Ad image

मोटरसाइकल दुर्घटनामा गम्भिर घाइते वाँठामगरको मृत्यु

मालश्री खबर
मालश्री खबर ३० बैशाख २०८०, शनिबार
1 Min Read
Aa

गणेश केसी
रोल्पा नगरपालिका २ कालो पाहिरा नजिकै मोटरसाइकल दुर्घटनामा परि गम्भिर घाइते भएका उमेश वाँठामगरको मृत्यु भएको छ । रोल्पा नगरपालिका वडा नम्बर ६ कोटगाँउका मोटरसाइकल चालक वाँठामगरको रोल्पा अस्पतालमा मृत्यु भएको रोल्पा प्रहरीले जानकारी दिएको छ ।

२२ वर्षका वाँठामगरको भोलिमात्र पोष्टमाटम गरिने रोल्पा अस्पतालले जानकारी दिएको छ । मोटरसाइकलमा पछाडी बसेका गौतम पुनलाई भने प्रादेशिक अस्पताल बुटवल रेफर गरिएको छ । रोल्पा नगरपालिका वडा नम्बर ७ माडिचौरका पुनको रोल्पा अस्पतालमा प्राथमिक उपचार गरि थप उपचारकालागि बुटवल रेफर गरिएको रोल्पा अस्पतालका सुचना अधिकारी कुलबहादुर डाँगीले जानकारी दिनु भएको छ ।

 

शनिबार आज साँझ ६ बजेर ४० मिनेटमा मोटरसाइकल दुर्घटना भएको थियो । सदरमुकाम लिवाङबाट माडिचौर तर्फ गईरहेको रा २ प ८८५२ नम्बरको डिस्कभर मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना भएको रोल्पा प्रहरी प्रमुख डिएसपी श्याककुमार शारुमगरले जानकारी दिनुभएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array