Ad image

जनता मावि बागमारा र नेरा नमूना मावि मौलाबोट बीचको बृहत छलफल सम्पन्न

मालश्री खबर
मालश्री खबर २६ चैत्र २०७९, आईतवार
5 Min Read
Aa

सुर्य प्रकाश बुढामगर / मालश्री खबर चैत २६ गते, रोल्पा ।
श्री जनता माध्यमिक विद्यालय परिवर्तन गाउँपालिका वडा न. ३ इरिबाङ बागमारा र श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय थप प्राविधिक तथा व्यावसायिक विद्यालय परिवर्तन गाउँपालिका–५ राङकोट मौलाबोट बिच सहमति सम्बन्धमा बृहत छलफल सम्पन्न भएको छ । दुबै विद्यालयका जिम्मेवार व्यक्तिहरुको उपस्थितिमा शनिबार परिवर्तन गाउँपालिकामा छलफल गरिएको बताइएको छ ।

नेरा नमूना मावि थप प्राविधिक तथा व्यावसायिक विद्यालय परिवर्तन गाउँपालिका वडा न ५ राङकोट मौलाबोटले आफ्नो शाखा परिवर्तन गाउँपालिका वडा न. ३ जनता मावि इरिबाङ बागमाराको क्षेत्रभित्र पर्ने बागमाराकै भैंसीकोटमा प्राविधिक शिक्षाको अध्ययनका लागि र कलेज सञ्चालन गर्ने भनेर शाखा स्थापना गरेको थियो । उक्त शाखा विद्यालय नेरा नमूना माविले प्राविधिक धारको पढाई सँगै साधारण कक्षा शिशु देखि कक्षा १० सम्म सञ्चालन गरेपछि नजिकैको विद्यालय जनता मावि इरिबाङ बागमाराको विद्यालयलाई विद्यार्थीको संख्या घट्न थालेपछी २०७६ देखि दुबै विद्यालयको विवाद चुलिएको हो । तर भौगोलिक दुरीको हिसाबले हेर्ने हो भने यी दुई माध्यमिक विद्यालयको बीचको दुरी जम्मा एक किलोमिटर जतिको फरक दुरी रहेको देखिन्छ । करिब चार बर्षसम्म आइपुग्दा यी दुई माध्यमिक विद्यालयको विवादको बिषय उग्र भएको देखिन्छ ।

धेरै पटक छलफल र बहस गर्दा पनि छलफलको निचोडमा नपुगेको देखिन्छ । धेरै पटक बिरोध,संघर्षरत र संवादका विषयहरु पनि नभएका होइन तर हिजोको छलफलले चाहिँ एउटा सहमतिको बिन्दुमा र बहसको निचोडमा दुबै माध्यमिक विद्यालयलाई पु¥याएको छ । परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढामगरको अध्यक्षतामा भएको श्री जनता माध्यमिक विद्यालय परिवर्तन गाउँपालिका वडा न. ३ इरिबाङ बागमारा र श्री नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालय थप प्राविधिक तथा व्यावसायिक विद्यालय परिवर्तन गाउँपालिका वडा न. ५ राङकोट मौलाबोट बीच भएको विवाद सम्बन्धमा दुई विद्यालयका जिम्मेवार व्यक्तिहरु बीच दुई पक्षीय बैठक बसी निचोडमा पुगेका हुन ।

- Advertisement -
Ad image

परिवर्तन गाउँपालिकाको तर्फबाट छलफलमा परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढामगर, परिवर्तन गाउँपालिकाका उपाध्यक्ष कलादेवी खत्रेनी, परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम जि.एम, परिवर्तन गाउँपालिकाका प्रवक्ता तथा २ का वडा अध्यक्ष हरिप्रसाद बुढामगर, परिवर्तन गाउँपालिकाका निवर्तमान निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा लेखा अधिकृत ध्रुबराज न्यौपाने, परिवर्तन गाउँपालिकाका शिक्षा शाखा प्रमुख बालाराम वली, नेपाल शिक्षक महासंघ रोल्पाका अध्यक्ष भिम प्रकाश पुनमगर, नेपाल शिक्षक महासंघ परिवर्तन गाउँपालिकाका अध्यक्ष मनप्रसाद पुनमगर लगायत रहनु भएको थियो भने दुई विद्यालयको तर्फबाट जनता मावि बागमाराका प्रधानाध्यापक जय कुमार बुढा, नेरा नमूना मावि मौलाबोटका प्रधानाध्यापक गोपाल बहादुर केसी, जनता मावि बागमाराका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर खत्री, नेरा नमूना मावि मौलाबोटका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गण बहादुर बुढा, नेरा नमूना मावि मौलाबोटका शिक्षक कृष्ण बहादुर बुढा,नेरा नमूना मावि मौलाबोटका शिक्षक अभिभावक संघका अरुण कुमार घर्ती मगर, जनता मावि बागमाराका विद्यालय व्यवस्थापन समितिका अमित बुढा मगर, जनता मावि बागमाराका निवर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष कल्पना बिष्ट, जनता मावि बागमाराका भूतपूर्व विद्यालय व्यवस्थापन समितिका जयन्द्र विक्रम केसी, जनता मावि बागमाराका भूतपूर्व विद्यालय व्यवस्थापन समितिका खुम रिजाल, जनता मावि बागमाराका विद्यालय व्यवस्थापन समितिका वीर बहादुर केसी, जनता मावि बागमाराका अभिभावक रुप बहादुर केसी, नेरा नमूना मावि मौलाबोटका संघर्षरत व्यक्ति विक्रम परियार, नेरा नमूना मावि मौलाबोटका भिम प्रसाद राणा मगर, नेरा नमूना मावि मौलाबोटका मन बहादुर विक, जनता मावि बागमाराका हरिप्रसाद केसी, नेरा नमूना मावि मौलाबोटका मुस्कान राणा मगर, जनता मावि बागमाराका पूर्ण बहादुर बुढा, जनता मावि बागमाराका खर्क बहादुर घर्ती, जनता मावि बागमाराका मन बहादुर केसी र जनता मावि बागमाराका गोविन्द बुढा लगायतको छलफल सहभागिता रहेको थियो ।

छलफल गर्दा रोल्पा जिल्ला परिवर्तन गाउँपालिका अन्तर्गत रहेका विद्यालय श्री जनता माध्यमिक विद्यालय परिवर्तन गाउँपालिका वडा न. ३ इरिबाङ बागमारा र श्री नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालय थप प्राविधिक तथा व्यावसायिक विद्यालय परिवर्तन गाउँपालिका वडा न. ५ राङकोट मौलाबोट बीच दुबै पक्षसँग परिवर्तन गाउँपालिकाले छलफल समेत गरेको छ । जसमा नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालय थप प्राविधिक तथा व्यावसायिक विद्यालय परिवर्तन गाउँपालिका वडा न. ५ राङकोट मौलाबोटले शैक्षिक सत्र २०८० देखि शाखा विस्तारको रूपमा सञ्चालनमा रहेको भैंसीकोटमा कुनै पनि कक्षामा भर्ना लिन नपाउने र शैक्षिक सत्र २०८३ सम्म पूर्ण रूपमा साधारण स्तरको पठनपाठन कक्षा शिशु देखि कक्षा १० सम्म बन्द गरेर नेपाल राष्ट्रिय नमूना मावि थप प्राविधिक तथा व्यावसायिक विद्यालय परिवर्तन गाउँपालिका वडा न. ५ राङकोट मौलाबोटमा फर्कनुपर्ने निर्णय समेत गरिएको जनता मावि बागमाराका शिक्षक मन प्रसाद पुन मगरले जानकारी दिनु भएको छ ।

त्यसका लागि गाउँपालिकाको स्थानीय सरकारले आउँदो आर्थिक बर्ष २०८०/०८१ देखि आर्थिक बर्ष २०८१/०८२ सम्म यातायात सञ्चालनको लागि पुरानो बाटोको स्तर उन्नति गर्ने निर्णय छलफल भएर पारित समेत भएको बताइएको छ । साथै दुबै माध्यमिक विद्यालयले यो सहमतिको अवज्ञा गरेमा गाउँपालिकाबाट प्रदान गरिने अनुदान तथा निकासा रकमहरु रोक्नुपर्ने छलफलले निर्णय गरेको समेत बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array