेको यो व्यवस्था ल्याउनमा गणतन्त्रले मूख्य भुमिका खेलेको बताउनु भएको छ । साथै निरंकुंस राजतन्त्र फाली गणतन्त्र ल्याउनको लागि महत्वपुर्ण योगदान पु¥याएकोमा ज्ञात अज्ञात सहिदहरुलाई उच्च सम्मनका साथ हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । साथै उहाँले १६ औँ गणतन्त्र दिवसको सम्पुण नेपालीमा शुभकामना व्यक्त समेत गर्नु भएको छ । नगरपालिकाले गणतन्त्र दिवसको अवसर पारेर विरामीहरुलाई फलफूल वितरण गर्नु निकै सराहनीय र स्वागतयोग्य कार्य गरेकोमा प्रसंसा समेत गर्नुभएको छ । कार्यक्रमको सञ्चालन रोल्पा नगरपालिका प्रसासन शाखा प्रमुख सुदिप डाँगीले गर्नु भएको थियो ।

  

प्रतिक्रिया दिनुहोस्

Array