Ad image

लुम्बिनी प्रदेश स्तरीय गजल प्रतियोगितामा रोल्पाका डि.बी मगर प्रथम

मालश्री खबर
मालश्री खबर २३ बैशाख २०८०, शनिबार
5 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर, बैशाख २३ गते रोल्पा ।

राप्ती साहित्य परिषद दाङको आयोजनामा गरिएको लुम्बिनी प्रदेश स्तरीय गजल प्रतियोगितामा रोल्पाका डि.बि मगर स्वेद प्रथम हुनु भएको छ ।

हिजो (शुक्रबार) भएको नेपाल पत्रकार महासंघको सभाहल घोराही दाङ्मा भएको प्रतियोगितामा रोल्पाको परिवर्तन गाउँपालिका–१ कुरेलीका डि.बि मगर ‘स्वेद’ प्रथम हुनु भएको हो ।

- Advertisement -
Ad image

१ सय ८० नम्बरको मुल्यांकनमा डि.बि मगर स्वदेले १ सय ३६ नम्बर प्राप्त गर्दै प्रथम हुनु भएको छ । दाङका हरिप्रसाद पौडेल स्वर्णशिखाले १ सय २६ नम्बर प्राप्त गर्दै द्वितीय हुनु भएको छ । पाल्पाका पुजा जिज्ञासुले १ सय २२ नम्बर प्राप्त गर्दै तृतीय हुनु भएको छ । दुई जनालाई सान्त्वना बनाइएको छ । रोल्पाका आभाष बेसहाराले १ सय १६ नम्बर प्राप्त गर्दै सान्त्वना हुनु भएको छ ।

अर्का दाङका विक्रम वली नेपाली बाबुले १ सय १४ नम्बर प्राप्त गर्दै सान्त्वना हुनु भएको छ । प्रतियोगिताका लागि लुम्बिनी प्रदेश भित्रका जिल्लाबाट १० गजलकारहरु छनोटमा परेका थिए । जसमा ९ गजलकारहरुको मात्र सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना २ जना गरि जम्मा ५ जना गजलकारहरुले स्थान लिएका छन् ।

सोही अवसरमा ४३ जना स्रष्टाहरू पुरस्कृत भएका छन् । राप्ती साहित्य परिषद्को ४६ औँ स्थापना दिवस एवम् २३ औँ साधारणसभाको अवसरमा वृहत साहित्यिक समारोहमा साहित्यका विभिन्न विधामा योगदान पु¥याउने ४३ जना स्रष्टालाई सम्मान एवम् पुरस्कृत गरिएको हो ।


राप्ती साहित्य पुरस्कार २०७८ बाट पद्मप्रसाद शर्मा (दाङ) र २०७९ बाट खेमराज शर्मा (रोल्पा) पुरस्कृत भएका छन् । विष्णु–नुमा पुरस्कार–२०७९ बाट बालस्रष्टा लक्ष्मी सुवेदी (रोल्पा) दीलसरी दल अतिरिक्त पुरस्कार–२०७९ बाट शशिराम कार्की (रुकुम पश्चिम), नन्दहरि पुरस्कार २०७८ बाट प्रदीपराज श्रेष्ठ (दाङ) र २०७९ बाट प्रकाशचन्द्र घिमिरे (दाङ),डोमादेवी साहित्य पुरस्कार २०७८ बाट जितबहादुर शाह (सल्यान) र २०७९ बाट बुद्धिप्रकाश शर्मा (सल्यान) र ऋषिलक्ष्मी साहित्य पुरस्कार–२०७९ बाट रामचन्द्र श्रेष्ठ (रोल्पा)लाई प्रदान गरिएको थियो ।

पद्मा–कुल हास्यव्यङ्ग्य पुरस्कार २०७८ कमल गाउँले (दाङ), देवीचन्द्र साहित्य पुरस्कार २०७८ कमल पोख्रेल (प्युठान) र २०७९ केबी मसाल (दाङ),अपा–मुकुन्द प्रज्ञा पुरस्कार २०७८ दामोदर पौडेल (दाङ) र २०७९ बसन्तविवश आचार्य (दाङ),गोपालचन्द्र प्रज्ञा पुरस्कार २०७८ भेषराज पौडेल (दाङ) र २०७९ गोविन्दमधुर आचार्य (दाङ),गोमा देवकोटा स्मृति कला पुरस्कार २०७८ चाहना झाँक्री (दाङ) र २०७९ शान्ता वली (दाङ), हरिप्रसाद पाण्डेय–मीना पाण्डेय कला साहित्य पुरस्कार २०७८ बुद्धिप्रकाश धिताल (दाङ) र २०७९ कृष्ण गिरी (दाङ),खोविलाल हुकुमादेवी छन्द पुरस्कार २०७८ पिताम्बर रिजाल (दाङ) र २०७९ धनसिंह गिरी (दाङ) लाई प्रदान गरिको छ ।

यसैगरी परिषदले पद्मप्रसाद–रूपसा प्रज्ञा पुरस्कार २०७८ ज्ञानेन्द्र स्वर्णकार (दाङ) र २०७९ प्रकाशप्रिय कुसुम्या (दाङ), पण्डित कपीलमुनि भक्तकुमारी पुरस्कार २०७९ दलबहादुर बस्नेत (दाङ),तिलका–तुल्सीराम स्मृति पुरस्कार २०७८ डा.जनार्दन आचार्य (बाँके) र २०७९ वीरेन्द्र शाही (सल्यान),चक्रपाणि लक्ष्मी लोकेश्वरी छन्द पुरस्कार २०७८ श्रवण नेपाली (दाङ) र २०७९ वीणा रोका (दाङ), नित्यानन्द शर्मा प्रज्ञा पुरस्कार–२०७८ कविता उपाध्याय (रोल्पा) र बसन्त वली ‘बसन्ती’ (दाङ), चन्द्र–मधु गीत संगीत पुरस्कार–२०७८ लीलावती बुढा (सल्यान) र २०७९ घनश्याम केसी (दाङ),ओपेन्द्र रत्नशोभा साहित्य पुरस्कार २०७८ खगराज न्यौपाने (दाङ) र २०७९ प्रमोद धिताल (दाङ), प्रेमनारायण सावित्रा हेमकुमारी प्रज्ञा पुरस्कार–२०७८ हरिप्रसाद भण्डारी (गुल्मी) र २०७९ भुवन देवकोटा (दाङ), श्रीबहादुर दिलमाया साहित्य पुरस्कार–२०७८ धर्मबहादुर बुढा (रुकुम पूर्व) र २०७९ लक्ष्मी मगर (प्युठान), टेकबहादुर सुवर्ण राजभण्डारी साहित्य पुरस्कार २०७८ चन्द्र शर्मा (दाङ) र २०७९ खगेन्द्र गिरी (बाँके)लाई प्रदान गरिएको थियो ।

यसैगरी २०७७ र २०७८ मा प्रकाशित साहित्यिक कृतिका लागि राप्ती सिर्जना पुरस्कार २०७७ नीमबहादुर थापा (नुरदेव) द्वारा लिखित ‘नाकाबासीको सपना’ नियात्रा (२०७७) (दाङ) र २०७८ उत्तमकृष्ण मजगैयाँद्वारा लिखित‘परिक्रमा’ समालोचना २०७८ लाई प्रदान गरिएको थियो ।कार्यक्रममा पुरस्कार संस्थापक पुरुषोत्तम खनाल, लेखक तथा साहित्यकार विनोद पोख्रेल,नियमित रूपमा साहित्यिक कार्यक्रम सञ्चालन गर्ने शारदा शर्मा, बसन्तराज भट्ट, पत्रकार आभाष बुढाथोकी लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष टीकाराम उदासीको अध्यक्षता रहेको थियो ।

कार्यक्रमको प्रमुख आतिथिमा नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीका उपकुलपति यादव प्रकाश लामिछाने रहनु भएको थियो भने विशिष्ट आतिथिमा राप्ती साहित्य परिषद्का संस्थापक अध्यक्ष नारायण प्रसाद शर्मा रहनु भएको थियो ।
कार्यक्रमको सहजीकरण राप्ती साहित्य परिषद्का महासचिव रमेश सुवेदी र सचिव आदिम केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array