Ad image

नेपाली काँग्रेसको प्रदेशस्तरयि प्रशिक्षण कार्यक्रम स्वर्गद्धारीमा

मालश्री खबर
मालश्री खबर २७ बैशाख २०८०, बुधबार
2 Min Read
Aa

मालश्री खबर बैशाख २७ गते, रोल्पा ।

नेपाली काँग्रेस लुम्बिनी प्रदेशको आयोजनामा प्यूठानको स्वर्गद्धारीमा तिन दिवसिय प्रदेशस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम आयोजना हुदैछ । प्रदेशका १२ जिल्लाबाट झण्डै १ सय जना अगुवा कार्यकर्ताहरुको सहभागीता रहने सो प्रशिक्षण कार्यक्रमको पार्टीका केन्द्रिय उपसभापति तथा नेपाल सरकारका कानुन तथा न्याय मन्त्री धनराज गुरुङ्गले उद्घाटन गर्नुहुने छ ।

 

आगामी बैशाख २९, ३० र ३१ गते संचालन हुने उक्त प्रशिक्षण कार्यक्रमबारे जानकारी गराउने उद्देश्यले आज रिपोर्टर्स क्लव नेपाल लम्बिनी प्रदेश कार्यालय बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरियो । उक्त पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेश उपसभापति तथा प्रशिक्षण बिभाग प्रमुख भुवन प्रसाद श्रेष्ठले नेपाली काँग्रेसलाई थप बलियो बनाउन र कार्यकर्तामा उत्साह थप्न प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

- Advertisement -
Ad image

कार्यकर्ता पंक्तिमा आएको नैराश्यता र नेताहरुमा देखिएको बिचलन र अनुशासनहिनता न्यूनिकरण गर्ने यस कार्यक्रमको मुललक्ष्य भएको उल्लेख गर्दै उपसभापति श्रेष्ठले जनताले आशा र भरोसा गरेको पार्टी नेपाली काँग्रेस भएकोले काँग्रेस सच्चिएर अघि बढ्नुको बिकल्प नरहेको धारणा ब्यक्त गर्नु भयो । कार्यक्रम संचारकर्मीहरुको जिज्ञाशा मेटाउदै उहाँले काँग्रेस प्रतिको जनबिश्वास घट्न नदिन नेताहरुले आवश्यक कदम चाल्नु पर्ने कुरामा जोड दिनु भयो ।
कार्यक्रममा प्रशिक्षण बिभागका सचिव बालकृष्ण पौडेलले कार्यक्रमको उद्देश्यबारे जानकारी गराउने काँग्रेसले अवलम्बन गर्नुपर्ने अवको बाटो र पार्टीले आगामी दिनमा खेल्नुपर्ने भुमिकाको बारेमा चर्चा गर्नु भएको थियो । कार्यक्रममा नेपाली काँग्रेस प्रदेश कोषाध्यक्ष प्रकाश राना, निवर्तमान प्रदेशसभा सदस्य निर्मला क्षेत्रीको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array