Ad image

रोल्पाको जेलबाङमा माघे राम उद्घाटन कार्यक्रम सम्पन्न

मालश्री खबर
मालश्री खबर ४ माघ २०७९, बुधबार
2 Min Read
Aa

मालश्री खबर,माघ ४ गते रोल्पा ।

“विविध स्थानीय कला संस्कृतिको प्रवर्द्धन गरौं ,ग्रामिण गाउँ, ठाउँलाई आर्थिक विकासमा जोड गरौं” भन्ने नाराका साथ माघे राम सुनछहरी गाउँपालिका ७ जेलबाङमा उद्घाटन गरिएको छ। पर्यटन प्रवर्द्धन तथा गेमी होमस्टे संस्था जेलबाङको आयोजना तथा फेस्टेल एयरलाइन्स हेलिकप्टर कम्पनी पोखरा र सत्यम एयरलाइन्स हेलिकप्टर कम्पनी पोखराको प्रायोजनमा उक्त कार्यक्रम आयोजना गरिएको होमस्टे संस्थाका अध्यक्ष पृथ्वी पुन ( बालकुमार )ले जानकारी दिए ।उद्घाटन कार्यक्रमको अध्यक्ष संस्थाका अध्यक्ष पुनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति सुनछहरी गाउँपालिका निवर्तमान अध्यक्ष आशबहादुर पुनको रहेको थियो । यस्तै बिशिस्ट अतिथिमा उपराष्टपति नन्दबहादुर पुनका भाषा बिज्ञ तथा समाजसेवी चन्द्रबहादुर बुढामगर ‘शेष’को रहेको थियो ।

अन्य अतिथिहरुमा वडा नम्बर ७ जेलबाङका वडा अध्यक्ष राजबहादुर रोका ‘किरण’, निवर्तमान वडा अध्यक्ष टिकाबहादुर बुढामगर, वर्तमान वडा सदस्यहरु रामप्रसाद बुढामगर, सरिता पुनमगर, कुमै पुनमगर, कुमारी बिक, रोल्बाङ माध्यमिक बिधालय जेलबाङका प्रधानाध्यापक हिमलाल पोख्रेल, नेपाल पत्रकार महासंघ जिल्ला कमिटी सदस्य जुनिस कुमार बिष्ट, जनवादी तथा लोकदोहोरी गायक अमर रोकामगर, लोकदोहोरी गायिका जालुमाया गुरुङ, नृत्यकार बासना बुढामगर, जनवादी गायक एवं लोक गायक कुन्जसिङ बुढामगर, स्टार युवा क्लब जेलबाङका अध्यक्ष तथा भलिबल खेलका रेफ्री रामकुमार पुन प्रतिभा, इलाका प्रहरी कार्यालय जेलबाङका इन्चार्ज बसरुदिन भाट लगाएत वडाका ८ वडा टोल बिकास संस्थाका अध्यक्षहरु लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा जनजागृती युवा समुह खिबाङको मयुर नाछ, कोनादेरा आमा समुह जेलबाङको झाकी नाच, माजिबाङको पैसरु नाच, शुल्कबाङको झाकृ नाच लगाएतले प्रदर्शन गरेका थिए ।

- Advertisement -
Ad image

 

कार्यक्रममा जनवादी तथा लोकदोहोरी गायक अमर रोकामगर, लोकदोहोरी गायिका जालुमाया गुरुङ, जनवादी गायक तथा लोक गायक कुन्जसिङ बुढामगर, गायक कुमै पुनमगर लगाएतले आफ्नो प्रस्तुति राखेका थिए भने रोल्बाङ माध्यमिक बिधालयका प्रधानाध्यापक हिमलाल पोख्रेल,वडा अध्यक्ष राजबहादुर रोका, उपराष्ट्रपतिका भाषा बिज्ञ चन्द्रबहादुर बुढामगर, निवर्तमान गाउँपालिका अध्यक्ष आश बहादुर पुनले शुभकामना मन्तव्य राखेका थिए । ३ दिन सम्म चल्ने कार्यक्रममा पुरुष भलिबल, महिला भलिबल, धनुषवाण हान्ने प्रतियोगिता कार्यक्रमलगाएत आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । उद्घाटन कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष पृथ्वी पुनले गरेका थिए । स्वागत संस्थाका सदस्य दिवस बुढामगरले गरेका थिए भने संचालन संस्थाका प्रवक्ता लालबहादुर बुढामगरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array