Ad image

रोल्पाको सुनिलस्मृति र त्रेवेणीमा आगलागी

मालश्री खवर
मालश्री खवर ११ बैशाख २०८१, मंगलवार
2 Min Read
Aa

मालश्री खबर, वैशाख ११ गते रोल्पा

खुग्रीकोटको महिला सामुदायिक वनमा आगलागि भएको छ ।

मंगलबार बिहान ७ जे देखी सुनिलस्मृति गाउँपालिका वडा नं २ को खुग्रीकोटको महिला सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा लिने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

आगो खुग्रीकोट, हिले वडा क्षेत्र तर्फ जान सक्ने भएकोले प्रहरी टोलि र स्थानिय गरी ३० जना भन्दा बढी संख्या, सस्त्र प्रहरी बल नेपाल रोल्पाबाट र बटुक दल गण रोल्पाबाट बिपद उद्धार टोली खटिगएको खबर मालश्री खबरलाई जानकारी प्राप्त भएको छ ।

- Advertisement -
Ad image

आगलागीबाट सुनिलस्मृति गाउपालिका २ तिमिले निवासी डम्मी गिरीको ढुङ्गा माटोले बनेको फुसले छाएको १ तले घर जलेर नष्ट भएको छ । घर भित्र रहेका, भाँडा वर्तन लत्ता कपडा जलि पुर्ण रुपमा नष्ट भएको र ३ लाख बराबरको क्षती भएको प्रहरीले जानकारी दिएको छ ।

मने कामीको ढुङ्गा माटोले बनेको जस्ताले छाएको १ तले २ कोठे कच्ची घर, ढुङ्गा माटोले बनेको फुसले छाएको गोठ र घर भित्र रहेका भाँडा वर्तन, लत्ता कपडा र काठ जलि नष्ट भएको र तिन लाख पचास हजार बराबरको क्षति भएको बताइएको छ ।

त्यस्तै रिद्वि बहादुर सिंहको जस्ताले छाएको घरमा आम्सिक क्षति भएको र स्याउलाले बरेको फुसले छाएको गोठ आगलागी हुदा पचास हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

त्यसैगरी उता त्रिवेणी गाउँपालिका ७ जंगडाँडा थुर्पा तार सामुदायिक बनमा आगोलागी भएको छ । आज दिउसो ३ बजेदेखी भएको आगलागी नियन्त्रणको लागि प्रहरी र स्थानिय खटिएको छ ।

आगलागी के कारणले लागेको हो भन्ने नखुलेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता एंव सुचना अधिकारी राम नारायण गुप्ता जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array