Ad image

अग्नि पीडित परिवारलाई गाउँपालिकाद्वारा राहत हस्तान्तरण

मालश्री खवर
मालश्री खवर १२ बैशाख २०८१, बुधबार
2 Min Read
Aa

मालश्री खबर/ वैशाख १३ गते सुलिचौर रोल्पा ।

रोल्पाको सुनिलस्मृति गाउँपालिकाले सामुदायिक वनमा लागेको आगो बस्ति पस्दा घर गोठ जलेर नष्ट भएको परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको छ ।

गाउँपालिकाको वडा नम्बर २ खुंग्रीको एक सामुदायिक वनमा लागेको आगो बस्ती बस्दा २ घर र ३ गोठ पुर्ण रुपमा जलेर नष्ट भएका थिए। गाउँपालिकाले आज उक्त परिवारलाई तत्काल गुजरा चलाउनको लागि केहि राहत सामाग्री उपलब्ध गराएको जनाएको छ ।

v

- Advertisement -
Ad image

खुंग्रीको तिमिले स्थित सामुदायिक वनमा गत वैशाख १० गतेदेखि लागेको आगो बस्ती बस्दा तिमिलेका स्थानीय डम्मी गिरीˏ मने कामी र रिद्धि बहादुर सिंहको बासस्थान जलेको थियो ।आगालागीबाट घर जलेर क्षति भएका परिवारलाई तत्काल गुजारा गर्नका लागि राहत सामाग्री प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले जानकारी दिनुभयो ।

गाउँपालिकाले अग्नी पीडित प्रति परिवारलाई ५० केजी चामलˏ २ केजी नुनˏ २ लिटर तेलˏ ५ केजी दाल र १/१ वटा त्रिपल उपलब्ध गराएको सुनिलस्मृति गाउँपालिकाको सचिलायले मालश्री खबरलाई जानकारी दिएको छ ।

      

राहत सामाग्री हस्तान्तरणमा सुनिलस्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीˏ उपाध्यक्ष मिना थापाˏ प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईˏ वडा नम्बर २ का वडा अध्यक्ष नेत्र गिरीˏ कार्यपालिका सदस्य तुलसी सुनार लगाएतको सहभागितामा राहत सामाग्री हस्तान्तरण गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

उक्त सामुदायिक वनमा अहिलेसम्म पनि आगो नियन्त्रणमा नआएको खबर प्राप्त भएको साथै आगो कस्ले लगायो भन्ने बारेमा समेत कुनै जानकारी नभएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array