Ad image

स्थानीय पाठ्यक्रम निर्माण समितिको वैठक सुलिचौरमा सम्पन्न

मालश्री खबर
मालश्री खबर १३ बैशाख २०८०, बुधबार
1 Min Read
Aa

मालश्री खबर बैशाख १३ गते, रोल्पा ।
सुनिलस्मृति गाउँपालिकामा स्थानीय पाठ्यक्रम निर्माण समितिको वैठक मंगलबार सुलिचौरमा सम्पन्न भएको छ । सुनिलस्मृती गाउँपालिका अध्यक्ष तथा स्थानीय पाठ्यक्रम समितिका संयोजक मणिराम वुढाथोकीको अध्यक्षता गाँउपालिकाको सभाहलमा बैठक सम्पन्न भएको गाँउपालिकाले जानकारी दिएको छ ।


बैठकमा पाठ्यक्रम निर्माण समितिका पदाधिकारीहरुको उपस्थिति रहेको बताइएको छ । बैठकले स्थानीय पाठ्यक्रम निर्माण विषयगत समिति र उप समितिले गरेको विषयगत क्षेत्रको संकलन र एकीकृत गरेको विषयलाई केही परिमार्जन गरी अन्तिम स्वरुप तयार गर्न विज्ञ डा. हरि प्रसाद पोख्रेल समक्ष पेश गर्ने निर्णय गरेको गाँउपालिका शिक्षा, युवा तथा खेलकुद विकास शाखामा कार्यरत प्राबिधिक साहेक देवराज घर्तीले बताउनु भएको छ ।

स्थानीय पाठ्यक्रम निर्माण समितिको वैठक गाँउपालिका उपाध्यक्ष मिना थापा, प्रमुख प्रसासकिय अधिकृत दिनेश पौडेल, वडा न. ६ का वडा अध्यक्ष लोकेन्द्र बहादुर थापा, गाँउपालिका शिक्षा शाखा प्रमुख यादव केसि, गाँउपालिका पुर्ब शिक्षा प्रमुख केबराज पोख्रेल आदि लगाएको उपस्थिती रहेको थियो ।

सुनिलस्मृती गाँउपालिका र स्ट्रोम फाउन्डेसनको सहयोगमा सहास नेपालद्धारा सञ्चालित (सिड्स) परियोजना अन्तरर्गत पाठ्यक्रम निर्माण कार्य भैइरहेको सिड्स परियोजनाका जिल्ला कार्यक्रम संयोजक सरोज पन्थीले जानकारी दिनु भयो ।

- Advertisement -
Ad image

 

प्रतिक्रिया दिनुहोस्

Array