Ad image

परिबर्तन गाँउपालिकामा जनता सँग गाउँपालिका अध्यक्ष संवाद कार्यक्रमको शुरु

मालश्री खबर
मालश्री खबर ३ चैत्र २०७९, शुक्रबार
2 Min Read
Aa

सुर्य प्रकाश बुढामगर /मालश्री खबर चैत्र ३ गते, रोल्पा ।
जनता सँग गाउँपालिका अध्यक्ष संवाद कार्यक्रम सुरु भएको छ । परिवर्तन गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय पुतलाचौर रोल्पा आयोजनामा जनता सँग गाउँपालिका अध्यक्ष संवाद कार्यक्रम सुरु भएको परिबर्तन गाँउपालिकाले जानकारी दिएको छ । चुनावको समयमा मात्र मतदाताहरुको घरमा जानेर चुनाव पछि जनताको घरदैलो नजाने भन्ने गुनासोलाई सम्बोधन गर्नको लागि परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले जनता सँग गाउँपालिका अध्यक्ष संवाद कार्यक्रम लिएर वडा–वडामा पुगेको त्यहा बाट हाम्रा सहकर्मि सुर्य प्रकाश बुढाले जानकारी दिनु भएको छ । चैत २ गतेदेखि परिवर्तन गाउँपालिका वडा न. २ राङ्सीका आम नागरिकहरु सँग संवाद गर्दै सुरुवात गर्नु भएको बताइएको छ ।

सोही कार्यक्रम अनुसार शुक्रबार परिवर्तन गाउँपालिका वडा न. ३ को थुनिकोटका आम नागरिकहरुको गुनासो कार्यक्रमको आयोजना गरिएको छ । साथै कार्यक्रममा सहभागि केहि नागरिकहरुले परिवर्तन गाउँपालिका प्रति उठाएका जिज्ञासाहरुको बारेमा परिवर्तन गाउँपालिका अध्यक्ष सुक बहादुर बुढामगरले प्रस्त पार्नु भएको थियो । परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरको अध्यक्षतामा भएको जनता सँग गाउँपालिका अध्यक्ष कार्यक्रममा परिवर्तन गाउँपालिकाका उपाध्यक्ष कलादेवी खत्रेनी, परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम जि.एम, परिवर्तन गाउँपालिका वडा न. ३ का वडा अध्यक्ष खिम विक्रम चन्द,परिवर्तन गाउँपालिका वडा न. ३ का वडा सदस्यहरु लगायत परिवर्तन गाउँपालिका वडा न. ३ भित्रका ५० जना व्यतिmहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन परिवर्तन गाउँपालिकाका लेखा अधिकृत ध्रुबराज न्यौपानेले गर्नु भएको थियो । साथै परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढामगरले परिवर्तन गाउँपालिका स्तरीय कक्षा ८ उत्तीर्ण वार्षिक परिक्षाको समेत अनुगमन गर्नु भएको छ । चैत्र २ गते परिवर्तन गाउँपालिका वडा न.२ राङ्सीका विद्यालयहरुमा अनुगमन गर्नु भएको थियो भने ३ गते परिवर्तन गाउँपालिका वडा न. ३ भित्र परिक्षा संचालन भएको विद्यालयमा पुगेर परिक्षाको अनुगमन समेत गर्नु भएको छ ।

- Advertisement -
Ad image

 

प्रतिक्रिया दिनुहोस्

Array