Ad image

शिक्षा सम्वन्धि सर्वपक्षीय छलफल तथा अन्तरकृया गंगादेवमा सम्पन्न

मालश्री खबर
मालश्री खबर २७ चैत्र २०७९, सोमबार
5 Min Read
Aa

हिमाली खड्का
गाउँपालिका भित्रको शिक्षा सम्वन्धि सर्वपक्षीय छलफल तथा अन्तरक्रिया कार्यक्रम गंगादेव गाउँपालिकामा सम्पन्न भएको छ । गंगादेव गाउँपालिकाका अध्यक्ष हरिवहादुर पुनको अध्यक्षतामा गंगादेव गाउँपालिकाको सुखाओडारमा एक कार्यक्रमका विच सम्पन्न भएको हो ।

कार्यक्रममा गंगादेव गाउँपालिकाका उपाध्यक्ष अमृता कुमारी के.सी, शिक्षा समन्वय इकाई रोल्पाका प्रमुख दुर्गाबहादुर खड्का, गंगादेव गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष अमृतबहादुर वली, वडा नं. २ का वडा अध्यक्ष अम्मर बहादुर खत्री, वडा नं. ३ का वडा अध्यक्ष लोकमान वली, वडा नं. ४ का वडा अध्यक्ष कृष्ण वली, वडा नं. ५ का वडा अध्यक्ष अमृत बहादुर वुढामगर, नेपाली काँग्रेस गंगादेव गाउँपालिकाका कार्यवहाक सभापती भिमबहादुर वली, नेकपा एमाले गंगादेव गाउँपालिकाका सचिव नविन वली, नेकपा माओबादि केन्द्र गंगादेव गाउँपालिकाका भरत के.सी, नेकपा एकीकृत समाजबादी पाटी गंगादेव गाउँपालिकाका कृष्ण डाँगी लगाएतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा कार्यपालिका सदस्य, वडा सदस्य, गंगादेव गाउँपालिकाको शिक्षा सम्वन्धी सरोकार वालाहरु, सम्पुर्ण पालिका भित्र रहेका राजनैतिक दल, शिक्षक महासघं, शिक्षकका पेशागत विभिन्न संघ संगठन, ३९ वटा विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, समाजसेवि, बुद्धिजिवी, पत्रकार, शिक्षा सम्वन्धी चासो राख्ने विभिन्न व्यक्ति लगाएतको उपस्थीती रहेको थियो ।

 

- Advertisement -
Ad image

गंगादेव गाउँपालिकामा शिक्षा सुधारको लागी सल्लाह सुझाव लिनु नै कार्यक्रमका मुख्य उद्श्य रहेको थियो । कार्यक्रममा उपस्थीत सहभागी हरुबाट उठेका विभिन्न प्रश्न तथा जिज्ञासाको जवाफ सम्बन्धीत पक्षले दिएका थिए भने गंगादेव गाउँपालिकाको शिक्षा सम्वन्धि प्रतिवेदन गाउँपालिकाका शिक्षा प्रमुख अगंबहादुर वलीले प्रस्तुत गर्नुभएको थियो । शिक्षामा आएको बेरुजु हाल सम्म शिक्षामा भएको खर्चको प्रतिवेदन लेखा शाखाका प्रेम खत्रीले प्रस्तुत गर्नुभएको थियो ।

आजको वृहत्त छलफल तथा अन्तरक्रिया कार्यक्रममा गंगादेव गाउपालिकाका अध्यक्ष हरिबहादुर पुनले नया वर्ष २०८० सालको शुभकामना व्यक्त गर्दै सहभागी बाट उठेका प्रश्न तथा जिज्ञासाको जवाफ दिनुभएको हो । कार्यक्रममा उपस्थीत सहभागीबाट आएको विद्यालय मर्ज सम्वन्धि जिज्ञासामा यो हल्ला भएको र गंगादेव गाउँपालिकाका कुनै पनि विद्याल मर्ज नहुने बताउनु भयो । यसरी हल्लाको पछि नलाग्न गंगादेव बासीलाई आग्रह समेत गर्दै गाउँपालिकाले कुनै निर्णयनै नगर्दैै सामाजिक सञ्जाल भरी विभिन्न खाले टिकाटिप्पणी गर्नु अत्यन्त गलत नियत भएको बताउनुभयो ।

साथै गंगादेव गाउँपालिका ३९ वटै विद्यालयका शिक्षकहरुलाई आ–आफ्नो विद्यालय सुधारको लागी लाग्न आग्रह गर्नुभयो । उहाँले भन्नु भयो हामी प्रत्यक विद्यालयमा गएर विद्यालयको सम्पुर्ण डाटा लिएर तपाईको हात–हातमा दिएका छौ, तपाईको विद्यालयको डाटा कस्तो छ तपाई एकपटक आफै नियाल्नुहोस र मलाई जवाफ दिनुहोस । यसैगरी गंगादेव गाउँपालिकाको शिक्षा र स्वास्थ्यमा सुधार नगरुञ्जेल सम्म गंगादेव कहिल्यै नसुध्रिने समेत बताउनु भयो । गंगादेव गाउँपालिकाका कुनै विद्यालयमा आवश्यक्ता भन्दा धेरै शिक्षक र कुनै विद्यालयमा आवश्यक्ता भन्दा थोरै शिक्षक भएको हुदा केहि कर्मचारी मिलान गर्नैपर्ने अवस्था भएको प्रतिक्रिया दिनुभयो । बेरुजुकै विषयमा यो सैदान्तीक बेरुजु भनिएपनी बेरुजु आउनु भनेको यो अत्यन्त दुखद भएको बताउनु भयो । उहाँले भन्नु भयो, गएको सरकारले गंगादेव गाउँपालिकामा राम्रो काम गरेको भए आज क्रिपालमुनी बसि यसरी कार्यक्रम सञ्चालन गर्नुपर्दैनथ्यो । त्यसकारण बेरुजु कम गर्न सबैको साथ सहयोगको आवश्यक्ता पर्ने बताउनु भयो ।

 

त्यसैगरी शिक्षा समन्वय इकाई रोल्पाका प्रमुख दुर्गा बहादुर खड्काले बेरुजु जनसुकै होस तर बेरुजु आउनु राम्रो नभएको बताउनु भयो । साथै शिक्षक दरबन्दी मिलान गर्नैपर्ने समेत बताउनु भयो । साथै बेरुजुकै विषयमा शिक्षा समन्वय इकाइ मार्फत विरेन्द्र मावि नाउली र गंगा मा.वि चौताराडाडामा भवनको बेरुजु भएको हुदा तत्काल यो समस्या अन्त्य गर्न आग्रह समेत गर्नुभयो । त्यस्तै गंगादेवका रोल्पाकै तलुनामा गंगादेवका विद्यार्थीहरुले विपन्न छात्रवृत्तीको र्फम नभरेको हुदा सम्पुर्ण विद्यालयका शिक्षकलाई विद्यार्थीहरुलाई जानकारी गराइदिनुहुन आग्रह समेत गर्नुभयो ।

आजको छलफलबाट गंगादेव गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयका प्रधानाध्यापकm विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, राजनैतिक दलका प्रतिनिधि, गंगादेव गाउँपालिका अन्तरगतका विभिन्न शिक्षक सघं संगठनका प्रतिनिधि लगायत शिक्षा सम्बन्धि सरोकार वालाहरु संग सुझाव संकलन गर्ने निणर्य गरियो । त्यसैगरी आजको शिक्षा सम्वन्धी सर्वपक्षीय छलफल बाट हरीबहादुर पुनको संयोजकत्वमा शिक्षा सम्वन्धि कार्यदल गठन समेत गरिएको छ गंगादेव गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता कष्ण वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक अमृत बहादुर घर्तिमगरले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array