Ad image

पत्रकार सम्मेलन मार्फत कृषि पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव २०७९/८० को बारेमा जानकारी 

मालश्री खबर
मालश्री खबर १८ चैत्र २०७९, शनिबार
3 Min Read
Aa

भरत विश्वकर्मा
मालश्री खबर चैत १८ गते, रोल्पा ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति रोल्पाको पत्रकार सम्मेलन गरेको छ । जिल्ला कार्यसमिति रोल्पाले शनिबार लिवाङमा उत्त पत्रकार सम्मेलन गरेको हो । पत्रकार सम्मेलन कार्यक्रमबाट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्थान जिल्ला कार्यसमिति रोल्पाले “कला, संस्कृति र संस्कार हाम्रो पहिचान, कृषि पर्यटन र स्थानिय उत्पादनको प्रवद्र्धन हाम्रो अभियान” भन्ने मुल नाराका साथ आयोजना गरेको २०७९ साल चैत्र ३० गते देखि २०८० साल वैशाख ९ गतेसम्म रोल्पा लिवाङको टुडिखेलमा लाग्ने महोत्सवलाई कसरी व्यवस्थित, मर्याधित एवं शान्त वातावरणमा सम्पन्न गर्न सकिन्छ भनि रोल्पा जिल्ला स्थित विभिन्न मिडियामा आवद्ध पत्रकारहरु सँग विशेष अन्तरक्रिया कार्यक्रम भएको थियो ।

 

कार्यक्रममा रोल्पा जिल्लामा अवस्थित रहेका विभिन्न कला साँस्किृतिक, भेषभुषा रहनशहन रितिरिवाज यहाँ उत्पादन भएका विभिन्न वस्तुहरुलाइ कसरि बजारीकरण गर्न सकिन्छ, यहाँ भएका विभिन्न पर्यटकिय क्षेत्रलाई कसरि प्रचार–प्रसार गरि यहाँको आर्थिक पक्षसँग जोडने लगाएतका विभिद बिषयमा छलफल भएको थियो । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसति रोल्पाका अध्यक्ष तथा महोत्सव व्यवस्थापनको संयोजक दिपेन्द्र थापाले कृषि पर्यटन प्रवर्दन र साँस्कृतिक महोत्सव यसको मुख्य उदेश्य रहेको बताउनुभयो ।

- Advertisement -
Ad image

२०७९ साल चैत्र ३० गते देखि २०८० साल वैशाख ९ गतेसम्म करिव १० दिन सम्म लिवाङको टुडिखेलमा सञ्चालन हुने महोत्सवमा १०० देखि २०० वटा नविनतम प्रविधि जन्य उत्पादन तथा स्थानिय स्तरमा उत्पादित बस्तुहरु र कृषि पर्यटन महोत्सवको प्रमुख आर्कषण हुने बताउनुभयो । स्थानिय स्रोतको सदुपयोग गरि उत्पादन गरिएका बस्तुहरुको बजार व्यवस्थापन गर्न र उद्योगको अलवा कृषि, वन पैदावार, हस्तकला लगाएत पर्यटन औद्योगिक तथा व्यापारिक प्रतिष्ठान क्षेत्रका स्तथलहरुको व्यवस्था गरिने बताउनुभयो ।

साथै कार्यक्रममा स्थानिय तथा राष्ट्रिय स्तरको साँस्कृतिक कार्यक्रमहरु मेला अवधिभर ुसञ्चलन गरिने बताउनुभयो । नेपाललाई प्रमुख पर्यटकिय गन्तव्य राष्ट्रको रुपमा लिइरहेको परिपेक्षमा नेपालको मौलिक कला सँस्कृति र यहाँका मनमोहक प्राकृतिक सभ्यताहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनाउनका साथसाथै राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटन पर्वद्धन र राष्ट्रिय अर्थतन्त्र विकासमा यस महोत्सवको विशेष भुमिका रहने बताउनु भयो ।

साथै यस महोत्सवलाई सव्य र भव्य रुपमा सम्पन्न गर्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग र सहकार्य गर्न आग्रह समेत गर्नभएको छ । कार्यक्रमको उदेश्य एवं सस्थाको परिचयको बारेमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्थान जिल्ला कार्यसमिति रोल्पाका नि-वर्तानन अध्यक्ष एवं मेलाको सह–संयोजक मिलन रोका मगरले प्रस्ट पार्नु भएको थियो । उत्त कार्यक्रको सञ्चालन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिइष्ठान नेपाल जिल्ला कार्यसमिति रोल्पाका सचिव बिष्णु माझीले गर्नुभएको थियो ।

 

कार्यक्रमको अध्यक्षता राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमितिका अध्यक्ष तथा महोत्सव संयोजक दिपेन्द्र थापा रहनुभएको थियो । पत्रकार सम्मेलन कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नविन लोचन मगर, सस्थापक सभापति काशिराम डाँगी, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष खेम बुढा, नेपाल पत्रकार महासंघ रोल्पाका सचिव लोकेन्द्र चन्द लगाएत विभिन्न मिडिया क्षेत्रमा कार्यरत पत्रकारहरुको उपस्थित रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array