Ad image

बजार अनुगमन गर्दा भेटिएका म्याद नाघेको सामानहरु नष्ट ग¥यो

मालश्री खबर
मालश्री खबर २६ पुष २०७९, मंगलवार
1 Min Read
Aa

सुर्य प्रकाश बुढा, पुष २६, रोल्पा ।

रोल्पाको परिवर्तन गाउँपालिका उपभोक्ता हित संरक्षण समितिले बजार अनुगमन गर्दा भेटिएका म्याद नाघेको सामानहरु नष्ट गरेको छ । नेपालीहरुको महान चार्डपर्व दशै,तिहार र छठलाई लक्षित गर्दै उपभोक्ता हित संरक्षण समितीले आफ्नो पालिका भित्र रहेका मुख्य बजार तथा पसलको अनुगमन सम्पन्न गरेको थियो । समितिले खाद्य र उपभोग्य सामानको अनुगमन गरेको थियोे ।

 

- Advertisement -
Ad image

२०७९ असोज १२ गते र कार्तिक ०६ गते परिवर्तन गाउँपालिका–६ दुईखोली,लाखुरीचौर,परिवर्तन गाउँपालिका–२ साङसीको पोखरा,धर्मशाला,डाँडागाउँ र परिवर्तन गाउँपालिका–३ बागमाराको माथिल्लो बजार तथा तल्लो बजार गरि विभिन्न पसलमा अनुगमन गर्दा म्याद नाघेका सामानहरु बरामद गरेको गरेको थियो ।

 

जसमा चामलका बोरा,बिस्कुट,चाउचाउ,तेल,नमकिन,मसला,भुजा, स्वाविन तथा कस्मेटिका सामान रहेका थिए।ती सबै सामानहरु आज नष्ट गरिएको हो । परिवर्तन गाउँपालिकाका उपाध्यक्ष तथा उपभोक्ता हित संरक्षण समितिका परिवर्तन गाउँपालिका संयोजक कलादेवी खत्रेनीको संयोजकत्वमा भएको सामान नष्टमा परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढामगर,परिवर्तन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज न्यौपाने,ईलाका प्रहरी कार्यालय ओबाङका प्रहरी नायब निरीक्षक कमल थापा मगर,अस्थायी प्रहरी कार्यालय पुतलाचौरका प्रहरी सहायक निरीक्षक भोजराज बुढामगर र पत्रकार सुर्य प्रकाश बुढा मगर लगाएतको सहभागिता रहेको थियो।साथै बजार अनुगमनलाई निरन्तरता दिने उपभोक्ता हित संरक्षण समिति परिवर्तन गाउँपालिकाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array