Ad image

सबै पक्षसँग समन्वय गरी प्रभावकारी रुपमा सेवा प्रबाह गर्ने प्रजिअ घिमिरेको भनाई

मालश्री खबर
मालश्री खबर २७ माघ २०७९, शुक्रबार
3 Min Read
Aa

बिनोद श्रेष्ठ

मालश्री खबर,माघ २७ गते, रोल्पा ।

कानुनको परिधि भित्र रहेर राज्यले दिएको जिम्मेवारी र दायित्व पुरा गर्न सम्पुर्ण सरोकारवालाहरुसँग समन्वय गरी प्रभावकारी रुपमा सेवा प्रबाह गर्ने प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताउनु भएको छ । मालश्री संम्बाद कार्यक्रममा पत्रकार गणेश केसी सगं बोल्दै उँहाल यस्तो कुरा बताउनु भएको हो । जिल्लामा रहेका सम्पुर्ण स्थानिय तहसँग समन्वय गरी सहज र सरल रुपमा सेवा प्रबाह गर्ने वातावरण बनाउने बताउनु भएको छ ।

- Advertisement -
Ad image

आफ्नो लागि यस जिल्लाको  भौगोलिक क्षेत्रको बारेमा बिस्तृत जनाकारी नभएकाले सबैसँग सहकार्य गरेर अडागी बढ्ने जानकारी दिनुभएको हो । सम्पुर्ण पालिकाको प्रमुखसंग समन्वय गरी त्यस स्थानको बारेमा जानकारी लिने काम भईरहेका पनि कुराकानीको क्रममा बताउनुभयो । जिल्लामा बाह्रै महिना चल्ने सवारी साधनमा समस्या देखिने गरेको पाइएको उल्लेख गर्नु भयो ।

 

बिभिन्न विकास निर्माणका कार्यमा ढिलासुस्ती भएको र बिकास निमार्ण तिब्रगतीमा हुन नसकेको गुणासो आएको बताउदै त्यस्तो कार्यलाई थप प्रभाबकारी बनाउनको लागि समन्वय गरेर अगाडी बढ्र्ने जानकारी दिनुभयो । पछिल्लो समय जिल्ला प्रशासन कार्यलयमा सेवा प्रबाह छिटो नभएको गुणासो आईरहेको छ नि ? भन्ने प्रश्नमा घिमिरेले पासपोर्ट र राष्ट्रिय परिचय पत्र बनाउनेका सङद्यया कम भएको बताउनु भएको छ ।

 

तसर्थ थप जनशक्ति नथपेको बताउदै अहिले सेवाग्राहिले आफ्नो काम सकेर फर्किएको बताउनु भयो । पछिल्लो समय सेवाग्राहिले सहजै रुपमा सेवा लिईरहेको उल्लेख गर्नुभयो । ‘आफ्नो काबु भन्दा बाहिर गए समस्या हुने एउटा पाटो होला तर अहिले सेवा प्रबाहमा कुनै समस्या छैन’ प्रजिअ घिमिरेले थप्नु भयो । आफु जिल्लाबासीको सेवामा खटिदा परिणममुखी हुने काम गर्ने विश्वस समेत दिलाउनु भयएको छ ।

 

सोही कार्यक्रममा बोल्दै सम्पुण उपभोक्ताले बजारको समान उपभोग गर्दा सामानको गुणस्तर र म्याद हेरेरमा खरीद गरी उपभोग गर्न आग्रह गर्नुभएको छ । सबै कुरा सरकारी निकायलेमात्र समाधान गरी दिन्छन, सरकारको मात्र कर्तव्यहो भन्नु भन्दा पनि सबै नागरीकले आ—आफ्नो क्षेत्रमा गर्न सक्ने काम गरी सरकारलाई सघाउन आग्रह समेत गर्नुभएको छ । प्रत्यक व्यत्तिले जिल्लामा हुने सम्पुर्ण कार्यमा खबरदारी गरी सरकारलाई झकझकाई सभ्य नागरीकको परिचय दिनु पर्ने राय राख्नु भयो ।

 

जिल्लामा हुने बढ्दो बालविबहा, आत्महत्या र सम्बन्ध विच्छेदका घटनालाई न्यूीनकरण गर्नको लागि सम्पुण सरकारी तथा गैर सरकारी संस्थाले जनचेतनाको कार्यक्रम गररेर केही हद सम्म न्यूनिकरण हुनेमा विश्वास व्यक्त गर्नु भयो । एक व्यक्ति मात्र नभई समग्र रोल्पाबासीको साथ सहयोग भए समृद्ध र सुखी रोल्पा बन्ने कुरा बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array