Ad image

फोनिज रोल्पाको आठौं साधारणसभा लिबाङमा सम्पन्न

मालश्री खबर
मालश्री खबर २१ फाल्गुन २०७९, आईतवार
2 Min Read
Aa

मालश्री खबर/ फानगुन २० गते, रोल्पा ।

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) रोल्पा शाखाको आठौं साधारणसभा शनिबार लिबाङमा सम्पन्न भएको छ । फोनिजका रोल्पा शाखा अध्यक्ष खुविना सुनारी मगरको अध्यक्षतामा आयोजित साधारणसभामा फोनिजले गरेको वार्षिक गतिविधिको समीक्षा तथा आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)का पूर्व केन्द्रीय सल्लाहकार तथा मध्यपश्चिम संयोजक खेम बुढामगरले जनजाती पत्रकारहरुको हकहितको निम्ति फोनिज जन्मिएको बताउनुभयो । आदिवासी जनजातीको मुद्धाका सवालमा अहिले पनि विभिन्न भ्रमहरु रहेको चर्चा गर्दै बुढाले त्यस्ता भ्रमहरुविरुद्ध निरन्तर संघर्ष गर्नुपर्ने बताउनुभयो । नयाँ संविधानले पनि जनजाती समुदायको अधिकारलाई सम्बोधन गर्न नसकेको उहाँको भनाई थियो ।

- Advertisement -
Ad image

कार्यक्रममा बोल्दै नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)का केन्द्रीय सदस्य स्मृति रोकामगरले फोनिजलाई अझै क्रियाशील बनाई आफ्ना मुद्धाहरुका विषयमा व्यापक बहस सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष तथा फोनिज रोल्पाका सल्लाहकार नवीन लोचनमगरले पत्रकार महासंघमा फोनिजको सम्मानजनक प्रतिनिधित्व तथा सञ्चार गृहमा आदिवासी जनजाती पत्रकारहरुले भोग्नुपरेको समस्याबारे फोनिजले बोल्नुपर्ने बताउनुभयो । त्यस्ता समस्या देखिएको खण्डमा पत्रकार महासंघले सदैव पैरवी गर्ने बताउनुभयो ।

साधारण सभाको उदघाटन कार्यक्रममा नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) रोल्पाका सल्लाहकार देवी गुरुङ, नेपाल पत्रकार महासंघ रोल्पाका निवर्तमान अध्यक्ष मानसिंह विश्वकर्मा, नेपाल मगर विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष नरेन्द्र घर्तीमगर लगायतको आतिथ्यता रहेको थियो । फोनिज रोल्पा शाखाका सचिव चित्रवियोग झाँक्रीमगरको सञ्चालन रहेको कार्यक्रममा उपाध्यक्ष मनोज पुनमगरले स्वागत गर्नुभएको थियो । उदघाटन सकिएलगत्तै जारी बन्दशत्रमा सांगठनिक प्रतिवेदन सचिव चित्रवियोग झाँक्रीमगरले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष अस्मिता बुढामगरले प्रस्तुत गर्नुभएको थियो । जलजला प्रेस

 

प्रतिक्रिया दिनुहोस्

Array