Ad image

सिर्पमा रहेको गोकुल माविको ४७ औँ वार्षिकोत्सव समारोह आज सकियो

मालश्री खबर
मालश्री खबर ५ माघ २०७९, बिहीबार
1 Min Read
Aa

लुग्री गाउँपालिका वडा नं. २ सिर्पमा रहेको गोकुल माध्यामिक विद्यालयको ४७ औँ वार्षिकोत्सव आज सकिएको छ । यहि पौष ३० गते बाट एक औपचारीक कार्यक्रमका विच वार्षिकोत्सवको उद्घाटन गरिएको थियो । लुम्बिनी प्रदेशका सांसद जोखबहादुर महराले उद्घाटन गर्नु भएको विद्यालयको वार्षिकोत्सवको अवसमा विभिन्न सांस्कृतिक तथा खेलकुद प्रतियोगिताको आयोजना गरिएको थियो ।

छात्रवास ब्यवस्थापन, शिक्षाको लागि खेलकुद तथा सामुदायिक विद्यालयहरुमा प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने मुल नाराका साथे वार्षिकोत्सवको आयोजना गरिएको थियो । वार्षिकोत्सवको अवसरमा आयोजित शिक्षक भलिवल प्रतियोगितामा प्रथम आयोजक गोकुल मावि, दितिय गौरि शंकर मावि, तृतिय आवि साल डाँडा र सान्तोना पुरस्कार सामाजिक मावि भएका थिए । छात्र भलिवल प्रतियोगितामा प्रथम सामाजिक मावि, दितिय गोकुल मावि, तृतिय जनज्योति मावि र सान्तोना स्थान राष्टिय मावि खुमेलले लिएको थियो । छात्रा भविल प्रतियोगितामा प्रथम नेरा मावि पाङ, दितिय गोकुल मावि बिटा, तृतिय गोकुल वि गामा र सान्तोना राष्टि मावी खुमेल भएको थियो । एकल तृत्य प्रतियोगितामा प्रथम गोकुल मावि, दितिय पनि आयोजक गोकुल मावि, तृतिय मावि छिउधर र सान्तोना वराह क्षेत्र मावि भएका थिए भने भाले पकड प्रतियोगितामा गोकुल मावि प्रथम भएको थियो ।

विभिन्न प्रतियोगितामा स्थान लिने स्कुलहरुलाई प्रमाण पत्र वितरण तथा वार्षिकोत्सवको एक औपचारीक कार्यक्रमका विच समापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array