Ad image

रोल्पाको गंगादेवमा मुडा बुन्ने तालिम सम्पन्न

मालश्री खबर
मालश्री खबर १९ बैशाख २०८०, मंगलवार
1 Min Read
Aa

हिमाली खड्का

मालश्री खबर बैशाख १९ गते, रोल्पा । रोल्पाको गंगादेव गाउँपालिका वडा नं. ६ राखमा बाँसको मुडा बुन्ने तालिम सम्पन्न भएको छ । गंगादेव गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष विरबहादुर वलीको अध्यक्षतामा ४५ दिने बाँसको मुडा बनाउने आधारभुत तालिमको एक कार्यक्रमका विच समापन भएको हो ।

 

- Advertisement -
Ad image

गंगादेव गाउँपालिकाद्धारा सञ्चालित गरिबी निबारणका लागी लघु उद्यम बिकास कार्यक्रम अन्र्तगत नयाँ उद्यमि सिर्जना गर्ने उद्ययश्यले मुडा बन्ने तालिमको सञ्चालन गरिएको थियो ।

जस अन्र्तगत २० जना महिलाहरुको तालिममा सहभागीता रहेको थयो । मुडा बुनाइ तालिमको प्रशिक्षकमा खगेन्द्र कुमार वली रहनु भएको थियो थियो भने तालिमको सहजिकरण उद्यमविकास सहजकर्ता सिता खड्काले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष विरबहादुर वलीले सिप सिकि सकेपछि व्यवसायिकरुमा लाग्न सहभागीहरुलाई सुझाव दिनुभयो ।

साथै यस्ता खालका सिप विकास तलिम लिई सकेपछि आफुले सिकेको सिप, अन्य सिप विहिन बसेका व्यक्तिहरुलाई सिकाउन समेत आग्रह समेत गर्नुभयो । यो तालिम आफुहरुको लागी अत्यन्त राम्रो भएको हुदा यसले बजार पाएमा र कसैले मुडाको माग गरेमा आफुहरुले मुडा बुनी उपब्ध गराउन सक्ने बताएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

Array