Ad image

लिबाङमा ब्यवसायिक मेला नगर्न भन्दै रोल्पा उद्योग वाणिज्य संघको विज्ञप्ती सार्वजनिक

मालश्री खबर
मालश्री खबर २३ चैत्र २०७९, बिहीबार
1 Min Read
Aa
smart

गणेश केसी
जिल्ला सदरमुकाम लिबाङमा व्यवसायिक प्रकृतिका सामग्रीहरु राखी महोत्सव सञ्चालन नगर्न भन्दै रोल्पा उद्योग वाणिज्य संघले प्रेश विज्ञप्ती सार्वजनिक गरेको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति रोल्पाले लिबाङ बजारस्थित व्यवसायीहरुसँग कुनै छलफल नगरी ब्यवसायिम मेला लगाउन लागेको भन्दै विरोध स्वरुप विज्ञप्ति सार्वजनिक गरेको हो ।

रोल्पा नगरपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालय रोल्पाबाट सहमति प्राप्त गरी यहि चैत्र ३० गतेदेखि २०८० साल वैशाख ९ गते सम्म महोत्सवको आयोजना गरिदै छ । महोत्सवका लागि स्टल निमार्णको काम धमाधम भइरहेको छ । कृषि, संस्कृति र संस्कारको पहिचान कृषि, पर्यटन र स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने महोत्सवको उदेश्य भए पनि जिल्ला बाहिरका सयौँ ब्यापारिहरुका लागि ब्यापारिक स्टल निमार्ण गरि ब्यवसायिक महोत्सव लगाउन लागिएको भन्दै रोल्पा उद्योग वाणिज्य संघले विरोध जनाएको छ ।

रोल्पा जिल्लामा उत्पादित कृषिजन्य उत्पादनको बजारीकरण गर्न, जिल्लामा पर्यटन प्रवर्द्धन गर्न र यहाँका कला सँस्कृतिहरुलाई संरक्षण गर्ने महोत्सवमा रोल्पा उद्योग वाणिज्य संघको सकारात्मक धारणा रहे पनि कृषि, पर्यटन र कला संस्कतिको संरक्षण गर्ने निहुमा ब्यवसायिक मेला संचालन गर्न लागिएकाले त्यसो नगर्न रोल्पा उद्योग वाणिज्य संघले ध्यानाकर्षण गराएको हो । रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष केशवकुमार आचार्यद्वारा हस्ताक्षेरित विज्ञप्तिमा स्थानिय ब्यापार, ब्यवसायलाई नै असर पर्ने गरि ब्यवसायिक मेला नगर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array