Ad image

हिजो गणतन्त्र प्राप्तिका लागि लड्यौँ, अब शिक्षामा परिवर्तनका लागि लाग्छौँ – अध्यक्ष बुढाथोकी

मालश्री खबर
मालश्री खबर १५ जेष्ठ २०८०, सोमबार
2 Min Read
Aa

गणेश केसी

हिजो गणतन्त्र प्राप्तिका लागि लडेको र अब शिक्षामा परिवर्तनका लागि लाग्ने सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले बताउनु भएको छ । गाउँपालिका भित्रका विद्यालयका प्रधानाध्यापकहरु र विद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरुका लागि शैक्षिक ब्यवस्थापन सम्बन्धि तालिमलाई सम्वोधन गर्दै उहाले यस्तो बताउनु भएको हो ।

गणतन्त्र दिवसको सन्दर्भ पारेर सुनिलस्मृति गाउँपालिकाले गाउँपालिका भित्रका ४१ वटा विद्यालयका प्रधानाध्यापकहरु र विद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरुलाई क्षमता विकाश तालिम दिएको छ । कालिका मानव ज्ञान मावि बुटवलका प्रधानाध्यापक, खेल शिक्षक र विद्यालयका शिक्षक एवं अधिवत्ताले तालिमको सहजिकरण गर्नु भएको थियो ।

सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीको अध्यक्षमा सुरु भएको क्षमता विकाश तालिम उद्घाटनको अवसरमा स्वागत तथा कार्यक्रमको बारेमा जानकारी गाउँपालिका शिक्षा शाखा प्रमुख यादव केसीले दिनु भएको थियो । कार्यक्रमको संचालन शिक्षा शाखाका देवराज घर्तीमगरले गर्नु भएको थियो । कार्यक्रमको अवसरमा गाउँपालिकाका उपाध्यक्ष मिना थापा, सामाजिक विकाश शाखाका संयोजक लोकेन्द थापा लगायतले मन्तब्य राख्नु भएको थियो ।

- Advertisement -
Ad image

सोही अवसरमा ३ दिने सांगितिक ब्यायाम तथा प्राथना ब्यवस्थापन सम्बन्धि तालिम समेत दिइएको छ । कालिका मानव ज्ञान माविका खेल शिक्षक हरिस वलीले तालिमको सहजिकरण गनु भएको थियो । ३ दिन सम्म तालिममा सिकेका सांगितिक ब्यायाम तथा प्राथना ब्यवस्थापन सम्बन्धि सिप विद्यालयहरुमा लागु गर्नु पर्ने प्रशिक्षक वलीले बताउनु भएको छ । उक्त तालिममा ४१ विद्यालयका ६८ जना प्रशिक्षक क्षिक्षकहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array