Ad image

रोल्पाको घर्तिगाउँ बजार अनुगमन सम्पन्न

मालश्री खबर
मालश्री खबर ५ जेष्ठ २०८०, शुक्रबार
2 Min Read
Aa

बुद्धिमान ओली/मालश्री खबर, जेठ ५ गते, रोल्पा ।

रोल्पाको माडी २ मा रहेको घर्तिगाउँ बजार अनुगमन गरिएको छ । माडी गाउँपालिका उपभोक्ता हित संरक्षण समितिको आयोजनामा बजार अनुगमन टोली गठन गरि बजार अनुगमन गरिएको समिति संयोजक एवम् पालिका उपाध्यक्ष जयपुरी घर्तिमगरले बताउनुभयो । अनुगमन टोली संयोजकमा गाउँपालिकाका प्रशासन अधिकृत पहलमान वली हुन्हुहुन्छ भने, इलाका प्रशासन कार्यालय घर्तिगाउँ, ईलाका प्रहरी कार्यालय घर्तिगाउँ, नेपाल पत्रकार महासंघ, गाउँपालिका सम्बन्धित शाखा प्रमुख, उद्योग बाणिज्य संघका प्रतिनिधिहरु सदस्य रहेको टोली बनिसकेको छ ।


शुक्रबार अनुगमनको क्रममा घर्तिगाउँ बजारमा केहि पिय पदार्थ र किरानाका सामान म्याद गुज्रिएको पाइएको थियो भने सम्पुर्ण पसलमा मुल्य सुचीमा नराखेको पाइएको थियो । अनुगमनमा देखिएका विभिन्न कमीकमजोरीलाइ सुधार गर्न आग्रह गरिएको छ भने पुन सोहि कमीकमजोरी देखिए अन्य प्रक्रिया चाल्ने चेतावनीसमेत दिएको गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरले बताउनुभयो ।

घर्तिगाउँ बजार माडी गाउँपालिकाको मात्र केन्द्र नभएर पश्चिम रोल्पाकै केन्द्रको रुपमा रहेको छ । यहाँ व्यापार व्यवसायबाट उपभोक्ताको हित विपरीत हुन नदिन नियमित बजार अनुगमन गरिने र उपभोक्ताले समेत म्याद गुज्रिएका सामान प्रयोग नगर्न गाउँपालिकाले आग्रह गरेको छ ।

- Advertisement -
Ad image

अनुगमनमा गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगर, उपाध्यक्ष जयपुरी घर्तिमगर, इलाका प्रशासन कार्यालय घर्तिगाउँका कायममुकायम कार्यालय प्रमुख गन बहादुर बिक, इलाका प्रहरी कार्यालय घर्तिगाउँका प्रहरी निरीक्षक देवराज भट्टराई, माडी गाउँपालिका प्रशासन शाखा प्रमुख पहलमान वली, जनस्वास्थ्य निरीक्षक जय प्रकाश बुढा, पत्रकार महासंघ रोल्पाका सदस्य पत्रकार बुद्धिमान ओली, नगर प्रहरी, कृषि र पशु शाखा प्रमुख लगाएतको उपस्थिति रहेको थियो । बजार अनुगमन छड्के र नियमित हुने गाउँपालिकाले जनाएको छ ।

  

प्रतिक्रिया दिनुहोस्

Array