Ad image

जेठ १२ गते जुगारमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुदै

मालश्री खबर
मालश्री खबर ८ जेष्ठ २०८०, सोमबार
3 Min Read
Aa

उमा बस्नेत
मालश्री खबर जेठ ८ गते, रोल्पा ।

रोल्पाको जुगारमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । जेठ १२ गते शुक्रबार विशेषज्ञ डाक्टरहरुको उपस्थितिमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने बताइएको छ । त्रिवेणी गाउँपालिका रोल्पा, दीप ज्योती हस्पिटल घोराही दाङ प्रा.लि. र सत्प्रयास समूह रोल्पाको संयुक्त आयोजनामा उक्त शिविर सञ्चालन हुने भएको हो । शिविरमा हाड जोर्नी तथा नशा रोग, प्रसूति तथा स्त्री रोग, सर्जरी सेवा, एक्सरे तथा भिडियो एक्सरे लगाएत अन्य सेवा प्रदान गर्ने सत्प्रयास समुहले जनाएको छ ।

 

हाड जोर्नी तथा नशा रोग विशेषज्ञ सेवातर्फ शरीर झमझमाउने, ढाड तथा घुडा दुख्ने, जोर्नी सुन्निने तथा बाथरोग युरिक एसिड, हड्डी खिइएको, ढाड कम्मर दुख्ने समस्याको चेक जाँच तथा परामर्श सेवा, हात खुट्टा भाँचिएका ठूला तथा साना अप्रेशन गरिएका विरामीहरुको चेक जाँच तथा परामर्श सेवाा प्रदान गरीने छ ।

- Advertisement -
Ad image

प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवातर्फ तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, आङखस्ने समस्या, महिनावारी अनियमित हुने साथै महिनावारीको समयमा ढाड कम्मर दुख्ने, पाठेघर र पिसाव सम्बन्धी उपचार तथा परामर्श सेवा दिईने भएको छ ।

 

त्यसैगरी सर्जरी सेवातर्फ शरीरका कुनैपनि भागमा पलाएको गाँठागुठी र घाऊको जाँच तथा परामर्श सेवा, एपेण्डिसाइटिस, हर्निया, पायल्स, हाईड्रोसिल, स्तनमा आएको गाँठागुठी, फिस्टुला, खुट्टाको नशाहरु फुलिएको समस्याको जाँच तथा परामर्श सेवा, पित्तथैली, पिसावको नली र पिसावथैलीमा भएको पत्थरी तथा शरीरमा भएका चिरफार गर्नुपर्ने सबै समस्याको जाँच तथा परामर्श सेवा रहेका छन् ।

एक्सरे तथा भिडियो एक्सरे सेवातर्फ पित्त थैली, मृगौला, पिसाव नली र पिसाव थैलीमा भएको पत्थरी, पाठेघर, पेट सम्बन्धी समस्याको भिडियो एक्सरे सेवा तथा हाडजोर्नी भाचिएकाको एक्सरे सेवा प्रवाह गरीने छ ।

 

अन्य सेवातर्फ सुगर, प्रेसर, मोटोपन, थाइराइड, मुटु, पेट, छाती, कलेजो, मृगौला, मानसिक रोग र लामो समयसम्म औषधी सेवन गरिरहेका विरामीहरुका लागि चेक जाँच तथा परामर्श सेवा रहेका छन् ।

शिविरमा दीप ज्योती हस्पिटल घोराही दाङमा कार्यरत जनरल एण्ड ल्याप्रोष्कोपिक सर्जन डा. सृजन अधिकारी वरिष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. अजय रेग्मी, वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. कृताञ्जली घिमिर , रोल्पा अस्पताल रेउघाका मेडिकल अधिकृत डाक्टर आधार वली र डाक्टर देवराज गिरी लागाएतको टिमले शिविरमा सेवा प्रदान गर्ने छन् ।

 

शिविर विहान ९ बजे दखि अपराहन्न ४ बजे सम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । शिविरमा उपस्थिति भई मौकाको फाईदा उठाउन सम्पुण रोगीहरुलमई आयोजकले आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array