Ad image

थवाङ गाउँपालिकाकाे बिभिन्न स्थानमा अवैध रुपमा गरिएको अफिम खेती नष्ट

मालश्री खबर
मालश्री खबर १७ बैशाख २०८०, आईतवार
2 Min Read
Aa

भरत बिश्वकर्मा/मालश्री खबर बैशाख १७ गते, रोल्पा ।
रोल्पाको थवाङ गाउँपालिकामा अवैध रुपमा गरिएको अफिम खेती जिल्ला प्रहरी कार्यालय रोल्पाको नेतृत्वमा नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाले थवाङ गाउँपालिकाको विभिन्न क्षेत्रमा अफिम खेती गरेको भन्ने सूचनाका आधारमा प्रहरी निरीक्षक प्रकाश भुसालको नेतृत्वमा ३० जना प्रहरीको टोली खटाई वैशाख १३ गते देखि वैशाख १६ गते सम्म ठूलो परिमाणमा अवैध लागूपदार्थ अफिम खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।


थवाङ गाउँपालिका वडा नम्बर ४ जुत्तर, भङरङमा वैशाख १३ गते ३० रोपनी क्षेत्रफलमा करिब चालिस हजार बोट, वैशाख १४ गते तेलखोला तल्लो क्षेत्रमा रहेको २ सय रोपनी क्षेत्रफलमा फैलिएको करिब ३ लाख त्याइस हजार छ सय बोट, वैशाख १५ गते तेलखोला माथिल्लो क्षेत्रमा ५० रोपनी क्षेत्रफलमा फैलिएको करिब १ लाख २५ हजार बोट र वैशाख १६ गते थवाङ गाउँपालिकाको वडा नम्बर ५ ठुलो गाउँ र बान्नेखर्क क्षेत्रमा ४० रोपनी क्षेत्रफलमा फैलिएको करिब २४ सय बोट अफिम फडानी गरिएको जिल्ला प्रहरी कार्यलय रोल्पाका सुचना अधिकारी प्रहरी निरीक्षक प्रकाश भुसालले रडियो मालश्री र मालश्री खबरलाई जानकारी दिनुभएको छ ।

हाल सम्म उत्त अफिम खेती गर्ने व्यत्ति तथा जग्गाधनीको पहिचान हुन नसकेको प्रहरी बताएको छ यसरीअबैध रुपमा लागूपदार्थ अफिम खेती गर्नेलाई अनुशन्धान पश्चात पत्ता लागेमा उत्त खेती गर्ने व्यत्ति तथा जग्गाको जग्गाधनीलाई औषधी नियन्त्रण ऐन, २०३३ को दफा १४, उपदफा (१) को देहाय (च) ले लागु औषध अफिमको अवैध खेती गरेको २५ बोट सम्म खेती गर्नेलाई एक बर्ष देखि ३ बर्षसम्म कैद र ५ हजार देखि २५ हजार देखि २ लाख सम्म जरिवाना गर्ने कानुनी व्यवस्था भएको र दफा २५ मा आफ्नो घर, जग्गा वा सवारीमा निषेध गरिएको काम गर्न अनुमति दिनेलाई सजायको व्यवस्था गरेको र त्यस्तो घर, जग्गा वा सवारी समेत जफत हुन सक्ने कानुनी व्यवस्था भएको सुचना अधिकारी प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिनुभएको छ ।

 

- Advertisement -
Ad image

 

प्रतिक्रिया दिनुहोस्

Array