Ad image

बिश्व क्षयरोग दिवसको अवसरमा सञ्चारकर्मिहरु सँग अन्तरक्रिया गरि मनाइयो

मालश्री खबर
मालश्री खबर १० चैत्र २०७९, शुक्रबार
7 Min Read
Aa

उमा बस्नेत / मालश्री खबर चैत १० गते रोल्पा ।

बिश्व क्षयरोग दिवस २०७९ को अवसरमा रोल्पामा सञ्चारकर्मिहरु सँग अन्तरक्रिया कार्यक्रमको गरि मनाइएको छ । विश्व क्षयरोग दिवसको अवसरमा शुक्रबार स्वास्थ्य कार्यालय रोल्पाको आयोजनामा स्वास्थ्य कार्यालय रेउघा रोल्पामा सो कार्यक्रम सम्पन्न भएको हो । हरेक वर्ष मार्च २४ का दिन क्षयरोग दिवस विश्वभरी मनाउने गरीन्छ । “हो ! हामि क्षयरोग अन्त्य गर्छौ” भन्ने मूल नारका साथ कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रमको उद्देश्यको बारेमा जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका जितबहादुर डाँगीले जानकारी गराउनु भएको थियो ।


उक्त कार्यक्रममा क्षयरोग भनेको के हा ?, क्षय रोग सम्बन्धि जान्नु पर्ने तथ्यहरु, क्षयरोगका मुख्य लक्षणहरु, क्षयरोग कसरी निदान गर्न सकिन्छ ?, क्षयरोग बाट वच्ने उपाय, स्वास्थ्यकर्मिको प्रत्यक्ष निगरानीमा गरीने उपचार अर्थात डिओटिएस, क्षयरोग रोकथामका उपाय, क्षयरोगका विरामीलाई उत्प्रेरीत गराउने तरीका, क्षयरोगको औषधी सेवन गरेका रोगिहरुलाई देखिने सामान्य असर र त्यसको रोकथाम लगाएतका विषयमा रोल्पा अस्पताल रेउघाका डाक्टर आधार वली ले प्रस्तुती दिनु भएको थियो ।

देशैभर क्षयरोगको अवस्था, सरकारले लिएको रणनीति र क्षयरोगको तत्थ्याङकको बारेमा जिल्ला स्वास्थ्य कार्यालय रोल्पका जितबहादुर डाँगीले जानकारी गराउनु भएको थियो । राष्ट्रिय रननैतिक लक्ष अनुरुप आर्थिक वर्ष २०७७/०७८ को तथ्याङक अनुसार प्रतिलाख जनसंख्यामा नयाँ क्षयरोग हुनेको दर २३८ रहेको थियो । उत्त दरलाई आर्थिक बर्ष २०८२/८३ को अन्त्य सम्ममा प्रति लाख जनसंख्यामा १८१ झार्ने अर्थात २४ प्रतिशतले कम गर्ने लक्ष राखेको छ । आर्थिक वर्ष २०७७/०७८ मा मृत्युदर प्रतिलाख जनसंख्यामा ५८ रहेकोमा आर्थिक बर्ष २०८२/८३ को अन्त्य सम्ममा प्रतिलाई २३ जना अर्थात ६० प्रतिशतले कम गर्ने लक्ष राखेको छ । यहि अवधीमा क्षयरोगको कारणले परिवामा पर्ने अधिक आर्थिक व्ययभार शुन्यमा झार्ने लक्ष लिइएको छ ।

- Advertisement -
Ad image

क्षयरोग अन्त्यका लागि राजनैतिक प्रतिबद्धता, दिगोपना, बिरामी मैत्री स्वास्थ्य प्रणालीको विकास र सुदृढिकरण गर्नु, क्षयरोगको पहिचान, निदान, गुणस्तरीय उपचार र रोकथामको सुनिश्चितता गर्नु राष्ट्रिय रननैतिक लक्ष रहेको छ । स्वास्थ्य प्रणली सुदृढिकरण भई स्वास्थ्यमा सर्वव्यापी पहुँचका लागि गुणस्तरिय क्षयरोग सेवाको सुधार गर्न, क्षयरोग व्यवस्थापनमा समुदायको संलग्नता बृद्धि गरी सेवा तथा सहयोगलार्य प्रभावकारी बनाउने र स्वास्थ्य संस्थाहरुमा विरामीको विस्तृत विवरण्मा आधारीत विद्युतिय निगरानी प्रणालीलाई सुदृढिकरण गर्ने, क्षयरोगको निदान तथा उपाचार व्यवस्थापनमा थप सुधार त्यउन प्रयोगशाला सेवाको सदृढिकरण गर्ने, क्षयरोगको रोकथाम, पहिचान र उपचारका सेवाहरुमा गुणस्तर सुदृढिकरण गर्ने रणनिति रहेको छ ।

डब्लु एच ओको २०२२ को अनुमानित तत्थ्याङ्क अनुसार विश्वमा १ करोड ६ लाख क्षयरोगबाट विरामी परेका छन् । ति मध्य महिला ३४ लाख महिला र पुरुष ६० लाख रहेका छन् । क्षयरोग बाट मृत्यु हुनेको दर १६ लाख रहेको छ । त्यसै गरी १ लाख ८७ हजार एच.आई भी पोजेटिभ क्षयरोगबाट मुत्यु भएको छ । सो तत्थ्याङक अनुसार १४ वर्ष मुनिका बालबलिका १२ लाख रहेका छन भने १५ वर्ष माथिका ९४ लाख रहेका छन् ।
नेपालमा ०७८/७९को तत्थ्याङक अनुसार ३७ हजार ८ सय ६१ डिएटिवीका केसहरु र ६ सय ५९ डिआटिवी केसहरु रहेका छन् । नेपालमा हरेक वर्ष डिएसटिवीको अनुमानित ६९ हजार नया टिवीका केसहरु देखिन्छन् । यी मध्ये ३१ हजार केसहरु छुटेको पाईएको छ । यसमा महिला ३३ प्रतिशत र पुरुष ६७ प्रतिशत रहेका छन् । यिनिहरु मध्येबाट प्रत्येक वर्ष नेपालमा १७ हजारको क्षयरोगका कारण मृत्यु हुने तत्थायङकले देखाएको छ ।

हरेक बर्ष अनुमानित २२ सय नयाँ डिआरटिवीको केसहरु रहेको त्यस मध्ये १ हजार ५ सय ४१ केसहरु छुटेको पाईएको छ । सन् २०२१ अनुसार लुम्बिनी प्रदेशमा ५१ लाख २४ हजार २ सय २५ जना क्षयरोगबाट सक्रमित रहेको छन् । लुम्बिनी प्रदेशमा क्षयरोग निदान तथा उपचार गर्ने प्रदान गर्ने संस्थाहरुमा ड्स केन्द्र ७ सय ६०, माईक्रोस्कोपि केन्द्र १८५, जिनएक्पोर्ट केन्द्र २२, गुणस्तर जाँच केन्द्र १, डि आर केन्द ३, डि आर सव-सेन्टर १७ , डि आर प्रेषण् केन्द्र २ र एआरटी केन्द्र १५ वटा रहेका छन् ।

आर्थिक वर्ष ०७४/७५, ०७५/७६, ०७६/७७, ०७७/७८, ०७८/७९ र ०७९ श्रवाण देखी माघ महिना सम्मको तत्थ्याङक अनुसार लुम्बिनी प्रदेशमा क्रमश ६ हजार ५ सय ८६, ५ हजार ९ सय ८८, ५ हजार ६ सय ६५, ५ हजार ८ सय ६२, ८ हजार ८६ र ४ हजार १ सय ७ रहेको छ । रोल्पा जिल्लामा नयाँ तत्थ्याङक अनुसार नयाँ टिवीका रोगीहरु २ सय ९९ देखिएका छन् भेन टिवीको पुनः उपचार गराईरहेका ३४ जना रहेका छन् । क्षयरोगको निदान तथा उपचारमा पोर्टोकल अनुसार सबै निजी तथा सरकारी स्वास्थ्य संस्थाहरुमा एकरुपता नहुनु, क्षयरोग पहिचान र प्रेषणमा समुदायको संलग्नता कम हुन र क्षयरोग सँग प्रत्यक्ष काम गर्ने स्वास्थ्य कर्मिहरुको केश व्यवस्थापनमा नियमित क्षमता अभिबृद्धि नहुनु क्षयरोग कार्यक्रमामा देखिएको मुख्य समस्या भएको स्वास्थ्य कार्यालय रोल्पाका जितबहादुर डाँगीले बताउनु भएको छ ।

स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख नोखराज पोख्रेलले क्षयरोगको निवारणका लागि हामी सबै प्रतिबद्ध भएर लाग्नु पर्ने बताउनु भएको छ । साथै उहाँले क्षयरोगका विरामीलाई परिवार र समाजमा हेयको दृष्टीकोणले नहेरी माय र सद्भाव गर्नु पर्ने बताउनु भएको छ । सन् २०३४ सम्म क्षयरोगलाई शुन्यमा झार्ने सरकारको लक्ष अनुरुप आ-आफ्नो ठाउँबाट सबैले साथ र सहयोग गर्न सञ्चारकर्मिहरु सँगको अन्तरकृया कार्यक्रममा उहाँले यस्तो कुरा बताउनु भएको हो । क्षयरोग माइकोव्याक्टेरियम ट्यूवरक्लोसिस नामकको सूक्ष्मा किटाणुबाट हुने सरुवा रोग भएकाले यो किटानु रोगीले खोक्दा, हाच्छियू गर्दा, हावाको माध्यमबाट सर्ने भएकाले सबै सचेत हुने, घरमा एउटा टिवीको रोगी भएमा सवै परिवारले टिवीको चेक जाँच गर्ने र रोगीले पनि डाक्टरको सल्लाह अनु्सार नियमित रुपमा औषधी सेवान गेरमा यो रोग निको हुने बताउनु भएको छ ।

साथै उहाँले क्षयरोग लाग्न नै नदिनको लागिा आफु र आफ्नो परिवारको स्वास्थ्य र पोषणमा नियमित ध्यान दिन आग्रह पनि गर्नु भएको छ । साथै अन्तरकृया कार्यक्रममा उपस्थित भएका पत्रकारहरुले आफ्नो कलमको माध्यमबाट क्षयरोग निवरणको लागि महत्वपूर्ण भुमिका निर्वाह गर्ने प्रतिवद्धता समेत जनाएका छन् । स्वास्थ्य कार्यालय रोल्पाका लेखापाल मोतिराज न्यौपानेले सञ्चालन गर्नु भएको कार्यक्रममा विभिन्न क्षयरोग संक्रमित व्यक्ति, स्वास्थ्यकर्मि, जिल्लामा क्रियाशिल विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो ।

     

प्रतिक्रिया दिनुहोस्

Array