Ad image

गैसस महासंघ रोल्पाको छैठौं जिल्ला अधिवेशन सम्पन्न, देव बहादुर वलीको नेतृत्वमा नँया कार्यसमिती चयन

मालश्री खबर
मालश्री खबर १३ चैत्र २०७९, सोमबार
4 Min Read
Aa

भरत नेपाली / मालश्री खबर चैत्र १३ गते, रोल्पा ।
गैर सरकारी महासंघ नेपाल जिल्ला शाखा लिवाङ रोल्पाको जिल्ला नागरिक सम्मेलन तथा छैँठौ जिल्ला अधिवेशन लिवाङमा सम्पन्न भएको छ । गैर सरकारी महासंघ नेपाल जिल्ला शाखा रोल्पाका अध्यक्ष घनश्याम आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा गैर सरकारी महासंघका केन्द्रिय अध्यक्ष रामप्रसाद सुवेदी रहनु भएको थियो ।


कार्यक्रमको विशिष्ट अतिथि रोल्पा नगरपालिका उप–प्रमुख गिता आचार्य रहनु भएको थियो । साथै कार्यक्रमको अन्य अतिथिहरुमा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, प्रहरी नायब उपरिक्षक श्याम सारुमगर, गैर सरकारी महासंघ लुम्बिनी प्रदेश इन्चार्ज गोबिन्द प्रसाद रेग्मी, नेपाली कांग्रेस रोल्पाका पार्टी सभापति किशोर कुमार आचार्य, नेकपा एकिकृत समाजबादी पार्टीका केन्द्रिय सदस्य हरिप्रसाद घर्तिमगर, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नविन लोचन मगर, नेपाल पत्रकार महासंघ रोल्पाका सस्थापक सभापति काशीराम डागी, अध्यक्ष खेम बुढा, विभिन्न सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी, मानव अधिकारकर्मी, लगाएतको उपस्थित रहेको थियो । उक्त अधिवेशनबाट ११ सदस्य नँया कार्यसमिती चयन गरिएको आयोजकले जानकारी दिएको छ । जसको अध्यक्ष देव बहादुर वली, उपाध्यक्षमा सुभाद्रा रेग्मी , कोषाध्यक्षमा खिम बहादुर घर्तिमगर, सचिवमा ओम केसि, सह–सचिवमा रेखा सुनार, सदस्यहरुमा तेजराज आचार्य, चित्र बहादुर सेन, सुधा न्यौपाने, नरेन्द्र घर्ति , बिकास पुन, दिपक पुन लगाएतका सदस्यहरु चयन हुनुभएको आयोजकले जानकारी दिएको छ ।


कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथिका गैर सरकारी महासंघ नेपालका केन्दिय अध्यक्ष रामप्रसाद सुवेदीले राज्यले गैर सरकारी संस्था प्रति गर्ने व्यावहार र हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्ने बताउँनु भएको थियो । गैर सरकारी संघ सस्थाको कार्यलाई अगाडी बढाउँन सरकारले सहयोग र सहकार्य गर्न आवश्यक रहेको बताउनुभयो । यो गैर सरकारी संस्था राजनैतिक दल भन्दा ताढा रहि स्वच्छ रुपमा काम गरेको र आवश्यक पर्दा सहकार्य गरेर अगाडी बढीरहेको कुरा समेत व्यक्त गर्नुभएको थियो । संस्थामा आबद्ध सबै सकारात्मक सोचका साथ अगाडी बढ्नुपर्ने र अब अवस्था परिवर्तनमा जोड दिनुपर्ने कुरा व्यक्त गर्नुभयो । हामी जोकोही कहि न कतै गैर सरकारी संस्थामा आबद्ध भएको बताउँदै यो संस्था पैसा कमाउने माध्यको रुपमा स्थापना नभएको कुरा समेत प्रस्त पार्नुभयो । समाजमा दुःखमा परेकोलाई सहयोग र सरकारलाई खबरदारी गर्ने, विकास निर्माण कार्यमा भएको दिलासुष्टि आदिको बारेमा खबरदार गर्ने बताउँनुभयो । साथै नयाँ पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रमको बिशिष्ट अतिथिको रुपमा रहनु भएको रोल्पा नगरपालिका उपप्रमुख गिता आचार्यले यो संस्था पैसा कमाउँने थलो भएको हिजोको बुझाई भएको तर यो संस्था त्यस्तो नरहेको मानको हक र हितको लागी काम गरिरहेको बताउनु भयो । सरकारको विभिन्न काममा हुने दिलासुुष्टि पारदर्शितालाई सुधार्दै लैजान सुझाम दिनु भएको छ । नयाँ कार्यसमितिलाई स्थानिय सरकार सँग हातेमालो गरेर अगाडी बढ्न आग्रह समेत गर्नुभएको छ । सहयोेग गरेर मात्र काम गर्ने नभई निस्वार्थ रुपमा जनताको सेवामा लाग्न आग्रह समेत गर्नभएको थियो । समाजमा सबैभन्दा तल परेको जनतालाई माथि उठाउँनको लागी पहल कडमी गर्न र सोही अनुसारको कार्यगर्न आग्रह गर्दै स्थानिय सरकार हातेमालो गरेर अगाडी बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो । साथै ने नयाँ कार्यसमितिलाई नयाँ ढंगले अगाडी बढ्न आग्रह गर्दै सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नभएको थियो


गैरसरकारी संस्था महासंघका जिल्ला शाखा रोल्पाका उपाध्यक्ष रेग बहादुर पुनको स्वागत मनतव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन गैर सरकारी संस्था महासंघ रोल्पाका सचिव प्रतिज्ञा बुढाले गर्नुभएको थियो । कार्यक्रमको अवसर पारेर गैरसरकारी संस्था महासंघ रोल्पाका बर्तमान कार्यसमितीमा रहेका रोल्पा नगरपालिका उपमेयर गिता आचार्य र पुर्ब अध्यक्ष त्रिबेणि गाँउपालिका अध्यक्ष कर्णबहादुर बाठालाई स्थानिय तहको निर्वाचनमा प्रमुख र उपप्रमुखमा निर्वाचित भएकोमा र संस्था स्थापना गर्नको लागी महत्वपुर्ण भुमिका खेलेको भन्दै संस्थाका संस्थापक अध्यक्ष काशिराम डाँगीलाई प्रमाण पत्र सहित दोसल्ला ओडाएर सम्मान समेत गरिएको थियो ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array