Ad image

विद्यालयहरुमा तरकारी खेती सम्बन्धी तालिम गंगादेवको पाखापानीमा सम्पन्न

मालश्री खबर
मालश्री खबर ९ जेष्ठ २०८०, मंगलवार
2 Min Read
Aa

हिमाली खड्का
मालश्री खबर, जेठ ९ गते रोल्पा ।
विद्यालयहरुमा करेसावारी प्रवद्र्धन कार्यक्रम तथा तरकारी खेती सम्बन्धी १ दिने तालिम गंगादेवको पाखापानीमा सम्पन्न भएको छ । बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तरगत गंगादेव गाउँपालिकाको आयोजनामा सोमबार गंगादेव गाउँपालिका वडा नं. ४ पाखापानीमा एक कार्यक्रमका विच सम्पन्न भएको हो ।

गंगादेव गाउँपालिका वडा नं. ४ का कार्यवहाक वडा अध्यक्ष इन्द्र बहादुर वलीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिमा गंगादेव गाउँपालिकाका अध्यक्ष हरिवहादुर पुन रहनुभएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य खिमा कुमारीके.सी वडा सदस्य नरेश वली, गंगादेव शिक्षा शाखाका लिलाबहादुर वली, गंगादेव गाउँपालिका वडा नंं. ४ का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विद्यालयका प्रअ, शिक्षक लगाएतको उपस्थीत रहको थियो ।

गंगादेव गाउँपालिका वहुक्षेत्रीय पोषण सहजर्कता अनिता घर्तिको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन वडा नं. ४ का वडा सचिव नरेश खड्काले गर्नुभएको थियो । आजको तालिमको प्रशिक्षण कृषि विकास साखाका प्रमुख टिकारारम वलीले गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरुलाई आफ्नै विद्यालयमा तरकारी फलाई विद्यार्थिलाई प्रत्यक दिन तरकारी खुवाउने उद्ययश्यका साथ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्र.अ, शिक्षकहरुलाई विद्यालयको नाममा भएको जग्गालाई कसरी करेसाबारी बनाउने, कसरी नरसरीको ब्याड राख्ने र कसरी तरकारी फलाउने लगाएतका विषयमा सिकाइएको थियो ।

- Advertisement -
Ad image

 

साथै वडा नं. ४ का ५ वटा विद्यालयमा १५ आइटमका विभिन्न तरकारीका विउविजन दिइएको हो भने त्यसको लागी आवश्यक पर्ने विभिन्न औजारहरु पनी हस्तान्तरण गरिएको हो । कार्यक्रममा उपस्थित सहभागीहरुले यो तालीम विद्यालयको लागी अत्यन्त महत्वपुर्ण र उपयोगी भएको हुदा विद्यालयहको नाममा जग्गा भएकाहरुले आफ्नै जग्गामा विउविजन लगाइ तरकारी उत्पादन गर्ने र विद्यालयको नाममा जग्गा नभएकाले जग्गा भाडामा लिएर भएपनीतरकारी उत्पादन गरी विद्यार्थीहरुलाई हरेक दिन दिवा खाजामा तरकारी समेत खुवाउन बातावरण बनाउने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array