Ad image

नेतृत्व तह नै नसच्चिए प्राप्त उपलब्धी नै गुम्ने खतरा छ – पूर्वमुख्यमन्त्री केसी

मालश्री खबर
मालश्री खबर ३० बैशाख २०८०, शनिबार
5 Min Read
Aa

उमा बस्नेत
मालश्री खबर वैशाख ३० गते, रोल्पा ।
लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीले राजनीतिक नेतृत्व नसुध्रिए देश दुर्घटनामा पर्ने बताए । रोल्पाको लिवाङमा भएको लुम्बिनी प्रदेश आन्तरिक,कानुन तथा सहकारी मन्त्रालयको सहयोग र रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा सुशासनका लागी साक्षरता कार्यक्रममा बोल्दै केसीले लोकतन्त्रको आधारसिला नै सुशासन भएको बताए । उनले नेताहरु नै नक्कली भुटानी शरणार्थी काण्डमा मुछिनु देशको लागी दुभाग्र्य भएको भन्दै सरकारले गरेको छानबिनमा दोषी देखिए कसैलाई छाड्न नहुने बताए । केसीले लोकतन्त्रको सुन्दर पक्ष नै सुशासन भएको जिकिर गर्दै नेतृत्व तह नै नसच्चिए प्राप्त उपलब्धी नै गुम्ने खतरा बढेको ठोकुवा गरे ।


उनले विकास निर्माणका काममा अब पालिकाहरु एकआपसमा सहकार्य गरेर जानु पर्नेमा जोडदिए । सुशासन कायम गर्नको लागि प्रणालीमा सुधार गर्दै जाने र सरकारले लिएका नीति तथा कार्यक्रमलाई प्रभावकारी ढंगले परिचालन गरी नतिजामुखी ढंगबाट कार्य सम्पादन गर्दै लैजानु पर्ने लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्रि केसीे बताउनु भएको छ । सुशासन कायम गर्नको लागि असल व्यवस्थापन गर्न सक्ने नेतृत्वको आवश्यकता पर्ने भएकाले कर्मचारी छनोट गर्दा दक्ष कर्मचारीको छनोट गर्नु पर्ने बताउनु भएको छ ।
योजना बनाउदा धेरै योजना बनाउने र ति योजनामा लक्ष्य हासिल गर्न नसकिरहेको वर्तमान अवस्थाको चुनौतीलाई नियालेर आगामी दिनमा योजनाको खाका तयार गर्दा पार्दर्शी ढंगले उत्कृष्ट योजना बानाउन र त्यसलाई सफल कार्यान्वयन गरी उपलब्धि हासिल गर्न सुझाव दिनुभएको छ । रोल्पा जिल्लाका विभिन्न स्थानिय तह तथा अन्य क्षेत्रको प्रतिनिधीको कुराको सम्बोधन गर्दै केसीले सुशासन कायम गर्नको लागि आफु आफ्नो काममा सधै कटिवद्ध भएर लाग्न आग्रह समेत गर्नु भएको छ । जुनसुकै क्षेत्रमा सुशासन भएन भने भ्रष्टचार मौलाउने भएकाले भ्रष्टचार नियन्त्रण गर्नको लागि पनि सुशासन आवश्यक रहेको बताउनु भएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सिता आचार्य कर्मचारी अभाव र स्रोत साधनका बावजुद पनि आफुहरुले गर्नुपर्ने भूमिका निर्वाह गरिरहेको बताए । उनले जिल्ला समन्वयलाई अधिकार सम्पन्न नबनाउदा सोचे जस्तो काम गर्न नसकेको जिकिर गर्दै राज्यले यो समिति आवश्यकता ठानेर निर्माण गरिएको भए सोही अनुसार अधिकार सम्पन्न बनाउनु पर्नेमा जोड दिए । सुशान हरेक क्षेत्रमा आवश्वक हुने बताउदै जिल्लामा भईरहेका कार्यहरुको जिल्ला समन्वय समितिले समन्वय र अनुगमन गरीरहेको बताउनु भएको छ । साथै जिल्लामा भएका हरेका तहका सम्बिन्धित निकाय सँग वार्षिक समिक्षा गर्नबाट चुकेको कुरा स्वीकार गर्दै उहाँले आगामी दिनमा यस्ता समिक्षाहरु गर्नको लागि आफुले समन्वयकारी भूमिका निर्वाह गर्ने बताउनु भएको छ ।

सोहि कार्यक्रममा बोल्दै रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्तीले नागरिकलाई छिटो र छरितो सेवा दिने गरी काम गरिरहेको बताए । उनले दुख दिने नियतले झुटा मुद्धाहरु अख्तियार उजुरी र मुद्धा प्रमाणित नभए उजुरी दिनेलाई कारवाही गर्ने नियम नहुदाँ अनाहकमा दुख पाउनु परेको दुखेसो पोखे ।
खुल्ला छलफलमा बोल्दै कार्यक्रममा सहभागी गाँउपालिका अध्यक्षहरुले पालिकामा भईरहेका कामहरु पार्दशी, जवाफदेही ढंगले संचालन भईरहेको प्रतिकृया दिएको छन् । योजनाहरुलाई कार्यान्वयन गर्दा सबै तहसँग समन्वय गरी आफ्ना कार्यक्रमहरु जनमूखी बनाउदै लगेको र आगामी दिनमा पनि आफ्ना सम्पुर्ण कार्यक्रमहरुलाई सेवामुखी बनाउदै लैजाने बताएका छन् । स्थानिय तहले गरेका हरेका कार्यहरुको सूचना आमा समुदायमा पु¥याउनकोे विभिन्न आधिकारीक पेज, हट लाईन, नागरीक वडापत्र, सूचना बोर्ड, वेवसाईट तथा रेडियो पत्रपत्रिकाको माध्यम प्रयोग गरेको बताएका छन् । साथै सम्पुर्ण प्रतिनिधिले भ्रष्टचार भएको खण्डमा त्यस्तो कार्यको सूचना तत्कालै आफुहरुलाई दिन पनि आग्रह गरेको छन् । जिल्लामा भएका अन्य सरकारी तथा गैरसरकारी संस्थाहरुले पनि जनशक्ति अभावका वबजुट पनि आफ्नो कार्यहरु समयमै सम्पन्न गरेको प्रतिक्रिया दिएका छन् ।

- Advertisement -
Ad image

रोल्पाका निमित्त प्रमुख जिल्ला अधिकारी लेखनाथ खतिवडाले सेवाग्राहीलाई बिना झन्झट काम गर्दै आएको बताए ।

कार्यक्रममा लुंग्री गाउँपालिका अध्यक्ष भरत कुमार थापा, गंगादेव गाउँपालिका अध्यक्ष हरिबहादुर पुन, सुनिल स्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकी, परिवर्तन गाउँपालिका अध्यक्ष सुक बहादुर बुढा, माडी गाउँपालिका अध्यक्ष अमर सिंह घर्ती मगर, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख श्याम सारु मगर, सुनिल स्मृति गाउँपालिकाका पूर्व अध्यक्ष गुणेन्द्र घर्ती,पत्रकार महासंघ रोल्पाका अध्यक्ष नविन लोचन मगर, पत्रकार महासंघ रोल्पाका पूर्व अध्यक्ष मानसिंह वि.क ,शिक्षा विकास तथा समन्वय केन्द्र रोल्पाका दुर्गा खड्का, कोष लेखा नियन्त्रण कार्यालयका रमेश घिमिरे लगायत जिल्लामा क्रियाशिल विभिन्न सरकारी,गैरसरकारी कार्यालयका प्रमुख प्रतिनिधि, क्रियाशिल पत्रकार, सुरक्षाकर्मीले भनाई राखेका थिए ।

कार्यक्रममा सुशासन अभियन्ता खेम बहादुर बुढाले कार्यपत्र प्रस्तुत गरेको थिए ।कार्यक्रम रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो । सोही कार्यक्रममा रिपोर्टर्स क्लव नेपाल रोल्पा जिल्लाका संस्थापक सचिव लोकेन्द्र चन्द प्रेस युनियनको जिल्ला अध्यक्ष चयन भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिईएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array