Ad image

स्थानिय सरकारले मानव संसाधन विकाश र आर्थिक उपार्जनमा लगानी बढाउनु पर्छ – निवर्तनमा गाउँपालिका अध्यक्ष पुन

मालश्री खबर
मालश्री खबर २२ पुष २०७९, शुक्रबार
3 Min Read
Aa

गणेश केसी, मालश्री खबर, पुस २२, रोल्पा । अबका जनप्रतिनिधीहरुले मानव विकाश संसाधनमा धेरै खर्च गर्नु पर्ने सुनछहरी गाउँपालिकाका निवर्तमान अध्यक्ष आसबहानुर पुनले बताउनु भएको छ । कार्यक्रम मालश्री संवादमा बोल्दै निवर्तमान अध्यक्ष पुनले आफुहरुको पालामा ठुलो रकम भौतिक पुर्वाधार विकाशमा खर्च गरेकाले अवका जनप्रतिधिीहरुले मानव विकाश संसाधनका लगि खर्च गर्नु पर्ने बताउनु भएको हो ।

नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश पार्टी सचिवालय सदस्य तथा रोल्पा जिल्ला निर्वाचन क्षेत्र १ क को संयोजक समेत रहनु भएका पुनले गाउँपालिकामा नया जनप्रतिनिधी आए पछि आफ्नो तर्फ बाट सामाजिक रुपमा सम्पुर्ण जनप्रतिनिधीहरु, वडा कार्यालय, गाउँपालिकालाई आवश्यक परेका बेला अभिभावकत्व दिइरहेको भन्दै विगतकामा आफुहरुले थालेको अधुरा कामलाई अगाडि वढाउनका लागि निरन्तर सुझावहरु दिइरहेको बताउनु भएको छ ।

औपचारीक रुपमा सल्लाह सुझाव दिने बातावरण सृजना नभए पनि भेटघाट तथा फोनमा निरन्तर सुझाव दिइरहेको प्रतिकृया दिनु भएको छ । आफ्नो पालामा सुरुवात गरेको केही कामहरु छुटेको महशुस भएको भन्दै महत्वपुर्ण कामलाई निरन्तरता दिन उहाले सुझाव समेत दिनु भएको छ ।
स्वमुल्याडकनमा रोल्पामा आफुहरु तेस्रो स्थानमा आएको स्मरण गर्दै निवर्तमान अध्यक्ष पुनले आफुहरुले गरेको कामबाट सन्तोष रहेको भन्दै भैगोलिक हिसावले विकट, चेतना स्तरमा पछि परेको समाज, शैक्षिक रुपमा पछि रहेको स्थानमा काम गर्न कठिन, चुनौतिपुर्ण रहे पनि कठिनाइको विचबाट आफुहरुले धेरै कामको सुरुवात गरेको बताउनु भएको छ ।

आफ्नो कार्यकालमा संरचनाको अभावमा एउटै कोठाबाट ४, ५ वटा शाखा राखेर काम गरेको अनुभव सुनाउदै अहिले गाउँपालिकाले आफ्नै संरचना बाट सेवा दिएको, प्रशासनिक भवन र सभाहल निमार्ण गरेको साथै लिंक रोड र अत्यावसेक भवनहरु बनाउन सफल भएको उहको भनाई छ । सवै वडाको वडाकार्यालयको भनव नबनेको अहिलेको अवस्थामा हालका जनप्रतिनधीहरुले यसमा ध्यान दिनु पर्ने सुझाव समेत दिनु भएको छ ।

- Advertisement -
Ad image

चुनाव जितिसके पछि जनतामा नजाने गुनासो सम्बोधन गर्नका लागि सबै जनप्रतिधीहरु प्रत्येक्ष जनतामा जान आग्रह गर्नु भएको छ । सुनछहरी गाउँपालिका विपतको डरलाग्दो अवस्थामा रहेकाले बाटो मात्र खनेर बातावरण विगार्ने अवस्थाको अन्त्य आग्रह गर्नु भएको छ । गाउँपालिका भित्र जडिवुटि, पशुपालन, कृषि, खानी, प्राकृतिक मनोरम क्षेत्र, जलजला, युद्ध पर्यटन, स्थानिय संस्कृति आदी आर्थिक संवृद्धिको पाटो भएकाले यस क्षेत्रको विकाशमा ध्यान दिनु पर्ने उहाले सुझाव समेत दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array