Ad image

खुंग्रीको सामुदायिक वनमा आगलागी केही घरमा क्षेती,अग्नि पीडितलाई गाउँपालिकाले गर्यो राहतको घोषणा

मालश्री खवर
मालश्री खवर ११ बैशाख २०८१, मंगलवार
3 Min Read
Aa

मालश्री खबर, वैशाख ११ गते रोल्पा ।

रोल्पाको सुनिलस्मृती गाउँपालिका वडा नम्बर २ खुंग्रीको एक सामुदायिक वनमा आगलागी भएको छ । खुंग्रीको खुंग्रीकोट स्थित तिमिले भन्ने स्थानको सामुदायिक वनमा आगलागी भैरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

सोमबार साझदेखि लागेको आगो हालसम्म पनि नियन्त्रणमा नआएको बताइएको छ । आगो खुग्रीकोट, हिले, वडा कार्यालय भएको क्षेत्र तर्फ जान सक्ने सम्भावना रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका  प्रहरी निरीक्षक, प्रवक्ता एवं सूचना अधिकारी राम नारायण गुप्ताले जानकारी दिनुभएको छ ।

आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय रोल्पा, सशस्त्र प्रहरी बल नेपाल र बटुक दल गण रोल्पाबाट बिपद उद्वार टोलि खटिएका थिए ।

- Advertisement -
Ad image

सामुदायिक वनमा लागेको आगो नियन्त्रण बाहिर हुँदा बस्ती पस्दा केही घरमा क्षेती पुगेको छ । बस्तीको ३ वटा घरमा र गोठमा आगलागी हुदा घरमा भएको विभिन्न सामानहरु जलेर नस्ट भएको छ ।  घरमा आगलागी हुदा करिब ७ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

सुनिलस्मृति गाउपालिका-२ तिमिलेका डम्मी गिरीको ढुङ्गा माटोले बनेको फुसले छाएको १ तले २ कोठे घर, ढुङ्गा माटोले बनेको फुसले छाएको गोठ र घर भित्र रहेका,भाँडा वर्तन लत्ता कपडा जलि पुर्ण रुपमा नष्ट हुनुका साथै करिब ३ लाख बराबरको क्षेती भएको छ ।

त्यस्तै सोही ठाउँका मने कामीको ढुङ्गा माटोले बनेको जस्ताले छाएको १ तले २ कोठे कच्ची घर,ढुङ्गा माटोले बनेको फुसले छाएको गोठ र घर भित्र रहेका भाँडा वर्तन,लत्ता कपडा र काठ जलि नष्ट भएको र करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।

रिद्वि बहादुर सिंहको पनि १ तले २ कोठे जस्ताले छाएको घरमा आम्सिक क्षति भएको र स्याउलाले बारेको फुसले छाएको गोठ पुर्ण रुपमा जलि नष्ट भएको र करिब ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

आगो नियन्त्रण भन्दा बाहिर रहदा आगो बस्ती पस्दा तिमिलेमा रहेको २ घर र ३ गोठ जलेर पूर्णरूपमा क्षति भएकोले अग्नि पीडितहरुलाई तत्काल गुजारा गर्नको लागि गाउँपालिकाले राहत घोषणा गरेको सुनिलस्मृती गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो” तत्काल गुजरा गर्नका लागि अग्नी पिडितहरूलाई राहत उपलब्ध गराउने घोषणा गरिका छौं ।” साथै सामुदायिक वनमा आगो लगाउने व्यक्तिको खोजि कार्य गरि कडा भन्दा कडा कार्वाही गर्न सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएको उहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

Array