Ad image

राजनीतिमा शिक्षाको बहस गर्नु आजको आवश्यता हो – सचिव बस्नेत

मालश्री खबर
मालश्री खबर ३० बैशाख २०८०, शनिबार
2 Min Read
Aa

हिमा खड्का

शिक्षामा राजनीति होइन राजनीतिमा शिक्षाको बहस गर्नु आजको आवश्यता भएको नेपाल शिक्षक संघ रोल्पाका जिल्ला सचिव मानबहादुर बस्नेतले बताउनुभएको छ ।

 

नेपाल शिक्षक संघको ३४ औँ स्थापना दिवसको अवसरमा रोल्पाको त्रिवेणी गाउँपालिकाको जुँगारमा आयोजित बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रममा राजनीतिमा शिक्षाको बहस गर्नु आजको आवश्यक्ता भएको बताउनु भएको हो ।

- Advertisement -
Ad image

 

शिक्षकको हक, हितको लागि समग्र शिक्षा प्रणालीमा रुपान्तरण गर्ने उहाको धारणा रहेको छ । यस विषयमा अहिले शिक्षण पेसामा आउनुभएका शिक्षकहरुलाई तालिम प्रदान गर्नु पर्ने पनि उहाले बताउनु भयो ।

 

नेपाल शिक्षक संघ त्रिवेणी गाउँपालिकाका अध्यक्ष राजेन्द्रकुमार घर्तीले शैक्षिक मुद्वा र पेसागत समस्या समाधारका लागि योजनाबद्ध तरिकाले अगाडि बढ्ने बताउनुभयो । शिक्षकको पेसा, ज्ञान, सिप विकासका लागि संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकारले क्षमता अभिबृद्वि तालिम सञ्चालन गर्न आग्रह गर्नुभयो ।

 

गुणस्तरीय शिक्षाको आधार, मर्यादित शिक्षण पेशाको पुर्बाधार, भन्ने मुल नारा सहित रोल्पाको १० वटै स्थानिय तहमा बिविध कार्याक्रम गरि स्थापना दिवस मनाउने क्रममा नेपाल शिक्षक संघ रोल्पाले आज त्रिवेणी गाउँपालिकाको जँुगारमा शुभकामना आदान प्रदान तथा बधाई कार्यक्रम गरेको हो ।

 

नेपाल शिक्षक संघ त्रिवेणी गाउँपालिकाका अध्यक्ष राजेन्द्रकुमार घर्तीको अध्यक्षताबाट सुरु भएको कार्यक्रममा नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशका प्रदेश सदस्य खिमलाल खत्रीको प्रमुख आथित्यता रहेको थियो ।

बिशिष्ट अतिथीमा नेपाली काँग्रेस त्रिवेणी गाउँपालिकाका सभापती दुर्याेधन राना, नेपाली काँग्रेसका पुर्ब जिल्ला सदस्य जिबराज खड्का, नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशका प्रदेश सदस्य चुर्ण केसी, नेपाल शिक्षक संघ रोल्पाका उपाध्यक्ष शेरबहादर पुन, नेपाल शिक्षक संघ त्रिवेणी गाउँपालिकाका सल्लाहकार दिनेश वली लगायतले शुभकामना दिनुभएको थियो ।

 

कार्यक्रममा शिक्षक सेवा आयोगबाट त्रिवेणी गाउँपालिकामा नाम निकालेर आउनुभएका शिक्षकहरुलाई बधाई तथा सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन नेपाल शिक्षक संघ त्रिवेणी गाउँपालिकाका सचिव निर्मल रानले गर्नु भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

Array