Ad image

बालकल्यण नमुना मा.बीमा पालिका स्तरिय परिक्षामा प्रथम, द्धतिय र तृतिय हुने विद्यार्थीलाई नि.शुल्क आबासिय सहितको शिक्षाको व्यबस्था

मालश्री खबर
मालश्री खबर १२ बैशाख २०८०, मंगलवार
2 Min Read
Aa

मालश्री खबर बैशाख १२ गते, रोल्पा ।

रोल्पा जिल्ला भित्रका स्थानिय तहमा कक्षा ८ को पालिका स्तरिय बार्षिक परिक्षामा प्रथम, द्धतिय र तृतिय हुने विद्यार्थीहरुलाई बालकल्यण नमुना माद्यमिक विद्यालयले नि.शुल्क आबासिय सहितको शिक्षाको व्यबस्था गरेको बलकल्याण नमुना मध्यामिक बिद्यालय विद्यालय व्यबस्थापन समितिका अध्यक्ष जितबहादुर डाँगीले बताउनु भएको छ ।
रेडियो मालश्री संबाद कार्यक्रममा गणेश केसी संगको कुराकानीमा रोल्पा नगरपालिका २ लिबाङमा रहेको बालकल्याण नमुना मध्यामिक बिद्यालयमा उक्त व्यवस्था गरिएको उहाँले बताउनुभएको हो ।


कोरोनाको कहर भन्दा १ बर्ष पहिलेबाट नि.शुल्क आबासिय सहितको शिक्षाको व्यबस्था गरेको र कोरोना कहर भन्दा पहिले हरेक पालिकाबाट १÷१ जना गरी जम्मा १० जना बिद्यार्थी अध्ययनका लागी आएको बताउनुभएको छ । नि.शुल्क आबसिय शिक्षाको लागी विद्यार्थीहरुलाई पठाएर सहयोग गरिदिन स्थानिय सरकार र अभिभावकलाई अनुरोध गर्नु भएको छ ।

कक्षा ६ देखी कक्षा ९ सम्मका २ बिषयमा अनुतिर्ण भएका विद्यार्थिहरुले पुरक दिन पाउने व्यवस्था गरिएको छ । शैक्षिक शत्र सुरु भए संगै विद्यालयको भर्ना अभियान चलिरहेको छ । अङ्ग्रेजी मिडियममा पढाई सञ्चालन गरेपछि नेपाली बिषयमा विद्यार्थी कमजोर भए भन्ने प्रश्नमा अध्यक्ष डाँगीले सबै बिषयमा एकरुपता ल्याउनको लागी अग्रजी प्रथामिकतामा परेको हुन सक्ने बताउनुभयो ।

- Advertisement -
Ad image

विद्यालयको गुणस्तरलाई अभिबृद्धि गराउनका लागी एक विद्यार्थी एक अभिभावक लाई अनिवार्य रुपमा विद्यालयमा उपस्थित गराएर व्यापक रुपमा छलफल गरि अभिभावकको सुझावका आधारमा आर्थिक बर्ष २०८०÷०८१ को लागी विद्यालयको पठनपाठन क्रियाकलापलाई अगाडी बढाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो ।

यस विद्यालयले गरिब, जेहेनदार, दलित, विपन्न समुदायको विद्यार्थीको लागी निःशुल्क आवासिय शिक्षा प्रदान गर्न लागेको पनी बताउनुभयो । विद्यालयमा अपाङ्गता भएका, दृस्तीविहिन, सुस्त सर्वन भएका विद्यार्थीका लागी पनि छुट्टै खालको आवासिय सहितको व्यवस्था गरिएको र उक्त कक्षामा जुन ठाउँबाट भर्ना भएर अध्ययन गर्न आउने विद्यार्थीलाई निःशुल्क नै रहने कुरा व्यक्त गर्नुभएको थियो ।
विद्यालयको विकासमा स्थानिय सरकार बाट अपेक्षा अनुसारको सहयोग नभएको कुरा व्यक्त गर्नुभएको थियो ।

अबको शैक्षिक शत्रमा कमजोर विद्यार्थीलाई छुट्टै कक्षाकोठाको व्यवस्था गरेर पठनपाठन सञ्चालन गर्ने तयारी गरिरहेको, र विद्यार्थीको क्षमताको छनोट भई पठनपाठन सञ्चालन गर्न सहज हुने बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array