Ad image

बालकल्याण माबि लिबाङले ग¥र्यो, शैक्षिकसत्र २०८० को लागी सुझाब संकलन

मालश्री खबर
मालश्री खबर ४ बैशाख २०८०, सोमबार
2 Min Read
Aa

मालश्री खबर बैशाख ३ गते, रोल्पा ।
बालकल्याण नमुना माध्यमिक विद्यालय लिवाङ रोल्पाले शैक्षिकसत्र २०८० को पहिलो दिन बैशाख ३ गते, विद्यालय विकास तथा शैक्षिक गुणस्तर अभिबृद्धी सम्बन्धमा शैक्षिक सरोकार राख्ने बुद्धिजिवि, शैक्षिक ब्यक्तित्व , शिक्षा तथा सामाजिक अभियन्ताहरुसग शैक्षिक अन्तरक्रिया तथा सुझाव संकलन कार्य सम्पन्न गरेको छ । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष जित बहादुर डागीको अध्यक्षता, रोल्पा नगरपालिकाका नगरप्रमुख सुरेन्द्र थापा घर्तिको प्रमुख आथित्यता सुझाव संकलन कार्य सम्पन्न गरेको बिद्यालय प्रसासनले जानकारी दिएको छ ।

विद्यालयका प्रधानाध्यापक मधुसुदन पोख्रेलको स्वागत मन्तव्यद्धारा सुझाव संकलन कार्यक्रममा सहभागिहरुलाई स्वागत गर्नुको साथै कार्यक्रमको उद्देश्य–औचित्य माथी प्रस्त पानु भएको थियो । कार्यक्रममा रोल्पा नगरपालिका वडा नम्बर १, २, ४ र १० का वडा अध्यक्षहरु क्रमशः खुम बहादुर थापा, प्रकाश डागी, मित्रलाल गुरुङ र मोतिलाल डागी , पत्रकार महासंघ रोल्पाका सभापति नवीन लोचन मगर, पत्रकार महासंघ रोल्पाका सस्थापक सभापति काशीराम डागी, पत्रकार महासंघ रोल्पाका पुर्व सभापति एवं सामाजिक अभियन्ता खेम बुढा मगर,स्थानीय बुद्धिजीवी तथा सामाजिक अभियन्ता कुल बहादुर डागी, शिक्षाजिवी तथा शैक्षिक ब्यक्तित्व भोलानाथ आचार्य, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा अभिभावक मोलङ घर्ती , पुर्व विद्यार्थी मन्चका अध्यक्ष खिम बहादुर घर्ती , बि.ब्य.स. का पुर्व अध्यक्ष निमबहादुर सिंह र निवर्तमान अध्यक्ष महेशकुमार शर्माले विद्यालयको शैक्षिक ,भौतिक , ब्यबस्थापकीय सवालमा विभिन्न महत्वपुर्ण सल्लाह सुझाव दिनुभएको थियो ।

जसलाई , विद्यालय ब्यबस्थापन समितिका निवर्तमान अध्यक्ष तथा सामुदायिक विद्यालय ब्यबस्थापन समिती लुम्बिनी प्रदेशका सचिव महेशकुमार शर्मा र विद्यालयका शिक्षक लीलामणि आचार्यले प्राथमिकिकरणगरी अल्पकालीन ,मध्यकालीन र दीर्घकालीन रुपमा हल गर्न सकिने रिपोर्ट सहित अभिलेखिकरण गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक लेखमणी खड्काले गर्नुभएको थियो ।

- Advertisement -
Ad image

 

प्रतिक्रिया दिनुहोस्

Array