Ad image

परिवर्तन गाउँपालिकामा कृषि विकासको अवसर र चुनौतीहरु विषयक गोष्ठी कार्यक्रम सुरु

मालश्री खबर
मालश्री खबर २३ फाल्गुन २०७९, मंगलवार
4 Min Read
Aa

सुर्यप्रकाश बुढा मगर
मालश्री खबर फागुन २३ गते, रोल्पा । छड्के देउराली युवा क्लब परिवर्तन गाउँपालिका–५ राङ्कोट रोल्पाको आयोजना तथा जनचेतना सामुदायिक सिकाइ केन्द्र,नेपाल राष्ट्रिय नमूना मावि थप प्राविधिक तथा व्यावसायिक विद्यालय र मौलाबोट शिक्षक कर्मचारी सहकारी संस्था लिमिटेड परिवर्तन गाउँपालिका–५ राङ्कोट रोल्पाको आर्थिक सहयोगमा कृषि विकासको अवसर र चुनौतीहरु विषयक गोष्ठी सुरु भएको हो।माटोको कथा सुनौं व्यथा बुझौं,घट्दो उत्पादन लाई वृद्धि गरौं भन्ने मुल नाराका साथ परिवर्तन गाउँपालिका कृषकको घट्दो उत्पादन निराशाको जिवीकालाई हौसलामा बदलिएर कृषि उत्पादन वृद्धिका लागि कृषि बिज्ञ,माटो तथा वातावरण विज्ञहरुको उपस्थितिमा फागुन २३ गतेदेखि २५ गतेसम्म तीन दिने“नेपालमा दिगो कृषि विकासको अवसर र चुनौतीहरु“विषयक गोष्ठी कार्यक्रम आयोजना गरेको छ।छड्के देउराली युवा क्लबका अध्यक्ष गोपाल बहादुर केसीको अध्यक्षतामा भएको विषयक गोष्ठी कार्यक्रमको उद्घाटन समारोहको लुम्बिनी प्रदेशसभा सदस्य दिपेन्द्र कुमार पुनको प्रमुख आतिथ्यतामा भएको हो।

 

कार्यक्रममा बिज्ञ टोलीमा (Microbiological Ecology)माइक्रोबाइलोजिकल इकोलोजी डा.पुजा मानन्धर,(Environmental Engineer) इनभाइरोनमेन्टल इन्जिनियर अरुण लामा र(Agriculture Expert) कृषि बिज्ञ किशोर प्रसाद पन्त लगायतको कार्यक्रममा सहभागीता रहेको छ।छड्के देउराली युवा क्लबका उपाध्यक्ष चन्द्र विक्रम खड्काको स्वागत मन्तव्यबाट सुरु भएको विषयक गोष्ठी कार्यक्रममा परिवर्तन गाउँपालिका अध्यक्ष,उपाध्यक्ष,वडा अध्यक्ष,पूर्व उपाध्यक्ष,पूर्व वडा अध्यक्ष,विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि,विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि,विभिन्न विद्यालयका प्रधानाध्यापक,विभिन्न क्लबका अध्यक्ष,सचीव,सदस्य,विभिन्न टोल संस्थाका अध्यक्ष,सदस्य,विभिन्न विद्यालयका शिक्षक,विद्यार्थी,आमा समूहका अध्यक्ष,सचीव लगाएतको सहभागिता रहेको छ।

- Advertisement -
Ad image

क्लबका अध्यक्ष गोपाल बहादुर केसीले कार्यक्रम आयोजना गर्नुको उद्देश्य,औचित्य र महत्त्वको बारेमा प्रस्त्याउनु भएको थियो।बिज्ञ टोली डा.पुजा मानन्धरले भिडियो कन्फ्रेन मार्फत ओरेन्टेस गर्नु भएको थियो।अरुण लामाले आफू लामो समय देखि वातावरणीय इन्जिनियरको रूपमा काम गर्दै आएकोले आफू नेपालको सात ओटै प्रदेशमा काम गर्दै आएको र विभिन्न देशमा समेत आफू खोज अनुसन्धानमा पुगेको र त्यहाँ सिकेको ज्ञान अरुलाई सिकाउँदै आएको र यहाँ पनि सिकाउने बताउनुभयो।अर्का कृषि बिज्ञ किशोर प्रसाद पन्तले नेपालमा कसरी रासायनिक मल प्रयोग बिनानै कृषि उत्पादन गर्न सकिन्छ भन्ने अहिलेको मुख्य चुनौती भएको र उत्पादन वृद्धि गर्नुका उपाय समाधान गर्ने विधि लगायतका बारेमा आफूले जानेका ज्ञानहरु सिकाउने बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा सदस्य दीपेन्द्र कुमार पुनले कार्यक्रमको उद्घाटन गर्दै क्लब मेला,खेलकुद,देउसी भैलो मात्र सञ्चालन गर्ने प्रवृत्ति भएको बेला यो महत्त्वपूर्ण कृषिको कार्यक्रम गरेकोमा आयोजकलाई धन्यवाद दिनु भएको छ।हाम्रो बुझाई के छ भन्दा क्लब भनेका मेला आयोजना मात्र गरेको बुझ्छौ तर परिवर्तन गाउँपालिका–५ को छड्के देउराली युवा क्लबले त्यो बुझाईलाई तोड्दै अहिलेको यो नेपालमा देखिएको समय सान्दर्भिक कार्यक्रम गरेको बताउनुभयो।पुनले अहिले नेपालमा धेरै जमिन बाँजो हुन थालेको बताउदै पहिले आफूहरूको पूर्खाले चलाउदै आएका उर्वर जमिन आज डाँडापाखा,वन जंगल र बाँजो भएको देख्दा दुख लाग्ने समेत बताउनुभयो।

 

साथै पहिले नेपालले पचास बर्ष पहिले खाद्यान्न दिएका देशहरु बाट अहिले खाद्यान्न निर्यात गरेर खानुपर्ने अर्को बेडम्बा रहेको समेत बताउनुभयो।अमेरिकाले जम्मा २ प्रतिशत कृषि उत्पादन गरेर पनि आफ्नो देशमा भएको करिब ३३ करोड जनसंख्यालाई खपत गरेर पनि विश्वमा निर्यात गर्दछ तर नेपालमा ६२ प्रतिशत कृषि उत्पादन हुँदा पनि आफ्नो देशमा अपुग हुनु दुख पक्ष भएको समेत बताउनुभयो।कार्यक्रमको सञ्चालन छड्के देउराली युवा क्लबका सचीव भिम बहादुर वलीले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

Array