Ad image

परिवर्तन गाउँपालिका अध्यक्षद्वारा गाउँपालिका स्तरीय परिक्षाको अनुगमन

मालश्री खबर
मालश्री खबर ७ चैत्र २०७९, मंगलवार
1 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर / मालश्री खबर चैत ७ गते, रोल्पा ।
रोल्पाको परिवर्तन गाउँपालिकाले कक्षा ८ को वार्षिक परिक्षाको अनुगमन गरेको छ । मंगलबारका दिन परिवर्तन गाउँपालिका वडा न. ६ को श्री नेपाल राष्ट्रिय मावि काहेल्बोट नाफेको अनुगमन गरिएको हो । परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढामगरको नेतृत्वकाे टाेलिले गाँउपालिका भित्रका बिभिन्न परिक्षा केन्द्रहरुकाे  अनुगमन गरिएकाे छ । अनुगमनमा परिवर्तन गाउँपालिकाका उपाध्यक्ष कलादेवी खत्रेनी, प्रमुख प्रशासकीय अधिकृत प्रेम जि.एम र परिवर्तन गाउँपालिकाका लेखा अधिकृत ध्रुबराज न्यौपाने लगायतको टोलिले अनुगमन गरेको छ ।

अनुगमन गर्दै परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढामगरले परिक्षा के कसरी सञ्चालन भइरहेकोे छ, भन्ने प्रसंगमा विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुले शान्त र भैरहित वातावरणमा चलिरहेको प्रतिक्रिया दिएको थिए । आफूले पनि अनुगमन गर्दा त्यहीँ कुरा पाएको समेत बताउनु भएको गाँउपालिका अध्यक्ष बुढामगरले बताउनु भएको छ ।

यो बर्ष देखि परिवर्तन गाउँपालिकाले कक्षा ८ को परिक्षालाई गाउँपालिका स्तरीय बनाएर परिक्षा सञ्चालन गरेको छ । परिवर्तन गाउँपालिकामा २०७९ को वार्षिक परिक्षा चैत २ गतेदेखि चैत १० गतेसम्म आयोजना गरिएको त्यहा बाट हाम्रा सहकर्मि सुर्य प्रकाश बुढामगरले जानकारी दिनु भएको छ ।

- Advertisement -
Ad image

 

प्रतिक्रिया दिनुहोस्

Array