Ad image

अपांगता भएका विद्यार्थीका लागि विद्यालय भर्ना अभियान तथा अविभावक सचेतना कार्यक्रम सुलिचौरमा सम्पन्न

मालश्री खबर
मालश्री खबर २३ फाल्गुन २०७९, मंगलवार
2 Min Read
Aa

उमा बस्नेत

मालश्री खबर /फागुन २३ गते, रोल्पा । रोल्पा नेत्र हिन संघ लिवाङ रोल्पाको आयोजनामा सुलिचौरमा विद्यालय पहुँच भन्दा बाहिर रहेका अपांगता भएका विद्यार्थीका लागि विद्यालय भर्ना अभियान तथा अविभावक सचेतनाका लागि अन्तरक्रिया कार्यक्रम सम्नन भएको छ । लुम्बिनी प्रदेश सरकार महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्रालयको आर्थिक सहयोग र सुनिलस्मृती गाउँपालिको समन्वयमा उक्त कार्यक्रम भएको हो । मंगलबार सुनिलस्मृति गाउँपालिकाको सुलिचौर वसपार्कमा रहेको एलिशा होटलको सभा हलमा सो कार्यक्रम सम्पन्न भएको आयोजकले जानकारी दिएको छ । सुनिलस्मृती गाउँपालिकामा ३०५ जना व्यक्तिले अपांगता परिचय पत्र प्राप्त गरेका छन् । पालिकामा विद्यालयको पहुँच भन्दा बाहिर ९ जना बालवालिका रहेको कार्यक्रममा बताइएको छ ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीले राज्यले अपांगता भएका व्यक्तिहरुको हकहितको सुनिश्चितता गर्नु पर्ने बताउनु भएको छ । सम्पुर्ण अपांगता भएका बालवालिकाले पनि अन्य व्यक्ति सरहको शिक्षा आर्जन गर्न पाउने हक भएकाले विद्यालयको पहुँच भन्दा वाहिर रहेका वालवालिकालाई विद्यालयको पहँुचमा ल्याउनु आफुहरुको जिम्मेवारी भएको समेत बताउनु भएको छ । आफ्नो पालिका भित्रका अपांगता भएकाहरुको लागि आगामी आर्थिक वर्षहरुमा बजेट छुट्याउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । अपांगाता भएकाहरुको शिक्षा, स्वास्थ्य र रोजगारीको पालिकाले सुनिश्चितता गरिदिने पनि उहाँले बताउनु भएको छ । अपांगता भएको व्यक्तिलाई हेयको दृष्टिकोणले नहेरी उनिहरुलाई उच्च सम्मान व्यक्त गर्नुपर्ने बताउनु भएको छ ।

 

- Advertisement -
Ad image

 

नेपाल नेत्रहिन संघका अध्यक्ष चित्रबहादुर डाँगीको अध्यक्षतामा सुरुवात भएको कार्यक्रमकोे विशिष्ट अतिथीमा गाउँपालिकाकी उपाध्यक्ष मिना थापा रहनु भएको थियो । कार्यक्रको अन्य अतिथीमा गाउँपालिका भित्रका वडा नम्बर १ देखी ८ नम्बर सम्मका वडा अध्यक्षहरु, पत्रकार महासंघ जिल्ला शाखा रोलपाका निवर्तमान अध्यक्ष महेश न्यौपान रहनु भएको थियो । नेपाल नेत्रहिन संघका रोल्पाका सचिव शिसिर डागीले संचालन गर्नु भएको कार्यक्रममा स्वागत मन्तव्य नेपाल नेत्रहिन संघका रोल्पाका कोषाध्यक्ष धन घर्तिमगरले राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array