Ad image

सयपत्री समाज सुधार युवा सञ्जालको प्रथम वार्षिकोत्सबको सम्पुर्ण तयारी पुरा

मालश्री खबर
मालश्री खबर २३ पुष २०७९, शनिबार
2 Min Read
Aa

मालश्री खबर, पुस २३, रोल्पा ।

“समुन्नत समाज सभ्य संस्कृति, जुटौऔ युवा हटाउ विकृति” भन्ने मुल नाराका साथ स्थापित सयपत्री समाज सुधार युवा सञ्जालको प्रथम वार्षिकोत्सबको सम्पुर्ण तयारी पुरा भएको छ । परिवर्तन गाउँपालिका वडन नम्बर ३ उपल्लो केवरी रोल्पामा रहेको यस क्लबले भोली अर्थात पुस २४ गते विहान ११ बजे कार्यक्रमको उद्घाटन गर्दै छ ।

उद्घाटन कार्यक्रममा परिवर्तन गाउँपालिकाका अध्यक्ष सुकबहादुर बुढाको प्रमुख आतिथ्यता रहने आयोजकले बताएको छ । त्यस्तै कार्यक्रमको विशिष्ट अतिथीमा परिवर्तन गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष खिम विक्रम चन्द रहने क्लबका सचिव अनिल पुन मगरेले जानकारी दिनु भयो ।

- Advertisement -
Ad image

युवा सञ्जालले साबिकको सुद्ध वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, खुल्ला महिला भलिबल प्रतियोगिता , एकल नृत्य प्रतियोगिता, बुद्धि चाल चेस प्रीतयोगिता, घैटा फोर, भाले छोपाई लगाएतका प्रतियोगिताको आयोजना गरेको छ ।

साबिकको सुद्ध वडा स्तरीय पुरुष भलिबलमा प्रथप, द्धितिय, तृतिय र सान्तवना हुनेलाई प्रमाणपत्र र नगदरु क्रमशः रु १६ हजार, १२ हाजर, ८ हजार र ४ हजार प्रदान गरिने छ भने खुल्ला महिला भलिबल तर्फ प्रथप, द्धितिय, तृतिय र सान्तवना हुनेलाई प्रमाणपत्र र नगदरु क्रमशः रु १० हजार, ८ हाजर, ६ हजार र ३ हजार प्रदान गरिने क्लबका अध्यक्ष मधुकर चन्दले जाकारी दिनु भयो । उक्त कार्यक्रम पुस २४ गते देखि २८ गते सम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्

Array