Ad image

रोल्पाबाट सरुवा भएर जान लाग्नु भएका प्रजिअद्वारा पत्रकार भेटघाट कार्यक्रमको आयोजना

मालश्री खबर
मालश्री खबर ११ माघ २०७९, बुधबार
4 Min Read
Aa

गणेश केसी

रोल्पाबाट सरुवा भएर जान लाग्नु भएका प्रमुख जिल्ला अधिकारीले आज पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्नु भएको छ । बाराको प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा भएर जान लाग्नु भएका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले पत्रकारहरुसंगको भेटघाट कार्यक्रमको आयोजना गर्नु भएको हो ।

कार्यक्रममा रोल्पामा सरुवा भएर आएदेखि आज सम्म भए गरेका अनुभवहरु सुनाउनु भएको थियो भने पत्रकारहरुले अहिले सम्म कार्य सम्पादन गर्दा भए गरेका गतिविधी र सुझाव दिनु भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नविनलोचन मगर, नेपाल पत्रकार महासंघ रोल्पाका सस्थापक अध्यक्ष काँशीराम डाँगी, पुर्व अध्यक्ष खेमबहादुर बुढा लगाएत जिल्लामा कृयाशिल पत्रकारहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सन्दर्भमा रोल्पामा वालविवाह, सम्वन्ध विच्छेद र आत्महत्याको समस्या विकराल भएको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताउनु भएको थियो । जिल्लामा ब्याप्त वालविवाह न्युनिकरण गर्नका लागि अबिभावक, राजनितिकदल र जनप्रतिनिधिहरु नै बाधक बन्ने गरेको अनुभव उहाले सुनाउनु भएको थियो । बालविवाह न्युनिकरण गर्नमा वालवालिकाका अभिभावकहरुले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकिविरुद्ध मुद्धा दायर गरिएको समेत उहाले सुनाउनु भयो । बालवालिकाहरु जनप्रतिनिधिहरुले नै भगाएर विवाह गराइदिएको यथार्तता आफुले भोगेको सापकोटाले बताउनु भयो । बाल विवाह गर्नु हुदैन भन्ने सामान्य नागरिकहरुले मनन् गरे पनि वुद्धिजिवी, राजनितिज्ञ र समाजमा केही जाने बुझेकाले नै अटेरी गरेको उहाले बताउनु भयो । प्रजिअले रोल्पामा करिव २ वर्ष सेवा गर्दा रोल्पामा सोझा जनताहरु धेरु सोझा भएका त केही पढेलेखेका, केही कुराहरु बुझेकाले नै धेरै अटेरी र दुःख दिने गरेको दुखेसो समेत पोख्नु भयो ।

- Advertisement -
Ad image

रोल्पामा २ वर्षको सेवा अवधिमा कोरोना महामारीसंग जुध्न, हरेक खालका विपतीहरु जस्तै आगलागी, बाढी, महिरोका कारण भएको धनजनको क्षेती भएका समयमा उद्धार र राहत वितरणमा कुनै कसुर बाकी नराखेको प्रतिकृया दिनु भएको छ । रोल्पाली जनताको जिउ, धनको सुरक्षाका लागि दिनरात खटेको बताउदै प्रमुख जिल्ला अधिकारी सापकोटाले आफ्नो कार्यालयबाट दिइने सेवाप्रवाह छिटो, छरितो, विश्वासीले ढंगले प्रवाह गर्ने गरेको बताउनु भयो ।

रोल्पामा अहिले राष्टिय परिचय पत्र वितरण तथा राहदानी वितरण गर्नमा सेवाग्राहीहरुले झन्जट बेहोर्नु परेकोमा आफु सचेत रहेको बताउनु भएको छ । राष्टिय परिचय पत्र वितरणका लागि जिल्ला प्रशासन कार्यालयमा थप एक वटा बायोमेट्रिक क्यामेरा थप गरि दुइवटा क्यामेरा भएले सेवा प्रवाह केही छिटो भइरहेका साथै घर्तीगाउँ बाट पनि राष्टि परिचय पत्र बाढ्नका लागि पहल गरेको बताउनु भएको छ । राहदानीका लागि १ वटा मात्र मेसिन भएको र यसबाट १ दिनमा ४० जनाको मात्र कार्य सम्पादन गर्न सकिने भएकाले प्रशासनको मौजात जनशक्तिमै थप १ वटा मेसिन थप गरि सेवालाई छिटो छरितो बनाउने पहल भइरहेको बताउनु भएको छ । अनलाईन फम भर्ने साइवरहरुले पनि महङ्गो शुल्क लिएको गुनासो आए पछि राहदानीका लागि २५० स राष्टिय परिचय पत्रका लागि रु १०० मात्र लिने सहमति गराएको जानकारी दिनु भएको छ । यसका साथै प्रत्यक पालिकामा रहेका एमआइएस अपरेटरहरुलाई नै अनलाईन फम भर्ने ब्यवस्था मिलाउन लागिएको बताउनु भएको छ ।

आफु रोल्पाबाट सरुवा भएर जान लागे पनि आफुले जनताको हित र काम छिटो छरितो ढंगबाट सम्पादन गर्नका लागि गरिहएका पहलहरु आउदा दिनहरुमा पनि निरन्तर पहल हुनेमा विश्वस्त गरेको प्रतिकृया दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array