Ad image

पोबाङमा ‘पोबाङ ग्रामीण आँखा केन्द्र’ सञ्चालन

मालश्री खबर
मालश्री खबर २० चैत्र २०७९, सोमबार
2 Min Read
Aa

उमा बस्नेत / मालश्री खबर चैत २० गते, रोल्पा ।

सुनछहरी गाँपालिकाको कार्यालय पोवाङमा पोबाङ ग्रामीण आँखा केन्द्रको एक कार्यक्रमका बीच उद्घाटन गरीएको छ । तिलगंगा आँखा प्रतिष्ठान काठमाडांै, जिल्ला सामुदायिक आँखा केन्द्र रोल्पा र सुनछहरी गाउँपालिकाको सहकार्यमा आईतबार उक्त आँखा केन्द्रको उद्घाटन गरीएको हो । आईतबारबाटै आँखा सम्बन्धी दैनिक सेवा सुरु गरीएको जिल्ला सामुदायिक आँखा केन्द्र रोल्पाका संस्थापक अध्यक्ष नौलसिङ पुनमगरले जनकारी दिनु भएको छ ।

पोबाङमा सञ्चालन गरीएको उक्त आँखा केन्द्रले पूर्वी रोल्पाका धेरै जनसमुदायलाई कोशेढुङ्गा सावित हुने पुनको अपेक्षा रहेको छ । गाउँघरमा सामान्य आँखा चेकजाँच र परामर्शको अभावमा समयमै उपचार नगरी अन्धोपन हुने समस्यालाई मध्यनजर गर्दै ग्रामीण आँखा केन्द्र सन्चालनमा ल्याइएको गाँउपालिकाले जनाएको छ । उद्घाटनको दिन केन्द्रले निःशुल्क चेकजाँच साथै औषधि वितरण गरेको छ ।

- Advertisement -
Ad image

पहिलो दिन ४५ जना पुरुष र ५३ जना महिलाले आँखा जाँच गराएका छन् । त्यस मध्ये ५ जनालाई मोतियाविन्दुको अप्रेशन गर्नुपर्ने देखिएको छ । अन्य ४५ जनालाई चश्मा लगाउन आबश्यक देखिएको र ५६ जनालाई औषधि वितरण गरिएको छ । उक्त केन्द्रबाट आगामी १५ दिन सम्म निःशुल्क आँखाको चेकजाँच सेवा उपलब्ध बताईएको छ । औषधि र चश्माको शुल्क लाग्ने पोबाङ ग्रामीण आँखा केन्द्रले जानकारी दिएको छ ।

सुनछहरी गाँउपालिकाका अध्यक्ष धन बहादुर पुनमगरका अनुसार पोबाङ ग्रामीण आँखा केन्द्र संचालनका लागि द फ्रेड हलोज फाउण्डेशनको सहयोग नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौको सहकार्यमा करिव २० लाख बराबरको सामग्री उपलब्ध भएको र एक बर्षका लागि केन्द्रमा आवश्यक जनशक्तिको पारिश्रमिक समेत प्रष्ठिानले नै व्यवस्था गरेको त्यस पश्चात पुर्णरुपमा गाँउपालिकाले केन्द्रकोे संचालन गर्ने छ ।

 

पोबाङ ग्राँमीण आँखा उपचार केन्द्रमा आँखाको चेकजाँच चश्मा वितरण तथा सामान्य सल्यक्रियाका साथै आँखाको लागि प्रयोग गरिने औषधि उपलब्ध हुने केन्द्रका नेत्र सहायक सचिता भण्डारीले जानकारी जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array