Ad image

रेडियो मालश्रीका अध्यक्ष बिश्वकुमार चन्दलाई पितृ शोक

मालश्री खबर
मालश्री खबर २ फाल्गुन २०७९, मंगलवार
2 Min Read
Aa

मालश्री खबर, फाल्गुन २ गते रोल्पा ।

सामुदायिक रेडियो मालश्री १०० बिन्दु ५ मगाजर्ह लिबाङ रोल्पाका सञ्चालक समितीका अध्यक्ष बिश्वकुमार चन्दलाई पितृशोक परेको छ । अध्यक्ष चन्दको ९२ बर्षीय बुवा रामबहादुर चन्दको मंगलबार बेलुकि निधन भएको पारिवारीक स्रोतले जानकारी दिएकोे छ ।


मृतक राम बहादुर चन्दको परिबर्तन गाँउपालिका वडा न. ३ खरिबोट स्थित आफ्नै घरमा निधन भएको बताइएको छ । मृतक चन्द पछिल्लो केहि समय यता देखि दम लगाएत अन्य दिर्घ रोग बाट ग्रसित रहदै आउनु भएको थियो ।

पारिवारिक स्रोतका अनुसार मृतक चन्दलाई उपचारको लागी चितवन क्यान्सर अस्पताल लगिएको थियो । अस्पतालका चन्दको स्वास्थ्य अवस्था साह्र्रै नाजुक भएको भन्दै चिकित्सकहरुले बचाउनको लागी थप उपचार संम्भब नभएको प्रतिक्रिया पछि चन्दलाई हिजो फाल्गन एक गते मात्र घर फिर्ता ल्याएको बताइएको छ ।

- Advertisement -
Ad image

चन्दको मृत्युको खबर पछि सामुदायिक रेडियो मालश्री र मालश्री ग्रुप मिडीया प्रा.लि.ले एक बिज्ञप्ती सार्बजनिक गरेर दुःख समेत व्यक्त गरेको छ । सामुदायिक रेडियो मालश्री का स्टेशन म्यानेजर डी.बी. टुहुरा र मालश्री ग्रुप मिडीया प्रा.लि.का कार्यवाहक अध्यक्ष डी.बी. टुहरोद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ ।

यस सामुदायिक रेडियो ‘रेडियो मालश्री’ १०० विन्दु ५ मेगाहर्जको सञ्चालक समितिका अध्यक्ष, रोल्पा उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष, समाजसेवी तथा ऊर्जावान् युवा रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नं. ३ निबासी श्री विश्वकुमार चन्दका पिता रामबहादुर चन्दको ९२ वर्षको उमेरमा भएको निधनले हामीलाई अत्यन्तै मर्माहत तुल्याएको छ । दुःखको यस घडीमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ । मृतक चन्दको तिन छोरा र तिन छोरी भएको समेत पारिवारिक स्रोतले जानकारी दिएको छ । मृतक चन्द भुपु भारतीय रिटायर सेना भएको समते बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array