Ad image

अभिभावक सचेतनाका अन्तरक्रिया कार्यक्रम सम्पन्न

मालश्री खवर
मालश्री खवर १२ बैशाख २०८१, बुधबार
4 Min Read
Aa

मालश्री खबर, बैशाख १२ रोल्पा ।

विद्यालय पहुँच बाहिर रहेका अपाङ्गता भएका विद्यार्थीलाई भर्ना अभियान तथा अभिभावक सचेतनाका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास डिभिजन कार्यालय प्युठानको आर्थिक सहयोग तथा समन्वयमा जिल्ला समन्वय समिति र रोल्पा नेत्रहीन संघ रोल्पाको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।

रोल्पा नेत्रहीन संघ रोल्पाका अध्यक्ष धना घर्ती मगरको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथीमा रोल्पा नगरपालिकाका मेयर सुरेन्द्र थापा घर्ती रहनु भएको थियोे । विशिष्ट अतिथीमा जिल्ला समन्वय समिति रोल्पाका उप–प्रमुख कर्मलाल परियार र प्रमुख जिल्ला अधिकारी खिम बहादुर रायमाझी रहनु भएको थियोे ।

जिल्ला समन्वय समिति रोल्पाका अधिकारी अयोध्या प्रसाद भण्डारी, नेपाली कांग्रेस रोल्पाका उपाध्यक्ष कविता उपाध्याय, नेकपा एमाले रोल्पाका अध्यक्ष अमृत बुढा नेकपा माओवादी केन्द्र रोल्पाका सचिव पूर्ण बहादुर वली , रोल्पा उद्योग वाणिज्य संघ रोल्पाका अध्यक्ष केशव कुमार आचार्य, नेपाल पत्रकार महासंघ रोल्पाका उपाध्यक्ष खुविना सुनारी मगर,संस्थापक अध्यक्ष काँशिराम डाँगी र पूर्व अध्यक्ष खेम बुढा मगर लगायतको आतिथ्यता रहेको थियोे ।

- Advertisement -
Ad image

रोल्पा नेत्रहीन संघ रोल्पाका कोषाध्यक्ष विमला विकको स्वागत मन्तव्य सुरु भएको कार्यक्रममा मन्तव्य राख्नेमा रोल्पा नगरपालिकाका मेयर सुरेन्द्र थापा घर्तीले अहिले विद्यार्थी संख्या पहिले धेरै भर्ना हुने र पछिल्लो घट्ने समस्या देखिएको बताउनु भएको छ । साथै घर्तीले नेत्रहीन बालबालिकालाई पनि विद्यालयमा पठाएर पढाउनको लागि अभिभावकलाई सचेत बनाउन आवश्यक रहेको बताउनु भएको छ ।

नेपालमा के कारणले गर्दा नेत्रहीन जन्मिने गर्छन् त्यो कारण खोजेर निराकरण गर्न सबै लाग्नुपर्ने बताउनु भएको छ । जिल्ला समन्वय समिति रोल्पाका उप–प्रमुख कर्मलाल परियारले कार्यक्रम महत्त्वपूर्ण भएको र धेरै विषयमा छलफल गर्नुपर्ने बताउनु भएको छ भने सबै पालिकामा नेत्रहीन कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको बताउनु भएको छ ।

प्रमुख जिल्ला अधिकारी खिम बहादुर रायमाझीले कुन किसिमको अपाङ्ग भएको व्यक्ति हो,त्यो पहिचान हुनुपर्ने र स्थानीय तहमा कति संख्यामा नेत्रहीन रहेका छन सबै दाता लिएर काम गर्न सकिने समेत बताउनु भएको छ । जिल्ला समन्वय समिति रोल्पाका अधिकारी अयोध्या प्रसाद भण्डारीले रोल्पा जिल्लामा कति नेत्रहीन बालबालिका रहेका छन ड्यटाको आधारमा काम गर्नुपर्ने र ड्यटाको आधारमा काम गर्न सकियो भने मात्र सहि नेत्रहीन संख्या थाहा हुने समेत बताउनु भएको छ ।

नेपाली कांग्रेस रोल्पाका उपाध्यक्ष कविता उपाध्यायले नेत्रहीन बालबालिका विद्यालयमा ल्याउन सबैले सहयोग गर्ने र सपाङ्गहरुले संसार कस्तो भनेर देख्न र अपाङ्गले संसार कस्तो छ भनेर कल्पना गर्ने भएकोले धेरै नेत्रहीनले अध्ययन गरेर सपाङ्ग सरह काम गरेको बताउनु भएको छ । नेकपा एमाले रोल्पाका अध्यक्ष अमृत बुढा मगरले यो कार्यक्रम जिल्ला स्तरमा मात्र नभएर जिल्ला भित्र रहेका सबै पालिकामा लगेर जानुपर्ने बताउनु भएको छ । नेकपा माओवादी केन्द्र रोल्पाका सचिव पूर्ण बहादुर वलीले नेत्रहीन बालबालिकाको लागि सबै राजनीतिक दल र संस्था अगाडि बढ्नुपर्ने बताउनु भएको छ ।

नेपाल पत्रकार महासंघ रोल्पाका उपाध्यक्ष खुविना सुनारी मगरले विद्यालय बाहिर रहेका नेत्रहीन बालबालिकालाई विद्यालयमा ल्याउनका लागि नेपाल पत्रकार महासंघको तर्फबाट रेडियो,अनलाइन र पत्रपत्रिकामा प्रचार–प्रसार गर्न सहयोग गर्ने समेत बताउनु भएको छ । रोल्पा उद्योग बाणिज्य संघ रोल्पाका अध्यक्ष केशव कुमार आचार्यले अहिले नेत्रहीन बालबालिका विद्यालयको पहुँच भन्दा बाहिर रहेकोले सबैले सहयोग गरेर पहुँचमा ल्याउनु सबैको दायित्व भएको बताउनु भएको छ । नेपाल पत्रकार महासंघ रोल्पाका पूर्व अध्यक्ष खेम बुढा मगरले राज्यले विद्यालय जाने उमेर पुगेका बालबालिकालाई विद्यालयमा ल्याउने लक्ष्य लिएर र घरदैलो अभियान चलाउने गरेकोले अझै पनि नेत्रहीन बालबालिका समक्ष ध्यान नपुग्ने गरेको बताउनु भएको छ ।

नेपाल पत्रकार महासंघ रोल्पाका संस्थापक सभापति काँशिराम डाँगीले रोल्पाको विभिन्न गाउँ ठाउँमा नेत्रहीन भएका व्यक्ति तथा बालबालिकाहरु भएको बताउदै,राज्यको ध्यान जानुपर्ने बताउनु भएको छ । कार्यक्रमको सञ्चालन रोल्पा नेत्रहीन संघ रोल्पाका सचिव शिशिर डाँगीले गर्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

Array