Ad image

पूर्णखोप सुनिश्चितताका लागि स्वास्थ्य कार्यालय रोल्पाद्धारा त्रिवेणी गाउँपालिकाको अनुगमन

मालश्री खबर
मालश्री खबर ८ जेष्ठ २०८०, सोमबार
4 Min Read
Aa

उमा बस्नेत
मालश्री खबर जेठ ८ गते, रोल्पा ।

पूर्णखोप सुनिश्चितता पालिका घोषणका लागि त्रिवेणी गाउँपालिकामा सोमबार अनुगमन गरीएको छ । रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्ती, प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, जिल्ला प्रहरी कार्यालयल रोल्पाका प्रमुख श्यामकुमार सारु मगर, स्वास्थ्य कार्यालय रोल्पाका जनस्वास्थ्य अधिकृत कृष्णप्रसाद पोख्रेल, स्वास्थ्य कार्यालय रोल्पाका लेखापाल मोतिराज न्यौपाने लगाएतको उपस्थितिमा अनुगमन गरिएको हो ।

 

पूर्णखोप सुनिश्चितता पालिका घोषणका लागि गाउँपालिकाले तोकिएको विभिन्न मापदण्ड पुरा गरेको छ या छैन भनी गनुगमन गरीएको स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ । अनुगमनबाट गाउँपालिकाले सम्पुर्ण प्रकृया पुरा गरेको देखिएको स्वास्थ्य कार्यालय रोल्पाका जनस्वास्थ्य अधिकृत कृष्णप्रसाद पोख्रेलले जानकारी दिनु भएको छ ।

- Advertisement -
Ad image

पालिकाले पूर्णखोप सुनिश्चितता पालिका घोषण गर्नको लागि २०७९ साल चैत्र २४ गते देखि २०८० वैशाख ८ गते सम्म सम्म गाउँ—गाउँमा गई खोप अभियान सञ्चालन गरेको त्रिवेणी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुर्णबहादुर बुढा बताउनु भयो ।

पूर्णखोप सुनिश्चितता निर्देशन अनुसूचीको ४ वमोजिम घरधुरी सर्वेक्षण गर्दा १६ महिना देखि ५९ महिना सम्मका खोप नलगाएका बालवालीकाहरु जम्मा २३ जना भटिएका छन् । वडा नम्बर १ करेटीमा त्यो संख्या १ रहेको छ भने वडा नम्बर २ नुवागाउँमा १३ जना रहेका छन् त्यसैगरी वडा नम्बर ३ लिङदुङमा २ जना रहेका छन् भने वडा नम्बर ५ नेर्पामा ७ जना रहेको छ भने वडा नम्बर ४ बुढागाउँ, ६ नम्बर वडा धारामखोला र वडा नम्बर ७ गैरीगाउँमा ती बालवालीकाहरुको संख्या शुन्य रहेको स्वास्थ्य शाखा जुगारले जानकारी दिएको छ । सर्वेक्षणमा भटिएका ति बालवालीकाहरुलाई गाउँपालिकाले खोप अभियान सञ्चालन गरी पुर्ण खोप दिइसकेको छ ।

पूर्णखोप सुनिश्चिता निर्देशनको अनुसूची ५ वमोजिम हाल खोप पाईरहेका १५ महिना सम्मका बच्चाहरुको संख्या गाउँपालिका भर ४ सय ९४ जना रहेका छन् । वडा नम्बर १ मा ४३ जना, २ नम्बर वडामा १२८ जना, ३ नम्बर वडामा ३७ जना, ४ नम्बर वडामा ७९ जना, ५ नम्बर वडामा ७० जना, ६ नम्बर वडामा ३६ जना, ७ नम्बर वडामा १ सय १ जना रहेका छन् । खोप सर्वेक्षणबाट गाउँपालिकामा १ हजार ३ सय ६५ जना, १६ महिना देखि ५ वर्ष सम्मका बालबालिकाहरु रहेका छन् ।

त्रिवेणी गाउँपालिकाको सबै वडाहरु पुूर्णखोप वडा घोषणा भई सकेका छन् । वडा नम्बर २ नुवागाउँ चैत्र २४ गते पहिलो पटक पूर्णखोप वडा घोषणा भएको हो भने वडा नम्बर ६ धारामखोला वैशाख ८ गते पूर्णखोप वडा घोषणा भएको बताइएको छ । गाउँपालिकाले पूर्णखोप घोपाणा गर्नको लागि मूल्यांकन गर्ने सम्पुर्ण क्षेत्रहरु पूर्ण रुपले पालना गरेको अनुगमनका क्रममा देखिएको स्वास्थ्य कार्यालय रोल्पाका लेखापाल मोतिराज न्यौपानले जानकारी दिनु भएको छ ।

वडा स्तरको प्रतिवेदनहरुको समिक्षा तथा विश्ष्लेणन भएको, पालिका स्तरिय पूर्णखोप सम्बन्धि बैठक तथा योजनाहरु भएको, पूर्णखोप भेरिफिकेशन सर्वेक्षणमा स्थानिय सरोकारवालाहरुसँगको संलग्नता भएको, वडाबाट प्राप्त पत्र साथ संलग्न सर्वेक्षण समायोजन विवरण, दिगोपनाको कार्ययोजना र अनुगमन तथा घोषणा सभाको माग पत्रका विवरण भएको , गत एक वर्षमा समितिको २ पटक बैठक वसी टिम गठन गरेको, पालिकाको वार्षिक कार्यक्रममा पूर्णखोप समावेश भएको, खोप सेवाको सुदृढीकरण र पूर्णखोप दिगोपनाको लािग कार्ययोजना भएको, स्थानिय तहमा सक्रिय साझेदार संघ संस्थाहरुको समन्वय र सहकार्यमा पूर्णखोप घोषणाको लागि व्यवस्थापन र साझेदारीमा निर्णय भएको, जम्मा खोप सेसन सञ्चालनको लक्ष्य २३ लिएको मा सवै लक्षहरु पुरा गरेको अनुगमनका क्रममा पाईएको छ ।

जेठ १६ गते भित्र आफ्नो पालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषण गर्नको लागि त्रिवेणी गाउँपालिकाले स्वास्थ्य कार्यालय रोल्पालाई प्रस्ताव गरेको छ । गाउँपालिकाले पूर्णखोप सुनिश्चितता पालिका घोषणाको लागि जिल्लाबाट गररिने अनुगमन टोलीको सकारात्मक प्रतिक्रिया पाएको गाउँपालका अध्यक्ष कर्णबहादुर बाँठामगर जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array