Ad image

सबैले साथ दिएकै कारण आफुहरुले प्राङगारिक अदुवा तथा बेसार उत्पादनमा लागेको कृषकको भनाई

मालश्री खबर
मालश्री खबर २१ पुष २०७९, बिहीबार
2 Min Read
Aa

मालश्री खबर, पुस २१, रोल्पा । सबैको साथ सपोटका साथ नै आफुहरुले प्राङगारिक अदुवा तथा बेसार उत्पादनमा आफुहरु लागि परेको प्राङगारिक अदुवा तथा बेसार उत्पादक कृषक समुहका अध्यक्ष गिर बहादुर घर्तिले बताउनुभएको छ । सहास नेपालको सहयोग बाट आफुहरुले केहि कुरा सिकेर उक्त क्षेत्रमा लागेको समेत उहाले बताउनु भयो । कार्यक्रम जनतासंघ सुनिल स्मृतिमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । कार्यक्रममा बोल्दै कृषि प्राबिधीक भक्त केसिले समुन्द्रि सतह देखि १६ सय मिटर उचाइमा अदुवा खेति राम्रो हुने अदुवा खेतिमा आफुहरुले रोग लागेमा सुझाब सल्लाह दिने प्राबिधिक कुराहरुमा आफुले जोड दिएको समेत बताउनु भयो ।

उहाँले अदुवा चिस्यान हावा पानिमा बढि हुने बताउनु भएको छ । रोजगारीका लागि विदेशीएका युवाहरु पछिल्लो समय कृषिमा आर्कषित हुन थालेका छन् । सुनिल स्मृति गाउँपालिकाका युवाहरु प्रायजसो विदेशबाट फर्किएपछि आफ्नै भुमिलाई उर्बर बनाउन जुटेका हुन् । विदेशको अनुभव र सिपलाई आफ्नै भुमिमा उपयोग गर्दै धेरै युवाहरु कृषिमै सफल र अब्बल बनेका छन् । सुनिल स्मृति गाउँपालिकाका धेरै किसानहरु नगदे बालीतर्फ लाग्नुभएको छ । गत वर्षदेखि नगदेबाली अदुवा खेतिमा लाग्नुभएको हो ।

गत वर्ष केही रोपनीमा अदुवा खेती गरेका छन । यस वर्ष बजारमा अदुवाको राम्रो बजार रहेकाले राम्रै आम्दानी गर्ने कृषि प्राबिधिक भक्तबिर केसीको भनाई रहेको छ । रोल्पामा पनि विदेशको यात्रा पछाडि बाँझो जग्गाको सदुपयोग समेत हुने, बाँदरले नखाने, भिरालो जग्गामा समेत सजिलै आम्दानी गर्न सकिने भएपछि अदुवा खेति लगाउन सकिने उहाँको भनाई रहेको छ । प्राङगारिक अदुवा कृषि समुहका अध्यक्ष गिर बहादुर घर्तिले बताउनुभएको छ, उहाँले भन्नुभयो, ‘हामीले घरायसी प्रयोजनका लागि अदुवा लगाउँदै आएका हौँ । स्वास्थ्यवद्र्धक, मसलाजन्य अदुवाको बजार पनि राम्रो छ । त्यसैले यसको व्यवसायिक रुपमा लागेँ ।’ प्रशस्त प्राङगारिक मल भएमा अदुवा खेतिका लागि धेरै झण्झट बेहोर्न नपर्ने भएपछि उहाँले अदुवालाई नै थप विस्तार गर्ने सोँचमा हुनुहुन्छ । अहिले त कृषिमा राम्रो गर्न सकिए स्थानीय सरकारले पनि सहयोग गर्ने रहेछ् ।’

प्रतिक्रिया दिनुहोस्

Array