Ad image

अर्कैको फेसबुक प्रयोग गरि अश्लील कार्य गर्ने रोल्पाका ओमप्रकाश पक्राउ

मालश्री खबर
मालश्री खबर ८ बैशाख २०८०, शुक्रबार
1 Min Read
Aa

गणेश केसी
अर्कैको फेसबुक प्रयोग गरि अश्लील कार्य गरेको भन्दै ओमप्रकाश महरा पक्राउ परेका छन । रोल्पा सुनिलस्मृति गाउँपालिका वडा नं. ५ निवासी महरा पक्राउ परेका हुन । प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो भोटाहिटी, काठमाडौमा एक युवतीले निवेदन दिए पछि प्रहरीले छानविन थालेको थियो ।

एक युवतीले प्रयोग गर्दै आइरहेको मोबाईल हराएको र उक्त हराएको मोवाईलमा विभिन्न सामाजिक संजालका प्रोफाइलहरू लगइन अवस्थामै रहेको ति युवतीले निवेदनमा उल्लेख गरेकी थिइन । मोवाईल हराएको केही दिन पश्चात् युवातीको प्रोफाइलमा भएका तस्विरहरूमा अश्लील शब्दहरू राखी महराले अपलोड गरेको प्रहरीले बताएको छ ।

पक्राउ परेका युवकले साही प्रोफाइलबाट युवतीका सहोदर दाजुलाई समेत अपरिचित महिला–पुरुषको यौनजन्य भिडियो पठाएको युवतीको भनाई छ । यसले गर्दा आफ्नो मान–प्रतिष्ठा तथा चरित्रहत्या गरेकोले निजको पहिचान गरी कानुन बमोजिम कारबाही गरी पाउ भन्दै उनले ब्यूरोमा निवेदन दिएकी थिइन् ।

निवेदन माथिको प्राविधिक विश्लेषण तथा अनुसन्धान र ह्युमन ईन्टेलिजेन्सको माध्यमद्वारा उक्त कार्य २२ वर्षका महराले गरेको खुलेको साइबर ब्यूरोले जानकारी दिएको छ । उनलाई बैशाक ४ गते रोल्पाबाट पक्राउ गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा यहि बैशाक ५ गते जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी पशुपति कुमार रायले जानकारी दिनु भएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array